Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सपाले महुवन उपनिर्वाचन उम्मेदवारको लागि रुपलालको नाम सिफारिस गर्यो

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टीले पर्साको सखुवा प्रसौनी गाउँपिलका वडा नं. ५ महुवनको वडाअध्यक्ष पदको हुने उप निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ ।

समाजवादी पार्टी पर्साको मंगलबार वीरगंजमा बसेको जिल्ला समन्वय सिमितिको पदधिकारी बैठकले रुपलाल यादवको नाम प्रदेश समितिलाई सिफारिस गरेको हो । मंसिर १४ गते हुने सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ को उपनिर्वाचनको लागि वडाअध्यक्षको उम्मेदवार पार्टीबाट बलुवा निवासी रुपलाल यादवलाई बनाउन सर्वसहमतिबाट निर्णय गरिएको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष समेत रहेका समाजवादी पार्टी पर्साका जिल्ला सदस्य प्रदिप जयसवालले वताए ।

वडाध्यक्षको उम्मेदवारको लागि नाम सिफारिस भएका रुपलाल निवर्तमान वडाध्यक्ष स्वर्गिय वृजमोहन प्रसाद यादवका ठुलो छोरा हुन् ।

जिल्ला समन्वय समिति पर्साको सभा हलमा बसेको बैठकमा प्रदेश सभा सदस्य अब्दुल रहिम अंसारी, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, जिल्ला सदस्य सुन्दर कुर्मी, नेक महमद अंसारी, प्रदिप जयसवाल, जयनारायण प्रसाद पटेल, बिन्दवासीनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

बाढीमा हराएको आशा फेरि फर्कियो, सञ्जयले पाए नयाँ जीवन

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अहिले घरमै आराम गरिरहेका छन्। परिवारका लागि भने उनको घर फर्किनु केवल उद्धारको घटना...

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...