Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

मोटरसाईकल ओवर टेकको बिषयलाई लिएर बहुदरमाईमा झडप, ५ घाइते

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुअरीमा आज दुई समुह बिच झडप भएको छ । मोटरसाईकल ओवर टेकको बिषयलाई लिएर विवाद हुदा स्थानिय राजदेव कुशवाहा र बलिराम कलवार पक्ष बिच झडप हुदा पांच जना घाइते भएको प्रहरीले जनाएको छ ।

झडपमा परी बहुदरमाई नपा ४ बहुअरी निवासी बर्ष ५५ का राजदेव कुशवाहा, बर्ष २१ का दिपेन्द्र कुशवाहा, बर्ष २२ का रवि साह कलवार, बर्ष २१ का राहुल साह कलवार र पर्सागढी नगरपालिका वडा नं. ६ बागेश्वरीका पशुराम साह कलवार घाईते भएका छन् ।

घाईतेहरुको उपचार नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजमा भईरहेको छ भने घाइते मध्ये राजदेवको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको उपचार सलग्न रहेका चिकित्सकले जनाएका छन् ।

मंगलबार राजदेवका छोरा शिव कुशवाहा र बलिरामका छोरा राहुल बिच मोटरसाईकल ओवर टेकको बिषयमा विवाद भएको थियो र दुवै जनालाई प्रहरी चौकी डकैलाले पक्राउ समेत गरेको थियो ।

छठ पछि पञ्चायती गरी विवाद समाधान गर्ने दुबैको अभिभावकको सहमती अनुसार प्रहरीले दुबै जनालाई अभिभावकको जिम्मा लगाएको थियो । तर आज विहान गाउँ कै चोकमा दुबै जना संग भेट भए पछि सोही बिषयलाई लिएर विवाद हुदा झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले झडपमा संंलग्न ९ जनालाई प्रकाउ समेत गरेको छ तर प्रकाउ परेकाहरुको नाम खुलाएको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...