Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजमा चलचित्र महोत्सव सुरु, राष्ट्रपति भण्डारीले गरिन उदघाटन

spot_img
spot_img

वीरगंज । चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको राष्ट्रपति विद्या देवी भण्डारीले वताउनु भएको छ । वीरगंजको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसमा समय सान्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने वताउनु भएको हो ।

साथै कलाकारहरु राष्ट्रका जागरुप तथा महत्वपूर्ण प्रतिनिधि पात्र भएकाले समाजिक सहिष्णुता, शान्ति प्रवर्धन, पर्यटन विकास, पर्यावरणिय शन्तुलन र आर्थिक समृद्धिका सन्देश दुत बनेर समाजमा चेतना र जागरण फैलाउनु पर्ने वताउनु भयो ।

उदघाटन समारोहमा नेपाली चलचित्र स्वर्णिम सम्मानले प्रथम चलचित्र छांयाकार वैकुण्ट मास्के, प्रथम चलचित्र सम्पादक तिर्थलाल श्रेष्ठलाई राष्ट्रपति भण्डारीले समानित गर्नु भयो । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको अध्क्षतामा भएको कार्यक्रममा सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटा, प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी, वीरगंज महानगरपालिका मेयर विजय सरावगी, नेपाल उधोग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको सहभागिता रहेको थियो ।

नेपाल चलचित्र निर्माता संघले आयोजनामा आज देखी सुरु भएको महोत्सव शनिबार सम्पन्न हुनेछ ।महोत्सवमा प्रस्तुती राख्न बलियुड सुपर स्टार गोबिन्दा आहुजा वीरगंज आएका छन् । उनले आज बेलुका ४ बजे देखी आफ्नो प्रस्तुती राख्ने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...