Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

एनएमसीकाे बचाउमा नेता, मन्त्री महासेठले हस्ताक्षार नबुझेकाे खुलासा

spot_img
spot_img

वीरगंज । नेपाल पिछडा वर्ग (ओबिस) महासंघ पर्साले बुधबार दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) पुष्पा कर्णले वीरगंजको मुख्य सडक फरिकलो पार्ने कार्य नरोकिने वताईन । कार्यक्रमकी प्रमुख आतिथी समेत रहेकी सांसद कर्णले सडक फराकिलो पार्ने सरकारको निर्णय भएकोले पक्ष र विपक्षमा आन्दोलन हुदैमा नरोकिने वताईन ।

नेकपाका केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज रामचन्द्र साहले आफु अहिले पनि वीरगंजको मुख्य सडक तोड्नै पक्षमा रहेको तर सडकमा पर्ने एउटै घर मात्र सम्पती भएकाहरुको बारेमा सोच्नु पर्ने वताए । मन्त्री समक्ष डेलिगेशन जादैमा विकास वरोधी नहुने साहले जिकिर समेत गरे ।

नेकपाका नेता राजकुमार गुप्ताले वीरगंज मुख्य सडक २५/२५ मिटर तोड्नु पर्ने वताए । आफुहरु नै सडक फराकिलो गर्ने अगुवाई गर्ने व्यक्ति भएको वताउदै नेता गुप्ताले वीरगंजको मुख्य सडक फराकिलो पार्ने कार्य नरोकिने वताए । संविधान सभा सदस्य समेत रहेका नेता गुप्ताले मेडिकल कान्डको बारेमा नेशनल मेडिकल कलेजका संचालक बशरुदिन अन्सारीले गलत गरेको भएको कार्वाही हुने वताए ।

नेकपा पर्साका अध्यक्ष प्रभु हाजराले नेशनल मेडिकल कलेजका संचालक अन्सारीको बचाउ गरे ।

नेकपाका युवा नेता प्रभाकर गुप्ताले वीरगंजको मुख्य सडक फरकिलो गर्नु हुदैन् भन्नेहरु भारतिय भएको वताए । २०६२/०६३ मा नागरिक्ता लिएका नव भारतियहरु नै सडक फराकिले गर्नु हुदैन् भनिरहेको र तिनिहरु नै वीरगंज विकासको मुख्य बाधक भएको वताए । सडक फराकिलो पार्न अभियानमा लागेका युवाहरु संग भौतिक पुर्वधार मन्त्री रघुबिर महासेठले नभेट्नु कार्य दुखद भएको वताए ।

उनले सडक फराकिलो पार्न संकलित हस्ताक्षर मन्त्रीलाई बुझाउन जादा मन्त्री ज्युले नबुझ्नु र पार्टीका जिल्ला अध्यक्ष प्रभु हजरालाई लगेर बुझाउन भन्नु कार्य प्रति आपति समेत जनाए । नेशनल मिडिकल कलेज कान्डको बारेमा वोल्दै विद्यार्थी नेता समेत रहेका गुप्ताले कलेजमा अध्ययनरत वद्यार्थीहरुलाई बन्धक बनाउनु र कुटनु कार्यको आफुहरुले छानिविन गर्ने वताए । आफुहरु तिहार र छठ कुरीरहेका थयौं वताउदै उनले छठ सकेलग्तै छानविन गरी वास्तवमा बढी शुल्क अशुल भएको पाइएमा आन्दोलन गर्ने वताए ।

प्रधानमन्त्री तथा पार्टीको नजिक हुदैमा कानुन विपरितको काम गर्नु नहुने धारणा राखे । प्रधानमन्त्री संग घुमेको फोटो फेसबुकमा राखी उनको नजिक धाकमा गलत कार्य गर्न जोकोहीलाई नछिडिने वताए । त्यस्ता व्यक्तिहरुलाई बचाउ समेत पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले गर्नु नहुने धारणा राखे ।

महासंघ पर्साका जिल्ला अध्यक्ष अकलेश साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता बिचारी यादव, बसरुदिन अन्सारी, शम्भु गुप्ता, नेकपाका प्रदेश कमिटी सदस्य एवं ओविसीका संस्थापक महासचिव तेजप्रकाश निषाद, भिजिट मधेशका संयोजक ओमप्रकाश सर्राफ, वडा नम्बर २३ का वडाध्यक्ष अवधकिसोर कुशवाहा, महमुद अंसारी, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वीरगंज दरबारमा भएको कार्यक्रममा ओविसीका क्षेत्रिय अध्यक्ष शुभनारायण ठाकुरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन बाल अधिकारकर्मी जया साहले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...