Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

गोविन्दासँगै यसरी नाँचे नायिकाहरु(फोटो फिचर र भिडियाे सहित)

spot_img
spot_img

वीरग‌ंज आएका बलिउड चलचित्रका नायक गोविन्दा वीरगंजकाे आदर्शनगर रंगशालामा आयाेजित नेपाली चलचित्रमा स्वर्णिम महोत्सवमा सहभािग भएका छन् । महाेत्सव सुरु भएकाे प्रथम दिन बिहिबार ४ बजे गाेबिन्दाकाे प्रस्तुती रहने आयाेजकले वताए पनि उनी ३ घण्टा ढिलाे ७ बजे महाेत्सव स्थल पुगेका थिए ।

महाेत्सवमा सहभागिता जनाउदै गोविन्दाले विश्वको जुनसुकै देशमा पनि भाषाको संरक्षण गर्न चलचित्र र त्यसमा समावेश गीतको योगदान सबैभन्दा ठूलो रहेको वताए । उनले, नेपाली दर्शकबाट पाएको मायाले आफू सधै नै उत्साहित भएको भन्दै नेपालबाट माया पाएको सुनाए ।

गोविन्दाले ‘हर हर महादेव’ भन्दै दर्शकलाई नचाएका थिए । गोविन्दासँगै नेपाली चलचित्रका नायिकाहरु निरुता सिंह, स्वेता खड्का, वर्षा सिवाकोटी, रेजिना उप्रेती, कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला पनि नाचेका थिए । गोविन्दाका हिट गीतमा उनीहरु नाच्दै गर्दा माहोल संगीतमय बनेको थियो ।

गाेविन्दा संगै नेपाली फिल्मका नायिकाहरुले गरेकाे नृत्यकाे केमरामा कैद केही दृश्य । तस्विर : प्रणय साह

आदर्श नगर रंगशालामा आयोजना भएको महोत्सवमा गोविन्दा पुग्दा ठूलो भीड लागेको थियो । गोविन्दालाई भिडबाट जोगाउन प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो । गाेविन्दाले गरेकाे नृत्य हेर्नुहाेस् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...