Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1076

कालिकामाईको गाउँ सभा अझै हुन सकेन

वीरगंज, २२ मंसिर ।
कालिकामाई गाउँपालिकाको यस बर्षको गाउँ सभा अझै हुन सकेको छैन । गाउँ सभा नहुदा आर्थिक बर्ष २०७५/०७६ को बजेट, निति तथा कार्यक्रम तय हुन सकेको छैन । वजेट, निति तथा कार्यक्रम तय नहुदा गाउँपालिकाको विकास निर्माणको काम प्रभावित भएको छ ।

पर्साको १४ स्थानिय तह मध्य १३ वटा स्थानिय तहको दोस्रो गाउँ सभा सम्पन्न भई विकास निर्माणको काम पनि सुरु भए पनि कालिकामाई गाउँपालिकाको गाउँ सभा नभए कारण कामकाज सुरु हुन सकेको छैन । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार २५ गते सम्म गाउँ सभा सम्पन्न गर्न सबै स्थानिय तहलाई पत्रचार समेत गरेको थियो ।

वीरगंज महानगरपालिका, छिपहरमाई गाउँपालिकाले मात्र असार २५ गते भित्र दोस्रो गाउँ सभा गर्न सकेको थियो भने वाकी सबै स्थानिय तहले साउन देखी कात्तिक अन्तिम सम्म गाउँ सभा गरेका छन । तर आर्थिक बर्षको ५ महिना सक्न लाग्दा पनि कालिकामाईका जनप्रतिनिधिहरुले अझै सम्म गाउँ सभा गर्न सकेका छैन ।

जनप्रतिनिधिहरु विच बजेट वांडफाडको कुरा मिलन नसकेर र प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएका कारण गाउँ सभा हुन नसकेको स्थानियहरुले वताएका छन ।

परिवेश विश्लेषण विषयक अन्तरक्रिया सम्पन्न

पर्सा, २२ मंसिर । पर्साको पटेर्वा सुगौली गाउँपालीकाको वडा नं. ४ पटेर्वा सुगौलीमा गुणस्तरीय शिक्षाको अवस्था बारे परिवेश विश्लेषण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिव्य यूवा क्लव, पर्सा तथा एक्सन एड नेपालको सहकार्यमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तरगत कार्यक्रम संचालनमा रहेको कार्यक्षेत्र पटेर्वा सुगौलीमा कार्यक्रम सम्पन्न भएको हो ।

वडा अध्यक्ष रजेशवर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अन्तरगत विद्यालयका प्रअहरु, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधीहरु, निर्बाचित जनप्रतिनिधीहरु, किशोरी समुहका प्रतिनिधीहरु, महिला अधिकार मंचका प्रतिनिधी लगायत ६० जनाको उपस्थिती रहेको आयोजक संस्थाका कार्यकारी निर्देश्क रामाकान्त पटेलले वताउनु भयो । कार्यक्रमको सहजीकरण राजेश यादव र सुनिल कुमार भारतीले गरेका थिए ।

प्रहरी र जनप्रतिनिधि कै मिलोमतोमा भारतिय धान नेपाल तस्करी

पर्सा, २१ मंसिर ।
प्रहरी र जनप्रतिनिधि कै मिलोमतोमा पर्साको ग्रामिण भेगको नाका भएर भारतिय धान नेपाल भित्रि रहेको छ । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुर र भारत बभनौली नाका भएर दिनहु दर्जनौ धानको ट्रेक्टरहरु नेपाल भित्रिरहेको स्थानियहरुले वताएका छन । प्रहरी चौकी मिर्जापुर अगाडीबाट नै प्रहरीलाई नजराना बुझाई दिनहु दर्जनौं ट्रेक्टर नेपाल भित्रिरहेका छन ।

नेपाली व्यापारीहरुले सिमावर्ती भारतको गाउँहरुबाट धान खरिद गरी वडा अध्यक्ष संग सिफारिस लिई नेपाल भित्राउने गरेको स्थानियहरुको भनाई छ ।

dhan-kalikatimesयस्तै छिपहरमाई गाउँपालिकाको वडा नं. २ टिहुकी र भारतको प्रसोतिपुर नाका भएर पनि धान नेपाल भित्रिने गरेको छ । यस्तै प्रहरी चौकी टिहुकीको मिलोमतोमा नेपालको भेडिहारवा र भारतको भेडिहारवा नाका भएर पनि भारतिय धान भित्रिने गरेको स्थानियहरुले वताएका छन ।

मिर्जापुरको भलवहिया र भारतको बसमपुर नाकाबाट पनि भारतिय धान नेपाल तस्करी भइरहेको छ । यी नाकाहरुबाट बैल गाडामा पनि धान तस्करी भइरहेको छ । भारतको मैनाटाड, प्रसोतिपुर थाना र एस.एस.बी.लाई पनि व्यपारीहरुले नजराना बुझाई धान तस्करी गरीरहेका छन ।

भारतमा धानको भाउ सस्तो र नेपालमा महंगो भएकोले भारतिय धान नेपाल भित्रियाई व्यापरीहरुले पोखरिया, गर्दोल, बहुअर्वा लगायतका सेलर मिलहरुमा बिक्री गर्ने गरेका छन । व्यापरीहरुले भारतको गाउँहरमा भारु ११ सय क्युन्टल धान खरिद गर्ने गरेका छन भने नेपालमा धानको मुल्य नेरु २४ सय रहेको छ । स्थानियहरुका अनुसार मुल्य धेरैको फरक रहेका कारण व्यापारीहरु नेपाली धान खरिद गर्दैन ।

खरिद गरे पनि मनपरी मुल्यमा खरिद गर्दछन । भारतिय धान नेपाल खुल्याम भित्रेका कारण हामीहरु मर्कामा परहेको स्थानियहरु बताउँछन । विशेष गरी विहान र रातीको समयमा भारतिय धानहरु नेपाल भित्रिने गरेका छन । सम्बन्धीत वडा अध्यक्ष, प्रहरी चौकी र भारतिय एस.एस.वी. को मिलोमतोमा धान भित्रिने गरेको स्थानियहरु बताउँछन ।

यस्तै अझै पनि नेपालबाट भारत गिटी तस्करी रुकन सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको छडकेमा गिटीको ट्रेक्टर पक्राउ परेको केही समय मात्र गिटी तस्करी रुके पनि यता आएर फेरी सुरु भएको छ ।

मिलानो नेक्सस कप विजेता वीरगंज युनाइटेड गृहनगरमा सम्मानित

0

वीरगंज, २१ मंसिर ।

वीरगंज नेक्सस क्रिकेट एकेडेमीले काठमाडौंको मुलपानीमा आयोजना गरेको मिलानो नेक्सस कप अन्डर १६ टि—ट्वाइन्टी क्रिकेट प्रतियोगिताको विजेता टोली वीरगंज युनाइटेडलाई गृहनगर वीरगंजमा सम्मान गरिएको छ । राष्ट्रिय जनता पार्टीले एक कार्यक्रम गरि टोलीलाई सम्मान गरेको हो ।

यही मंसिर ७ देखि १४ गतेसम्म चलेको प्रतियोगितामा सहभागि १२ टोलीलाई उछिन्दै वीरगंज युनाइटेडले उपाधी चुमेको थियो । प्रतियोगिताको फाइनलमा वीरगंज युनाइटेडले सनराईज क्रिकेट क्लब महेन्द्रनगरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

सम्सद अलि मन्सुरको कप्तानीमा रहेको टोलीमा समिर मन्सुरी, निखिल सिंह, सैफ अलि हवारी लगायत खेलाडि रहेका थिए । टोलीमा सहभागि सबै खेलाडिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा राजपाका महासचिव राजेशमान सिंहले युवाहरुको प्रतिभालाई उजागर गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पार्टीका नेजामुद्धिन समानि, प्रेमबाबू पटेल,  उमेस सहनि मिनु ठाकुर,  मुन्नी श्रीवास्तव अफराेज अालम,  भुसाल चाैरसिया लगायतको उपस्थिति रहेको थियो ।

महिला माथी हुने सबै खाले हिंसाको विरुद्धमा महिला अधिकारकर्मीहरु

वीरगंज, २१ मंसिर ।
रिकभरिङ्ग ओमैन प्रदेश नं. २ को आयोजनामा शुक्रबार वीरगंजमा प्ले कार्ड सहितको प्रदर्शन गरिएको छ । महिला माथी हुने सबै खाले हिंसाको विरुद्धमा महिला अधिकारकर्मीहरुले विभिन्न नारा लेखिएको प्ले कार्ड सहितको वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका हुन ।

वालविवाह रौकौं, महिला एब्रस रोकौं, पुरुषहरुबाट हुने बलात्कार रौकौं, महिला हिंसा विरुद्ध हामी पनि छौं लगायतको नारा लेखिएको प्ले कार्ड सहित अधिकारकर्मीहरु घण्टाघरमा कार्यक्रम गरेका हुन ।

सविता लामाको संयोजकत्वमा भएको कार्यक्रममा महिला हिंसा तथा लैङ्गिक हिंसा माथी कोपिला चौलागाई साहले प्रकाश पारेका थिइन भने कार्यक्रमको सहजिकरण संतोष थापाले गरेका थिए । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

१० के.जी. चरेश सहित एक भारतिय नागरिक पक्राउ

वीरगंज, २१ मंसिर ।
वीरगंज भन्सार स्थित रहेको सशस्त्र प्रहरी बल गुल्मले १० के.जी. लागु औषध चरेश सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । वीरगंज १६, शंकराआचार्य गेटबाट भारत उत्तर प्रदेश बेशोपुरो मथुरा स्थाई घर भएका कन्हैयाको छोरा बर्ष ४५ को गिरी राजलाई पक्राउ गरेको हो ।

शरिरमा सेटिङ्ग गरी लुकाई छिपाई बिहिबार राती ८ बजेको समयमा नेपालबाट भारत रक्सौल तर्फ जादै गरेको अवस्थामा निजलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल गुल्मले जनाएको छ ।

चेकजांच गर्ने क्रममा निजको साथबाट १० के.जी. चरेश, एल.वाई.एफ. ब्राण्डको मोबाइल एक थान, राइटी ब्राण्डको मोबाइल एक थान, एम पावर ब्राण्डको मोबाइल एक थान र भारतिय रुपैया ४ हजार बरामत भए पछि नियन्त्रणमा लिई आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले जानकारी दिनु भयो ।

प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिम सुरु

वीरगंज,२१ मंसिर /बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५, नेवतनमा प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार देखि संचालनमा भएको छ । कलैयामा रहेको स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा प्रशिक्षण कार्यक्रम संचालन भएको हो ।

ईसिडिसि नेवतनको सभाहलमा  सुरु भएको प्रशिक्षण तालिम मंसिर २७ गते सम्म चल्ने आयोजक संस्थाका कार्यक्रम संयोजक दामोदर प्रसाद यादवले जानकारी दिए । प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिममा चैनपुर,  नेवतन, लालपर्सा, बहुवरी , मोतसिर, मनहर्वा र भलुहि केन्द्रका गरी १४ जनाको सहभागीता रहेको कार्यक्रम संयोजक यादवले बताए ।

स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रका व्यवस्थापन समितिका जगदिश साह कानुको अध्यक्षता र वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद कलवार प्रमुख अतिथ्यतामा सुरु भएको कार्यक्रममा स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रको कोषाध्यक्ष पृतम कुमार गुप्ता , शेषनाथ यादव ,  फेटा गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दास, कार्यपालिका सदस्य रामसुन्दर ठाकुर, ओम शान्ति समाज सेवाका दशई साह, युवा नेता उमेश गुप्ता, शिवजी गुप्ता, तालिम प्रशिक्षक रामप्रवेश साहको उपस्थिती रहेको थियो ।

प्रदेश नंं. २ काे राजधानी वीरगंज र नाम मध्य मदेश प्रदेश हुनु पर्ने

वीरगंज, २१ मङ्सिर/
संवाद तथा सुझाव आयोग प्रदेश नं. २ को आयोजनामा आज प्रदेश राजधानी नामाकरणसम्बन्धी राय सुझाव सङ्कलन भएको छ ।
वीरगंज, रोयल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले राय सुझाव सङ्कलन आयोगले गोप्य हिसाबले सुझाव सङ्कलन गरेको आरोप लगाइन् । जनसहभागिताविना राय सुझाव सङ्कलन गर्नुको कुनै अर्थ नरहेको बताइन् ।

     राज्यमन्त्री यादवले लोकतान्त्रिक विधिबाट नामाकरण र स्थान तोक्नुपर्ने माग गरिन् । राय सुझाव सङ्कलन आयोगले गरेको काम चित्तबुझ्दो नभएको र झगडा लगाउने नियत देखिएको उनले आरोप लगाइन् ।

    राज्यमन्त्री यादवले मधेसी जनताले जसको लागि लडे त्यसको पहिचान खुल्नेगरी उचित स्थानमा राजधानी बनाउन र नामाकरण गर्न सुझाव दिइन् । मधेसी आन्दोलनले दिएको उपलब्धि खेर नजाओस् र आम जनता आपसमा नलड्ने वातावरण बनाउन आग्रह गरिन् ।

उनले सङ्घीयतामाथि प्रहार भइरहेको र सोही अनुरूप जनतालाई लडाउनेगरी सुझाव सङ्कलन भइरहेको बताइन् । प्रत्येक जिल्लाले आप्mनो पायक पर्ने ठाउँ र नामाकरणको व्याख्या गरिरहेको बेला सुझाव आयोगले आपसमा लडाउने कामबाहेक केही नगरेको बताइन् ।

    सांसद प्रदीप यादवले वीरगंजलाई राजधानी बनाउन माग गरे । आन्दोलनको क्रममा सबैभन्दा बढी क्षति वीरगंजमा भएको र वीरगंजवासीले गरेको आन्दोलनको कारण मुलुकमा सङ्घीयता आएको बताए ।

    सांसद यादवले बन्द कोठामा होइन, क्षेत्र–क्ष्Fेत्रबाट राय सुझाव सङ्कलन गर्नु उचित हुने बताए । आन्दोलनको क्रममा वीरगंजलाई राजधानी बनाउने आश्वासन पाएका वीरगंजवासीले अब जनकपुरलगायत अन्य ठाउँमा राजधानी बनाउनु गलत भएको आरोप लगाए । बन्द कोठामा आयोगले विनासूचना कार्यक्रम गर्नु र वीरगंजवासीलाई थाहा नहुनु दुःखद भएको उनले बताए ।
कार्यक्रममा अन्य वक्ताहरूले वीरगंजलाई नै मधेस प्रदेशको राजधानी बनाउन जोड दिएका थिए । मधेस आन्दोलनको क्रममा नाकाबन्दी भएको र नाकाबन्दीबाट सबैभन्दा बढी धनजनको क्षति वीरगंजमा भएकोले पहिलो प्राथमिकता वीरगंजले पाउनुपर्ने उनले बताए ।

अहिले पूर्व–पश्चिमका जनतालाई आपसमा लडाउने खेल तत्काल रोक्न माग गर्दै दुई तिहाई बहुमतले नामाकरण र स्थान तोक्ने संविधानमा उल्लेख भए पनि राय सुझाव सङ्कलन गर्ने कार्य नौटङ्की रहेको बताए ।

    वक्ताहरूले सबैभन्दा बढी जनधनको क्षति वीरगंजमा भएको र वीरगंजलाई राजधानी घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
आयोगका अध्यक्ष्F डा. हरिशङ्कर झाको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, जन्नत अन्सारी, मन्जुर आलम, शङ्कर चौधरी, सिंहासन कलवार, मनोजप्रसाद कुर्मी, उपमेयर शान्ति कार्की,  फोरमका केन्द्रीय सदस्य मोहनलाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

लागु औषध नाईट्रोभेट र चरेश सहित २ जना पक्राउ

वीरगंज, २० मंसिर ।
लागु औषध नियन्त्रण व्युरो र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु औषध नाईट्रोभेट ३०० पिस सहित १ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं.१६, रजतजयन्ती चोक स्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल हिडी आउदै गरेको धादिङ, गल्छी गा.पा. वडा नं.(२ बस्ने सुर्य बहादुर सार्कीको छोरा वर्ष २४ को रामजी बयलकोटीलाई पक्राउ गरेको हो ।

निजको साथबाट ला.औ. नाईट्रोभेट ट्याबलेट ३०० पिस फेला परेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाढी बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै लागु औषध चरेश १ किलो ५०० ग्राम सहित १ जना पक्राउ परेका छन । सशस्त्र प्रहरी गुल्म र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं.१६ स्थित भंसार मुलगेटबाट भारत बिहार जिल्ला पटना कंकरबाग थाना मिहापुर बस्ने स्व. श्याम प्रसाद कुर्मीको छोरा वर्ष ६० को बिपिन कुमार कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट भारतको रक्सौल तर्फ साईकलमा जादै गरको कुर्मीको शरिर खानतलसी लिंदा निजको शरिरको कम्मर तथा पेटको भागमा कपडामा पोका पारी लुकाई छिपाई राखिएको अवस्थामा नियन्त्रित लागु औषध चरेश १ किलो ५०० ग्राम फेला पारेकोले निजलाई नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

बालश्रम तथा बाल संरक्षण सम्बन्धि २ दिने अन्तरक्रिया सुरु

वीरगंज, २० मंसिर ।
बालश्रम तथा बाल संरक्षण तथा लैगिंक हिंसा न्यूनिकरण बिषयक २ दिने अन्र्तक्रिया कार्यक्रम बिहिबार देखी वीरगंजमा सुरु भएको छ । वीगंज महानगरपालिका कार्यालय, पर्सा र यूनिसेफ नेपालको आर्थिक सहयोगमा तथा दिब्य यवा क्लब, वीरन्चीबर्वाको आयोजनामा संचालित बालमैत्री स्थानीय शासन प्रवर्धन अन्र्तगत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति, पर्साको सभाहलमा सुरु भएको कार्यक्रममा वीरगंज महानगरपालिका अन्तर्गतका ३० वटा विद्यालयका प्र.अ.हरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको उदघाटन वीरगंज महानगरपालिकाका कार्यबाहक नगर प्रमुख श्री शान्ति कार्कीले गरेकी छिन ।

दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा भएको उदघाटन सत्रमा कार्यक्रम बारे प्रकशा वीरगंज महानगरपालिकाका मुकेश कुमार गुप्ताले गरेका थिए । कार्यक्रमको सहजीकरण वीरगंज महानगरपालिकाका सामाजिक विकास अधिकृत बबिता जैसवाल तथा दिब्य यसवा क्लब पर्साका कार्यक्रम संयोजक कोपिला चौलागाई गरेका थिए ।