Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

प्रहरीले छिपहरमाईमा पक्राउ गरेको गिट्टी जिल्लामा ल्याउन सकेन

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहियामा प्रहरीले पक्राउ गरेको गिट्टी जिल्लामा ल्याउन नसके पछि गाउँमा निर्माण भईरहेको धर्मशालामा खसालिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार राती ७ बजे भलुवहियामा राखिएको ३ टेलर गट्टी पक्राउ गरेको थियो । भारतमा तस्करीको लागि राखिएको गिट्टी जिल्लाको टोलीले पक्राउ गर्दै वीरगंज पुर्याइदिन गाउँका अगुवाहरुलाई आग्रह गरेको थियो ।

गाउँलेहरु घर निर्माणको लागि राखिएको एउटा आधी टेलर गिट्टी पनि प्रहरी लेखेको भन्दै आफुहरु पुर्याउन नसक्ने वताएका थिए । पछि प्रहरीले पक्राउ गरिएको गिट्टी गाउँका अगुवाहरुको जिम्मा लगाएर मंगलबार विहान लग्ने भनि फर्केको थियो ।

मंगलबार विहान प्रहरी नपुगे पछि गाउँलेहरु भेला बसी प्रहरीले पक्राउ गरेको गिट्टी गाउँमा निर्माणा भईरहेको धर्मशाला निर्माणमा लगाउन निर्णय गरी त्यही लगि खसालेको हाम्रा सम्वाददाताले जनाएका छन् ।

यसका साथै गाउँमा भारत तस्करीको लागि राखिएको अझै ३ टेलर गिट्टी पनि गाउँलेहरु त्यही खसाल्न लगाएका छन् । प्रहरी कै मिलोमतोमा गिट्टी तस्करी भइरहेको गुनासो बढे पछि जिल्लाको टोलीले तस्करीको लागि राखिएको गिट्टी सुचनाको आधारमा पक्राउ गर्न भलुवहिया पुगेको थियो ।

प्रहरी मै दुई गुट भएका कारण एउटा गुटले तस्करी लाईन खोलेको र एउटा गुटले पक्राउ गरेको प्रहरी स्रोतको भनाई छ । पोखरियामा नै गिट्टी तस्करहरु गिट्टी जम्मा गरी प्रहरीलाई मिलाई भारत तर्फ तस्करी गराउदै आएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...