Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

भौतिक पूर्वधार मन्त्री महासेठलाई वीरगंज निषेध गर्ने युवा संघर्ष समितिको तयारी

spot_img
spot_img

वीरगंज । वीरगंज विकास युवा संघर्ष समितिले आज वीरगंजमा पत्रकार सम्मेलन गरेको छ । नेपाल पत्रकार महासंघ पर्साकको भवनमा पत्रकार सम्मेलन गर्दै सिमितिले वीरगंजको मुख्य सडक फराकिलो पार्ने सन्दर्भमा भौतिक पूर्वधारमन्त्री रघुबिर महासेठको नियत पनि ठिक नभएको आरोप लगाएको छ ।

वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्न मन्त्री महासेठको नियत ठिक नदेखिएकोले  वीरगंज प्रवेश निषेध गर्ने समितिले चेतावनी समेत दिएको छ ।

आफुहरु मन्त्री महासेठलाई काठमाण्डौमा वीरगंजको मुख्य सडक सन्दर्भमा भेटन जादा नभेट्नुले नियत ठिक नदेखिएको समितिका अकलेश साहले आरोप लगाए । पत्रकार सम्मेलनमा वोल्दै साहले मुख्य सडक फराकिलो पार्न नेपाल सरकारको निर्णय भएकोले आफुहरु वीरगंजमा संकलन गरेको हस्ताक्षर मन्त्री महासेठलाई बुझाउन जादा नबुझ्नु र भेटन समय पनि नदिनुले मन्त्री महासेठको नियत ठिक नदेखिएको गुनासो गरे ।

मन्त्री महासेठ संग भेट्नैको लागि आफुहरु दुई दिन सम्म काठमाण्डौ मै बस्दा पनि नभेट्नुले उंहाको नियत प्रति शंका उत्पन्न भएको साहको भनाई थियो । उनले यसका साथै वीरगंज मुख्य सडक फराकिलो पार्ने कार्यको मुख्य बाधक वीरगंज उधोग वाणिजिय संघका अध्यक्ष गोपाल केडिया र महानगरका मेयर विजय सरावगी भएको आरोप लगाए ।

समितिका संदिप विक्रम साहले वीरगंजको मुख्य सडकमा पर्ने घर धनीहरुले उठाएको मुअबजाको कुरा गलत भएको वताए । उनले सडक फराकिलो पार्ने सन्दर्भमा कुनै पनि क्षतिपुर्ति नदिने राजपतमा स्पष्ट व्यवस्था रहेको वताए । मुअबजाको कुरा उठाएर सडक बिस्तार कायलाई प्रभावित गर्न खोजिएको उनको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सदस्य तेज प्रकाश निषादले आफुहरु २४ गतेको आदालतको निर्णयको प्रतिक्षामा रहेको वताए । आदलतको आदेश आए पछि पनि सडक डिभिजन कार्यालयले सडक फराकिलो गर्ने कार्य अगाडी नबढाए डिभिजन कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिए ।

उनले एउटै देशमा दुईटा कानुन हुनै नसक्ने वताउदै त्यही सडक अन्तर्गतको अरु सडक बिस्तार भए पनि बाकी सडक बिस्तार कुनै पनि हालतमा नरुकिने जिकिर गरे । विकासका बाधक जोकोईलाई पनि नछाडिने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा सिमितिका महमुद अंसारी, समसुल हक अंसारी,  राकेश पटेल, मुन्ना समानी, विवेक साह, दिपेन्द्र साह, धर्मेन्द्र पटेल, रंजित चैरसिया, शेखर अग्रवाल, रोशन साह र अर्जुन तिवारीको सहभागिता रहेको थियो ।

यस अघि नै समितिले बैठक बसी पत्रकार सम्मेलन,  सिठि जुलुश लगायतको कार्यक्रम तय गरे अनुसार पत्रकार सम्मेलन गरेको हो । यस पछि पनि सडक बिस्तारको काम अगाडि नबढे बिरोध प्रर्दश, महानगरपालिका घेराउ गर्ने लगायतको कडा ‍आन्दोलन गर्ने समितिले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...