Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

अपहरणमा परेका बालकको १० दिन पछि उद्दार, अपहरणकारीलाई गोली हानी पक्राउ

spot_img
spot_img

वीरगंज । बालक अपहरणमा संलग्न एक जनालाई पर्सा प्रहरीले गोली हानी प्रकाउ गरेको छ । अपहरणमा परेको बालकको शकुसल उद्दार समेत प्रहरीले गरेको छ ।

अपहरणमा संलग्न पोखरिया नगरपालिका वडा नं. ६ सेमरबारी निवासी बर्ष २० को राज कुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रकाउ परेका दास गोली लागी घाईते भएका छन् । खुट्टाको घुँडा मुनीको भागमा गोली लागी घाईते भएका दासको प्रहरी निगरानीमा नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

वीरगंज महानगरपालिका २५ सिर्सिया घर भइ हाल काभ्रेको बनेपामा बस्दै आएका अमजद खानका १४ वर्षीय छोरा कात्तिक १० गते बनेपाबाट वीरगन्ज घर आउने क्रममा अपहरणमा परेका थिए ।

अपहरणकारीलाई फिरौति रकम बुझाउन जाँदा प्रहरीले गोली हानी नियन्त्रणमा लिएपछि बालकको उद्दार गरिएको हो । गोली हानेर नियन्त्रणमा लिइएका दासले दिएको बयानका आधारमा अपहरित बालककलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती भारतीय गाउँबाट सकुशल उद्धार गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले वताए ।

अपहरीत बालकका बुवा अमजदले अपहरणकारीले मागेको फिरौती रकम लिएर नेपाल भारतको सीमा क्षेत्रमा पर्ने वीरगन्जको सिर्सिया खल्वाटोलमा बुधबार बिहान पुगेका बेला प्रहरीले अपहरणकारी मध्येका एकजनालाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

अपहरणा संलग्न अझै दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पर्सा प्रहरीले जिप्रकामा पत्रकार सम्मेलन गर्दै उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको जानकारी गराएको छ ।  पक्राउ परेका अपहरणकारी दासको साथबाट नलकटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली ५ थान, मोबाइल १ थान, ब्लु टुथ एक थान र फिरौती माग्न आउँदा उनले प्रयोग गरेको बी आर २२ जे ०८०३ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरी उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...