Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

नारायण काजीको नाउमा ठगि गर्ने चौरसिया पक्राउ, नेकपा प्रदेश सदस्य बैठ्ठा फरार

spot_img
spot_img

वीरगंज । प्रहरीमा जागिर लगाईदिने भनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठ्ठा विरुद्ध ठगि मुद्दा परेको छ ।

रौतहटको मौलापुर नगरपालिका वडा नं. ७ वस्ने प्रदिप कुमार साहले प्रहरी सेवा अन्तर्गत प्रहरी सहायक निरिक्षक (असई) मा आफ्नो जागिर लगाईदिने भनि बैठ्ठाले रु ५ लाख ठगि गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दर्ता गराए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको भन्दै आज वीरगंजमा पत्रकार सम्मेलन गरेका छन् ।

पिडित साहले कार्तिक १ गते पोखरिया नगरपालिका वडा नं. १ बनकटवा निवासी नेकपा प्रदेश सदस्य बैठ्ठा र कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर निवासी सुनिल कुमार चैरिसया विरुद्ध उजरी दिए पनि प्रहरीले हिजो मंगलबार मात्र चौरियालाई उन कै घरबाट पक्राउ गरेको छ । तर मुख्य आरोपित बैठ्ठालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् ।

पिडित साहका अनुसार आइएमी मार्फत मिति २०७२/०६/२१ मा रु एक लाख र मिति २०७२/१०/१२ मा रु ४ लाख गरी दुई पटकमा जम्मा रु पांच लाख नेता बैठाले चौरसिया मार्फत लएका थिए । नेपाल पत्रकार महास‌ंघमा पर्साको भवनमा पत्रकार सम्मेलन गर्दै साहले भने उक्त रकम लिएर पनि निज बैठाले मेरो काम गराउन नसक्दा पटक पटक बैठालाई ताकेता गर्दा आफ्नो पहुंच तत्कालिन नेकपा माआबादी र हालका नेकपाका नेताहरु नारायण काजी श्रेष्ठ, विश्वनाथ साह सम्म रहेको र निजहरु संग निकटत्म सम्बन्ध रहेकोले तपाईको कामको लागि मेरो निरन्तर सम्वाद भईरहेकोले निज नेताहरु कै कोटामा राख्ने गरी तपाईलाई असई बनाउने आश्वासन दिई रहे ।

सो बमोजिमको काम नहुदा आफुले दिएको रकम फिर्ता माग्दा नानाथरीको बहाना गर्दै सम्पर्क विहिन भएकोले आफु संग रहेको प्रमाण सहित जिप्रका पर्सामा बाध्य भई २०७६/०७/०१ गते निवेदन दर्ता गराएको पिडित साहले वताए ।

जिप्रका पर्सामा निवेदन दर्ता गराए पछि मिति २०७६/०७/१९ गते प्रहरीले सुनिल चौरसियालाई पक्राउ गरे पनि रकम अशुल्ने मुल नायिके बैठालाई केही अवसरवादी राजनितिक व्यत्तिका संरक्षणका कारण हाल सम्म प्रहरीले निज वैठालाई पक्राउ गर्न आनाकानी गरिरहेको उनले दु:ख पोखे ।

यता मंगलबार राती नेता बैठ्ठालाई पनि प्रहरीले पक्राउ गरे पनि नेताहरुको दबावमा पछि छोडेको वताइएको छ । वीरगंज श्रीपुर स्थित होटल गुरुङ्गमा खाजा खाइरहेका बैठ्ठालाई प्रहरीले पक्राउ गर्न गए पनि उनी संग खाजा खादै गरेका नेकपाका पर्सा अध्यक्ष प्रभु हजाराले आफु भोली विहान जिल्ला प्रहरी कार्यालय पर्सामा बैठ्ठालाई हाजिर गराउने वताए पछि प्रहरी फर्केको थियो ।

प्राप्त सुचना अनुसार प्रहरीले पर्सा जिल्ला अदालतबाट बैठ्ठालाई पक्राउ पुर्जी जारी भए पनि पक्राउ परि सकेका अभियुक्त्तलाई नेकपाका पर्सा नेतृत्वको दबावमा प्रहरीले छाडेको हो ।

बैठाले पूर्व गृह मन्त्री तथा नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ र शिक्षा मन्त्री गिरीराज मणी पोखरेलको नाउमा यस्ता धेरै संग विभिन्न काम गराईदिने भनि रकम अशुल्ने गरेको आरोप लाग्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...