Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

प्रहरीले छिपहरमाईमा पक्राउ गरेको गिट्टी जिल्लामा ल्याउन सकेन

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं१ भलुवहियामा प्रहरीले पक्राउ गरेको गिट्टी जिल्लामा ल्याउन नसके पछि गाउँमा निर्माण भईरहेको धर्मशालामा खसालिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार राती ७ बजे भलुवहियामा राखिएको ३ टेलर गट्टी पक्राउ गरेको थियो । भारतमा तस्करीको लागि राखिएको गिट्टी जिल्लाको टोलीले पक्राउ गर्दै वीरगंज पुर्याइदिन गाउँका अगुवाहरुलाई आग्रह गरेको थियो ।

गाउँलेहरु घर निर्माणको लागि राखिएको एउटा आधी टेलर गिट्टी पनि प्रहरी लेखेको भन्दै आफुहरु पुर्याउन नसक्ने वताएका थिए । पछि प्रहरीले पक्राउ गरिएको गिट्टी गाउँका अगुवाहरुको जिम्मा लगाएर मंगलबार विहान लग्ने भनि फर्केको थियो ।

मंगलबार विहान प्रहरी नपुगे पछि गाउँलेहरु भेला बसी प्रहरीले पक्राउ गरेको गिट्टी गाउँमा निर्माणा भईरहेको धर्मशाला निर्माणमा लगाउन निर्णय गरी त्यही लगि खसालेको हाम्रा सम्वाददाताले जनाएका छन् ।

यसका साथै गाउँमा भारत तस्करीको लागि राखिएको अझै ३ टेलर गिट्टी पनि गाउँलेहरु त्यही खसाल्न लगाएका छन् । प्रहरी कै मिलोमतोमा गिट्टी तस्करी भइरहेको गुनासो बढे पछि जिल्लाको टोलीले तस्करीको लागि राखिएको गिट्टी सुचनाको आधारमा पक्राउ गर्न भलुवहिया पुगेको थियो ।

प्रहरी मै दुई गुट भएका कारण एउटा गुटले तस्करी लाईन खोलेको र एउटा गुटले पक्राउ गरेको प्रहरी स्रोतको भनाई छ । पोखरियामा नै गिट्टी तस्करहरु गिट्टी जम्मा गरी प्रहरीलाई मिलाई भारत तर्फ तस्करी गराउदै आएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...