Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जगतपुरमा लोक सेवा पास गर्नेहरु सम्मानित

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाको वडा नं. ८ जगतपुरमा आज शैक्षिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

श्री ने.रा. अधारभुत विद्यालय जगतपुरमा भएको कार्यक्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले हाम्रो समाजमा शिक्षाको स्तर अझै बढाउन जरुरी रहेको वताए । पर्साको जगरनाथुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत रहेका गिरीले उच्च शिक्षाको साथ साथै लोक सेवा तर्फ अझै बढी ध्यान दिन जरुरी रहेको वताए ।

गिरीले लोक सेवा आयोगमा सोरस फोर्स नचल्ने बताउदै मिहनेत र परिश्रमको आधारमा जागिर पाउने एउटै माध्यम भएको वताए । गरिब र पहुंच नभएकाहरुको सरकारी जागिरको लागि लोक सेवा आयोगको सुनौलो अधार भएको उनको भनाई थियो ।

वडाध्यक्ष किशोरी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पदमा लोक सेवा उर्तिण गर्ने स्थानिय ४ जनालाई सम्मानित समेत गरिएको थियो ।नेपाल प्रहरीको इन्सपेक्टरमा रंजन मिश्रा, खरिदारमा निरज सहनी, प्रा.वि. शिक्षकमा रमेश साह तेली र स्वास्थ्य तर्फ नाम निकालेकी संजु साहलाई सम्मानित गरिएको थियो ।

स्थानिय युवाहरुले आयोजना गरेका कार्यक्रम स्थानिय योगेन्द्र मिश्राको सक्रियतामा भएको थियो । कार्यक्रममा जितेन्द्र सहनी, किशोर मुखिया लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्। बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई...