Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नारायण काजीको नाउमा ठगि गर्ने चौरसिया पक्राउ, नेकपा प्रदेश सदस्य बैठ्ठा फरार

spot_img
spot_img

वीरगंज । प्रहरीमा जागिर लगाईदिने भनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठ्ठा विरुद्ध ठगि मुद्दा परेको छ ।

रौतहटको मौलापुर नगरपालिका वडा नं. ७ वस्ने प्रदिप कुमार साहले प्रहरी सेवा अन्तर्गत प्रहरी सहायक निरिक्षक (असई) मा आफ्नो जागिर लगाईदिने भनि बैठ्ठाले रु ५ लाख ठगि गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दर्ता गराए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको भन्दै आज वीरगंजमा पत्रकार सम्मेलन गरेका छन् ।

पिडित साहले कार्तिक १ गते पोखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी नेकपा प्रदेश सदस्य बैठ्ठा र कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर निवासी सुनिल कुमार चैरिसया विरुद्ध उजरी दिए पनि प्रहरीले हिजो मंगलबार मात्र चौरियालाई उन कै घरबाट पक्राउ गरेको छ । तर मुख्य आरोपित बैठ्ठालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् ।

पिडित साहका अनुसार आइएमी मार्फत मिति २०७२/०६/२१ मा रु एक लाख र मिति २०७२/१०/१२ मा रु ४ लाख गरी दुई पटकमा जम्मा रु पांच लाख नेता बैठाले चौरसिया मार्फत लएका थिए । नेपाल पत्रकार महास‌ंघमा पर्साको भवनमा पत्रकार सम्मेलन गर्दै साहले भने उक्त रकम लिएर पनि निज बैठाले मेरो काम गराउन नसक्दा पटक पटक बैठालाई ताकेता गर्दा आफ्नो पहुंच तत्कालिन नेकपा माआबादी र हालका नेकपाका नेताहरु नारायण काजी श्रेष्ठ, विश्वनाथ साह सम्म रहेको र निजहरु संग निकटत्म सम्बन्ध रहेकोले तपाईको कामको लागि मेरो निरन्तर सम्वाद भईरहेकोले निज नेताहरु कै कोटामा राख्ने गरी तपाईलाई असई बनाउने आश्वासन दिई रहे ।

सो बमोजिमको काम नहुदा आफुले दिएको रकम फिर्ता माग्दा नानाथरीको बहाना गर्दै सम्पर्क विहिन भएकोले आफु संग रहेको प्रमाण सहित जिप्रका पर्सामा बाध्य भई २०७६/०७/०१ गते निवेदन दर्ता गराएको पिडित साहले वताए ।

जिप्रका पर्सामा निवेदन दर्ता गराए पछि मिति २०७६/०७/१९ गते प्रहरीले सुनिल चौरसियालाई पक्राउ गरे पनि रकम अशुल्ने मुल नायिके बैठालाई केही अवसरवादी राजनितिक व्यत्तिका संरक्षणका कारण हाल सम्म प्रहरीले निज वैठालाई पक्राउ गर्न आनाकानी गरिरहेको उनले दु:ख पोखे ।

यता मंगलबार राती नेता बैठ्ठालाई पनि प्रहरीले पक्राउ गरे पनि नेताहरुको दबावमा पछि छोडेको वताइएको छ । वीरगंज श्रीपुर स्थित होटल गुरुङ्गमा खाजा खाइरहेका बैठ्ठालाई प्रहरीले पक्राउ गर्न गए पनि उनी संग खाजा खादै गरेका नेकपाका पर्सा अध्यक्ष प्रभु हजाराले आफु भोली विहान जिल्ला प्रहरी कार्यालय पर्सामा बैठ्ठालाई हाजिर गराउने वताए पछि प्रहरी फर्केको थियो ।

प्राप्त सुचना अनुसार प्रहरीले पर्सा जिल्ला अदालतबाट बैठ्ठालाई पक्राउ पुर्जी जारी भए पनि पक्राउ परि सकेका अभियुक्त्तलाई नेकपाका पर्सा नेतृत्वको दबावमा प्रहरीले छाडेको हो ।

बैठाले पूर्व गृह मन्त्री तथा नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ र शिक्षा मन्त्री गिरीराज मणी पोखरेलको नाउमा यस्ता धेरै संग विभिन्न काम गराईदिने भनि रकम अशुल्ने गरेको आरोप लाग्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...