Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

जगतपुरमा लोक सेवा पास गर्नेहरु सम्मानित

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाको वडा नं. ८ जगतपुरमा आज शैक्षिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

श्री ने.रा. अधारभुत विद्यालय जगतपुरमा भएको कार्यक्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले हाम्रो समाजमा शिक्षाको स्तर अझै बढाउन जरुरी रहेको वताए । पर्साको जगरनाथुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका गिरीले उच्च शिक्षाको साथ साथै लोक सेवा तर्फ अझै बढी ध्यान दिन जरुरी रहेको वताए ।

गिरीले लोक सेवा आयोगमा सोरस फोर्स नचल्ने बताउदै मिहनेत र परिश्रमको आधारमा जागिर पाउने एउटै माध्यम भएको वताए । गरिब र पहुंच नभएकाहरुको सरकारी जागिरको लागि लोक सेवा आयोगको सुनौलो अधार भएको उनको भनाई थियो ।

वडाध्यक्ष किशोरी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पदमा लोक सेवा उर्तिण गर्ने स्थानिय ४ जनालाई सम्मानित समेत गरिएको थियो ।नेपाल प्रहरीको इन्सपेक्टरमा रंजन मिश्रा, खरिदारमा निरज सहनी, प्रा.वि. शिक्षकमा रमेश साह तेली र स्वास्थ्य तर्फ नाम निकालेकी संजु साहलाई सम्मानित गरिएको थियो ।

स्थानिय युवाहरुले आयोजना गरेका कार्यक्रम स्थानिय योगेन्द्र मिश्राको सक्रियतामा भएको थियो । कार्यक्रममा जितेन्द्र सहनी, किशोर मुखिया लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...