Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1077

जगरनाथपुरमा निशुल्क आँखा शिविर सम्पन्न

पर्सा, २० मंसिर ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. १, पिडारी गुठीमा बिहिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । श्री ने.रा.प्रा.वि. पिडारीमा भएको शिविरमा ५ सय जना भन्दा बढीले आँखा परिक्षण गराएको दाइजो एवं सामाजिक कुरिति विरुद्धको जागरण मंचका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले वताए ।

दृष्टि आँखा अस्पताल रेटिना एण्ड सेन्टरको सहयोगमा दाइजो एवं सामाजिक कुरिति विरुद्धको जागरण मंचले शिविरको आयोजना गरेका थियो । शिविरमा वडा अध्यक्ष मंगरु राउत गद्दी, दृष्टी आँखा अस्पतालका प्रमुख डा. हरि शर्मा, दिनेश बहादुर क्षेत्री, हरि शर्मा लगायतकाको उपस्थिती रहेको थियो ।

रेडियो वीरगंजले शनिबार आयोजना गर्ने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

वीरगंज, २० मंसिर ।
रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १६ औँ बार्षिकोत्सवको अवसरमा विगत बर्ष झै यस बर्ष पनि साताव्यापी कार्यक्रमको आयोजना गर्दै छ । मध्यतराइकै पहिलो रेडियोको रुपमा रहेको रेडियो वीरगंजले साताव्यापी कार्यक्रमको पहिलो दिन मंसिर २२ गते, शनिबार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

रेडियो परिसरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै रेडियो वीरगजका कार्यकारी अध्यक्ष धु्रव साहले मंसिर शनिबार आदर्शनगरमा आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउनु भयो । अध्यक्ष साहले समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले वार्षिकोत्सवको अवसरमा समाजमा उल्लेख्य योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने घोषणा समेत गर्नु भयो ।

radio brj-kalikatimes

उहाले बार्षिकोत्सवका अवसरमा यही मंसिर २२ गते देखि शुरु साताव्यापि कार्यक्रमको पहिलो दिन वीरगंजको आदर्श नगर चोकमा बृहत सांस्कृतिक कार्यक्रम गरिने र कार्यक्रमको लागि मन्च व्यवस्थापन, स्वागतद्धारा लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । शनिबार मध्यान्ह १२ बजे देखि शुरु हुने खुला बृहत सास्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक, गायीकाहरुको प्रस्तुति दिने छन् ।

कार्यक्रममा मेलिना राई, हेमन्त शर्मा, टिका प्रसाई, कमल खत्री, सन्जु अमात्य, सुनिल पण्डित, सोनी आचार्य, कलिउड डान्स सेन्टर हटौडाको प्रस्तुति रहने कार्यक्रम रहेको साहले जानकारी गराउनु भयो । यसैगरी पत्रकार सम्मेलनमा साहले रेडियो वीरगंजले मंसिर २९ गते, शनिबार रक्तदान कार्यक्रमको आयोजना गर्ने जानकारी गराउनु भयो ।

गत बर्षको रक्तदान कार्यक्रममा ३ सय ५० जनाले रक्तदान गरेकोमा यस बर्ष ५ सय जनाले रक्तदान गर्ने रेडियोको लक्ष्य रहेको छ । यसका साथै साताव्यापी कार्यक्रम अन्तर्ग स्रोता मिलन, अन्तरक्रिया कार्यक्रम लगायतको कार्यक्रम रहेको छ । पत्रकार सम्मेलन मै बोल्दै अध्यक्ष साहले अव रेडियोको २ हजार वाटमा क्षमता वृद्धि भएको वताउदै तराई कै पहिलो रेडियो रुपमा प्रसारण गर्न गइरहेको दावी गर्नु भयो । २ हजार वाटमा मंसिर २७ गते देखी नै प्रचारण गर्ने रेडियोको तयारी रहेको साहले वताउनु भयो ।

हालको रेडियो टावरलाई आधुनिकिकरण गरी ४० मिटर थप अग्लो बनाइ प्रसारण क्षमतामा तराईकै पहिलो रेडियो वन्ने अध्यक्ष साहको दावी थियो । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कृष्ण गिरीको विशेष उपस्थितीमा भएको पत्रकार सम्मेलनमा रेडियोका समाचार प्रमुख धु्रव अधिकारी लगायतकाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार आरके पटेलले गर्नु भएको थियो ।

स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा स्वयं सेवकाहरु पुरस्कृत

पर्सा, १९ मंसिर ।
स्वास्थ्य स्वयं सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा नाराका साथ पर्सामा पनि १५ औं स्वास्थ्य स्वयं सेविका दिवस मनाइएको छ । धोविनी गाउँपालिकाको वडा नं. २ मा रहेको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वयं सेविका दिवसको अवसरमा स्वयं सेविकाहरुलाई सम्मान गरिएको छ ।

भिखमपुर स्वास्थ्य केन्द्र अन्तर्गतका ९ जना स्वयं सेविकाहरुलाई एक कार्यक्रमका विच सम्मान गरिएको हो । धोबिनी गाउँपालिकाको स्वास्थ्य सह संयोजक महमुद आलमको अधयक्षतामा र निमिति प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य केन्द्रका संजय यादव लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वयं सेविकाहरु मध्य राम्रो काम गरेका ३ जनालाई पुरस्कृत समेत गरिएको छ ।

प्रथम पुरस्कार अमिरा राम, द्वितिय रबया खातुन र तृतिय लालपरी देवीलाई क्रमश रु एक हजार, आठ सय, छव सय नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको गाउँ कार्यपालिकाको प्रशासन शाखा प्रमुख अजय साहले वताए । यसै गरी पर्साको कालिकामाई गाउँपालिकाको आयोजनामा पनि गाउँपालिकाको प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

अन्तरक्रिया कार्यक्रमको सहजिकरण वडा नम्बर १ मुडलीमा शिवहरि तिवारी, २ भेडिहारीमा अशेशवर महतो, ३ हरिहरपुर बिर्तामा बनारसीलाल धानुख, ४ प्रशुरामपुरमा नरेशबाबु साह, ५ बिरन्चीवर्वामा राजेश कुमार साहले प्रशिक्षण दिनु भएको थियो । प्रत्येक वडाका स्वयमसेविकाहरुलाई भेला गराई कार्यक्रम सम्पन भएको कालिकामाई गाउँ कार्यपालिकाका संयोजक महेन्द्र चौरसियाले बताउनु भएको छ ।

क्षय रोग सम्बन्धी कार्यक्रम सम्पन्न
कालिकामाई गाउँपालिकाको आयोजनामा आज स्वास्थ्यचौकी मुडलीमा लुकेर बसेका क्षयरोगी बिरामीलाई खोजतलास गर्ने उदेश्य राखी उपचारको दायरा भित्र ल्याउन १ दिने तालिम सम्पन भएको छ । कालिकामाई गाउँपालिकाका ५ वटै वडाका स्वयमसेवक तथा क्षयरोग फोकलपरसन गरी १५ जनाको सहभागीता रहेको थियो । सहभागीहरुलाई जिल्ला जनस्वस्थ्य कार्यालय पर्साका क्षय कुष्ट अधिकृत शम्भु यादव र महेन्द प्रसाद चौरसियाले प्रशिक्षण दिनु भएको थियो ।

पर्साका किसानहरुलाई ८४ मेट्रिक टन उन्नत जातको गहुँको वीउ वितरण

– हरिशंकर शर्मा/वीरगन्ज, १९ मंसिर ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्साले उन्नत जातको गहुँको वीउ वितरण गरेको छ । प्रदेश सरकारद्वारा अनुदान प्राप्त ८४ मेट्रिक टन उन्नत जातको गहुँको वीउ पर्साका किसानहरुलाई वितरण गरिएको छ । पर्साका किसानहरुलाई सहुलियत होस् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष वितरण गरिँदै आएको उन्नत जातको गहुँको वीउ यस वर्ष पनि पर्साका किसानहरुलाई वितरण गरिएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए ।

मकवानपुर जिल्लाको हेटौडा स्थित राष्ट्रिय वीउ विजन कम्पनीबाट १०० मेट्रिक टन गहुँको वीउ लिखित रुपमा किन्ने टेण्डर भएपनि अहिलेसम्म पहिलो पटक ७५ मेट्रिक टन तथा दोश्रो पटक ९ मेट्रिक टन गरि ८४ मेट्रिक टन वीउ किसानहरुलाई विक्री वितरण गरिएकोमा अझैँ केही किसानहरुले गहुँको वीउ नपाएको गुनासो आउन थालोपछि अझै ४० देखि ५० मेट्रिक टन ल्याई किसानहरुलाई वितरण गरिनेछ ।

विगतका दिनहरुमा तत्कालीन जिल्ला कृषि कार्यालय हुँदा कृषकहरुलाई लागि आउने बजेटलाई यस वर्षदेखि कटौती गरि स्थानीय निकायलाई प्रदान गरिएको भएतापनि स्थानीय निकायबाट कृषकहरुको लागि वीउ उपलब्ध गराउने कुनै छाँटघाँट नदेखिएपछि जिल्ला कृषि ज्ञान केन्द्रको पहलमा प्रदेश सरकारको अनुदान मार्फत वीउ वितरण गरिएको छ ।

प्रदेश सरकारको अनुदान मार्फत प्राप्त ८४ मेट्रिक टन गहुँको वीउ वीरगन्ज लगायत स्थानीय तहमा ८ वटा वितरण केन्द्र तोकी किसानहरुलाई वितरण गरिएको छ । वीउ वितरण कार्य अहिलेपनि जारी नै रहेको छ ।

वीरगन्ज महानगरपालिकाको तीन स्थान दुर्गा सिट सेन्टर घण्टाघर, भवनेश्वरनाथ कृषि सहकारी सँस्था लि. प्रसौनीवीर्ता, हरिओम कृषि सहकारी सँस्था लि. हरपतगन्ज, पोखरीया नगरपालिकाको एक स्थान जिल्ला कृषि सहकारी संघ लि. महुवन, महुवन स्थितको न्यू मुस्कान टे«डर्स महुवन, प्रजापति उपभोक्ता सहकारी सँस्था लि. महुवन, सेढवा स्थित जिल्ला कृषि सहकारी संघ लि. महुवन तथा विरुवागुठीको लागि जुनेली बचत तथा ऋण सहकारी सँस्था लि. वागेश्वरी तित्रौनालाई वितरक केन्द्र तोकिएको छ ।

यि ८ वटा वितरण केन्द्रबाट वीरगन्ज महानगरपालिकाको नगवा, लक्ष्मनवा, पिप्रा, छपकैया, श्रीपुर, मुर्ली, श्रीसिया खलवाटोला, रामगढवा, अलौं, विन्दवासिनी, चोर्नी, वगही, लालपर्सा, लिपनीवीर्ता, मनियारी, भवानीपुर, प्रसौनीवीर्ता, बहुअरी, सुगौली, हरपतगन्ज, उदयपुरघुर्मी, कालिकामाई गाउँपालिका, पोखरीया नगरपालिका, पकहामैनपुर, छिपहरमाई गाउँपालिका, धोविनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पटेर्वासुगौली, बहुदरमाई नगरपालिका, जगरनाथपुर गाउँपालिका वडा नं. ६, ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाका कृषकहरुले वीउ प्राप्त गरेका छन् ।

पोखरीया स्थितका वितरक केन्द्रले २० मेट्रिक टन, सेढवा स्थितका वितरक केन्द्रले २० मेट्रिक टन, वागेश्वरी तित्रौना स्थितका वितरक केन्द्रले १० मेट्रिक टन, महुवन स्थितका वितरक केन्द्रले १० मेट्रिक टन तथा वीरगन्ज स्थितका तीन वटा वितरक केन्द्रलाई २४ मेट्रिक टन गरि ८४ मेट्रिक टन वीउ वितरण गरिएको छ भने अझै ४० देखि ५० मेट्रिक टन वीउ ल्याइने बताइएको छ । अनुदान प्राप्त वीउको मूल्य प्रतिकेजी ६५ रुपैया ५० पैसा पर्ने भएपनि सरकारबाट प्राप्त ४० प्रतिशत रकम छुट गरि ४३ रुपैया ५५ पैसा प्रतिकेजी किसानहरुलाई विक्री वितरण गर्ने गरिएको छ ।

राष्ट्रिय वीउ वीजनबाट किनिएको वीउ प्रति केजी ६५ रुपैया ५० पैसा परेतापनि ४० प्रतिशत अनुदान स्वरुपको रकम प्रतिकेजी २६ रुपैया २० पैसा कट्टा गरि ३९ रुपैया ३० पैसा तथा बोरा लोडिङ्ग अनलोडिङ्गमा लागेको खर्च प्रतिकेजी १ रुपैया ४० पैसा एवं वितरक केन्द्रको मुनाफा ७ प्रतिशत प्रतिकेजी २ रुपैया ८५ पैसा गरि जम्मा ४३ रुपैया ५५ पैसा प्रतिकेजी किसानहरुलाई विक्री वितरण गरिएको छ ।

पर्सा जिल्लाभरि २६ हजार हेक्टरमा गहुँ खेती हुने भएकोलेमा १५ देखि २० प्रतिशत किसानले मात्रै वीउ परिवर्तन गर्ने भएकोले पर्सा जिल्लाको लागि ५ देखि ६ सय मेट्रिक टन मात्रै वीउ वितरण चाहिने भएपनि बजेट हुँदा हुँदै राष्ट्रिय वीउ विजन केन्द्रबाट माग जतिको वीउ प्राप्त हुन नसकेकोले प्राप्त वीउलाई विभिन्न स्थानका किसानहरुलाई समान रुपमा वितरण गर्ने गरिएको प्रमुख यादवको भनाई छ ।

यसैगरि वीउ वितरक केन्द्रबाट गैर किसानहरुलाई गहुँको वीउ वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला कृषि ज्ञान केन्द्रका कर्मचारीहरुको टोलीले अनुगमन समेत गरेको छ । वीरगन्जको लगायत सम्पूर्ण स्थानमा रहेको वितरक केन्द्रमा पुगी टोलीले किसानहरुले बुझाएको कागजातलाई चेकजाँच गरेकोमा कहि कतैबाट दुरुपयोग भएको भेटिएको थिएन ।

कुष्टरोग निवारण अभियान अन्तर्गत प्रचारप्रसार अभिमुखीकरण कार्यक्रम सप्पन्न

पर्सा, १८ मंसिर

कालिकामाई गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरिय संचारकर्मी तथा गैरसरकारी संघ संस्थाहरुको प्रचारप्रसार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  स्वास्थ्य कार्यालय मुडलीमा मंगलबार सम्पन भएको छ ।

कुष्टरोग निवारण अभियान २०७५ अन्तर्गत १ दिने अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले कुष्टरोग देवी देवताको सा्रप नरहेको र यो औषधी खाए पछि निको हुने रोग भनी यसलाई हामी सबै मिली गाउँपालिका मुक्त कुष्टरोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कालिकामाई गाउपालिकाका निमित प्रशासकिय अधिकृत जोगीन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ट राग अधिकृत शम्भु यादवले गाउपालिका र जिल्लाको डाटाहरु प्रस्तुत गरेका थिए ।

कालिकामाई गाउँपालिकामा आर्थिक बर्ष २०७४/०७५ मा ६ वटा रोगी र पर्सामा ११७ जना रहेको र उपचार चलिरहेको बताएका छन ।

कालिकामाई गाउपालिकामा वडानम्बर १ मुडलीमा १ जना, वडानम्बर ४ प्रशुरामपुरमा १ जना, वडानम्बर ५ बिरन्चीवर्वामा ४ जना गरी ६ जना रहेको तथ्यांक रहेको प्रस्तुत गर्नु भयो । वडानम्बर २ भेडिहारी र वडानम्बर ३ हरिहरपुरमा ० रहेको प्रस्तुती गर्नु भयो ।

कार्याक्रममा गाउँपालिका अध्यक्ष नथुनी कुश्वाहा, पत्रकार छठु साह, लालबाबु बानियाले मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन अहेव महेन्द्र चौरसियाले गरेका थिए । कालिकामाई गाउपालिका अन्तर्गतका संचारकर्मी र गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

काठ र मोटरसाईकल सहित एक जना पक्राउ

वीरगंज, १८ मंंसिर ।

ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले गएराती जानकीटोलाबाट काठ र मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ । गएराती अन्दाजी १२ बजेको समयमा उतरी भेगको जंगलबाट ना. ६ प. ७५६० नम्बरको मोटरसाईकलमा लोड गरी भारत तर्फ लगीरहेको अवस्थामा पक्राउ गरेको हो ।

पटेवर्वा सुगौलीका शिवलाल महराले मोटरसाईकलमा लोड गरी भारत तर्फ लगरिहेको अवस्थामा पका्रउ गरिएको प्रहरीले जनाएको छ । पका्रउ गरिएको मोटरसाईकल र काठ जिल्ला बन कार्यालय पर्सामा आवश्यक कार्यावाहीका लागी बुझाइएको ईलााका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केसीले बताउनु भएको छ ।

सभापति द्विवेदी द्वारा नेवि संघ, पर्साको अध्यक्ष मनोनित अनियमित : क्षेत्रीय सभापतीहरु

वीरगंज, १८ मंसिर ।
नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी द्वारा नेपाल विद्यार्थी संघ, पर्साको अध्यक्ष मनोनित कुनै तुकको नभएको क्षेत्रीय सभापतीहरुले वताएका छन । नेवि संघ पर्साका चार वटै क्षेत्रीय सभापतिहरुले संयुक्त रूपमा मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सभापति द्विवेदीले अनियमित नियुक्त गरेको वताएका हुन ।

नेवि संघ पर्साका क्षेत्रीय सभापतीहरु देवप्रकाश पटेल, रन्जित कुमार पटेल, चन्दन सहनी र बिकास तिवारीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेस पर्साका सभापतीको नाममा जारी मनोनित कुनै पनि विधि र विधान संवद नभएको हुदा त्यस निर्णयको कुनै तुक नरहेको जनाएको हो ।

सभापती द्विवेदी द्वारा नेवि संघ पर्साको अध्यक्षमा नियुक्त गरिएको विश्वास रन्जन द्विवेदी उन्हाको आफ्नै भतिजो रहेको समेत विज्ञप्ती मार्फत जनाईएको छ । केही समय पहिला मात्र नेवि संघ पर्साको अधिवेशन आयोजना गरिए पनि सहमती जुटन नसकेर उद्घाटन सत्र मात्र बिधिगत पूरा गर्दै अधिवेशन स्थगित भएको थियो ।

नेपालको मुख्य प्रबेश शंकराचार्यद्वारको सौन्दर्यीकरण समुद्घाटन

वीरगंज, १८ मंसिर ।
नेपालको मुख्य प्रबेशद्वारको रुपमा रहेको वीरगंज शंकराचार्यद्वारको सौन्दर्यीकरण मंगलबार समुद्घाटन भएको छ । वीरगंज महानगरपालिका र समर्पण संस्थाको सहकार्यमा भएको सौन्दर्यीकरणको एक कार्यक्रमका विच महानगरपालिकाका मेयर विजय सरावगीले समुद्घाटन गर्नु भयो ।

वीरगंज महानरपालिकाले शंकराचार्यद्वारमा आयोजना गरेको कार्यक्रममा मेयर सरावगीले रिबन काटेर सौन्दर्यीकरणको उदघाटन गर्नु भएको । शंकराचार्यद्वारामा मेयर सरावगी र कार्यक्रमका अतिथीहरुले संयुक्त रुपमा झण्डोत्तलन समेत गरेका थिए । ६ महिनामा शंकराचार्यद्वारको सौन्दर्यीकरण गरी डम्पिङ्ग साइटबाट सेल्फी साइट बनाउ सफल भएको महानगर कार्यपालिका कार्यालय, वीरगंजका प्रमुख प्रशासकिय अधिकृत भिष्म क्ुमार भूसालले वताउनु भयो ।

मेयर सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर शान्ति कार्की, वीरगंज उधोगवाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्मा, नेकपाका नेता प्रभु हजरा, जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अंसारी, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजार, मेयर सरावगीका राजनितिक सलाहकार मुकेश दुवेदी, महेश अग्रवाल लगायतकाको सहभागिता रहेको थियो ।

अबैध कपडा सहित एक महिला र एक पुरुष पक्राउ

वीरगंज, १८ मंसिर ।
अबैध रुपमा भन्सार छली अटो रिक्सामा ल्याउदै गरेको कपडा सहित एक महिला र एक पुरुष पक्राउ परेका छन । पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्ला रक्सौल न.पा. १४ बस्ने प्रकाश गुप्ताको छोरी बर्ष ३० को मुस्कान गुप्ता र भारत पुर्वी चम्पारण रक्सौ न.पा. ९ बस्ने जुबेर खानको छोरा बर्ष ३६ को सहबुदिन खान रहेका छन ।

सशस्त्र प्रहरी गुल्मबाट खटेको गाडी मोबाइल डिउटी टोलीले वीरगंज १६, रजतजयन्ती चौकबाट ना २ ह ८५२ नम्बरको अटो रिक्सामा भारत रक्सौलबाट वीरगंज तर्फ ल्याउदै गरेको कपडा सहित दुबै जनालाई पक्राउ गरेको हो । मंगलबार विहान ६ बजेको करिबमा पाईन्टको कपडा १९६ मिटर, बनारसी साडी १६ पिस, उनि कुर्ता सुरुवाल २७ पिस, कडाई कुर्ता सुरुवाल ५६ पिस, उनि लेगिज ४० पिस र टेण्ट कपडा ७ थान सहित दुबै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी गुल्मले जनाएको छ ।

भ्यानको ठक्करबाट एक मोटरसाईकल चालकको घटना स्थल मै ज्यान गयो

पर्सा, १८ मंसिर ।

पर्साको पोखरीया नगरपालिका वडा ९ बैरियामा पिकअप म्याजिक भ्यानको ठक्करबाट एक मोटरसाईकल चालकको घटना स्थल मै ज्यान गएको छ । पर्साको बैरियाबाट गर्दौल तर्फ जाँदै गरेको न १ त ८०२४ नम्बरको पिकअप भ्यानले ना. १२ प. ५३९७ न. को मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका युवक पर्सा पोखरिया नगरपालिका वडा नं.९ बैरिया निवासी अंदाजी २५ बर्षिय रामपुकार विन रहेका छन् । पिकअप भ्यानका चालकको लापरवाहीले युवकको मृत्यु भएको भन्दै स्थानीयवासीले कार्यवाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

ठक्कर दिने भयान चालक फरार भइसकेका छन भने घटना स्थलमा अहिले पनि तनाव रहेको स्थानिय महबुब आलमले बताउनु भयो । मृतक केही दिन पहिले बैदेशिक रोजगगारबाट आएका  थिए ।