Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

काजल अग्रवाल बिहेको तयारीमा

spot_img
spot_img

उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पछिल्लो पटक बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मार्फत् देखिएकी थिइन् ।

सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् । एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् । ‘हो, अब छिट्टै बिहे गर्नेछु,’ काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को–स्टार प्रभासको बिहे चर्चा लगत्तै आएको छ । कतिपयले त प्रभासले काजलसँग नै बिहे गर्न सक्नेसम्मको सम्भावना व्यक्त गरेका थिए । त्यसो त काजललाई कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने सवालमा उनले पनि प्रभासकै नाम लिएकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...