Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1075

सशस्त्र प्रहरी बल गुल्मद्वारा लागु औषध सहित युवक पक्राउ

वीरगंज, २४ मंसिर ।

सशस्त्र प्रहरी बल गुल्मले सोमबार लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका ७ निवासी सिकेन्द्र सहनीको छोरा बर्ष १९ का साहेब सहनी रहेका छन ।

वीरगंज १६, भन्सार मुलगेटमा खटिएको डिउटी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ झोला भित्र लुकाई छिपाई ल्याउदै गरेका लागू औषध इन्जेक्सन सहित सहनीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल गुल्मले जनाएको छ ।

निजको साथबाट लागू औषध डाईजोल्याव १०० गोटा, नोफिन १०० गोटा र फेनारगन १०० गोटा फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताउनु भयो ।

मधेशी कारखाना मजदुर मञ्चको केन्द्रिय समिति घोषणा

वीरगंज, २४ मंसिर ।
मधेशी ट्रेड युनियन महासंघ नेपाल आवद्ध मधेशी कारखाना मजदुर मञ्चको केन्द्रिय समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा सोमबार घोषणा सभाको आयोजना गरि केन्द्रिय समितिको घोषणा गरिएको हो ।

घोषणा गरिएको केन्द्रिय समितिको अध्यक्ष अवध किशोर साह, वरिष्ठ उपाध्यक्ष रामबाबु महतो, महिला उपाध्यक्ष उर्मिला महतो, महा सचिव कलम अंसारी, शिवचन्द्र राय, सह महा सचिव विनोद महतो, कोषा अध्यक्ष राजकपुर चौधरी, सदस्य जयकरण साह तेली, दिनेश कुशवाहा, संजय यादव, दिप सिह खडका, सुनिल वार्मा, प्रेम उपाआध्य र सत्यनारायण साह रहेका छन ।

मजदुरी मंचका केन्द्रिय अध्यक्ष अवध किशोर साहको अध्यक्षतामा भएको घोषणा सभामा मधेशी ट्रेड युनियन महासंघका राष्ट्रिय अध्यक्ष पल्टन ठाकुरले केन्द्रिय समितिको घोषणा गरे ।

घोषणा सभामा राजपा नेपालकी केन्द्रिय सदस्य रेखा घिमिरे, पर्सा अध्यक्ष मण्डलका सदस्य जगदिश पटेल, प्रेमबाबु पटेल, नितेन्द्र यादव, जिल्ला सचिव उमेश लाल सहनी, मालती कुशवाहा लगायतकाको उपस्थिती रहेको थियो ।

नयाँ श्रम ऐन कार्यन्वयको मांग गर्दै नारा, जुलुश सहित उधोग वाणिज्य संघ घेराउ

वीरगंज, २३ मंसिर ।

अखिल नेपाल सेक्युरेटी मजदुर संघले आइतबार नारा, जुलुश सहित वीरगंज उधोग वाणिज्य संघ घेराउ गरेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको पेशागत संगठन अखिल नेपाल सेक्युरेटी मजदुर संघ बारा, पर्सा र रौतहटले संयुक्त रुपमा नेपाल सरकारबाट जारी श्रम ऐन २०७४ भाद्र १९ कार्यन्वयनको मांग गर्दै वीरगंजमा नारा, जुलुश सहित उधोग वाणिज्य संघ घेराउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अगाडी रहेको लाल बंगलाबाट निस्केको जुलुश विश्वको मजदुर एक हौं, नयाँ श्रम एन २०७४ लागु गर लगायतका नारा लगाउदै उधोग वाणिज्य संघमा पुगी घेराउ गर्नुको साथै एक घण्टा धारणा समेत दिएको थियो ।

नेपाल सरकारबाट जारी गरिएको श्रम ऐन २०७५ भाद्र १९ को कार्यन्वय र बेतन निर्धारण बोर्डले २०७५ श्रावण १ गते निर्धाण गरेको तलब सबै सेक्यूरेटी मजदुरलाई कार्यन्वयनको मांग गर्दै उधोग वाणिज्य संघ घेराउ गरिएको अखिल नेपाल सेक्युरेटी मजदुर संघका केन्द्रिय सदस्य शम्भु पटेलले वताए ।

सरोकारवालाहरु संगको परामर्श बैठक सम्पन्न

वीरगंज, २३ मंसिर ।
सुन्दर शान्त नेपाल परियोजनाको जिल्ला स्तरिय संजालका सदस्य छनौटका लागि सरोकारवालाहरु संगको परामर्श बैठक आइतबार वीरगंजमा सम्पन्न भएको छ । सेफर वल्र्डको सहयोगमा तथा जनजागरण युवा क्लब बाराको सहजिकरणमा संचालित सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत भएको बैठक सम्पन्न भएको हो ।

कुमु प्यालेस वीरगंजमा भएको बैठकमा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, आसमान नेपालकी मन्जु राउत, दलित महिला संघ, पर्साकी मधु कुमारी महरा, वीरगंज ८ की वडा सदस्य प्रमशिला देवी, मध्य नेपाल संदेशकी कविता खड्का लगायतकाको सहभागिता रहेको थियो ।

janagaran-kalikatimes

लैगिंक हिंसा अन्तका लागी बिरगंजमा महिला सम्मेलन सुरु

बिरगंज, २३ मंसिर  ।
लैगिंक हिंसा अन्तका लागी बिरगंजमा महिला सम्मेलन सुरु भएको छ । वीरगंज नगर सभा गृहमा सुरु भएको २ दिने सम्मेलनको प्रदेश नम्बर २ का भौतिक पुर्बाधार राज्य मन्त्री डिम्पल झाले उदघाटन गर्नु भएको छ । सम्मेलनको उदघाटन सत्रलाई संम्बोद्धन गर्दै झाले लैगिंक हिंसा अन्तका लागी कहिकतै जानु नपर्ने आफ्नै घरबाट र आफैबाट शुरु गर्नु पर्ने बताइन ।

पहिला आ आफ्नो श्रीमानको सहयोग लिने गरी अगाडी बढने मन्त्री झाको धारण थियो । पहिला आ आफ्ना घरपरिवार र अर्काे बिधालयबाट लैंगिक हिंसा अन्त्य गर्नु पर्ने झाले बताईन । आमाबुवाले संस्कार दिएपछि अवश्य नै अन्त हुने झाले जिकिर समेत गरिन ।

कार्यक्रममा प्रदेश २ का सांसद भिमा यादव, मंजु यादव, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रकुमार शार्मा, प्रधयापक डा. शुष्मा तिवारी, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, एक्सन एडका शिवनारायण चौधरी लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य बिरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की र संचालन लक्ष्मी खरेले गरेका थिए । सम्मेलनमा प्रदेश नं. १, २ र ३ का महिला अधिकारकर्मीहरुको सहभागिता रहेको दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताउनु भयो ।

एक्शन एड नेपाल,  राष्ट्रिय महिला अधिकार मञ्च, वीरगंज महानगरपालिका तथा दिब्य यसवा क्लब बिरन्चीबर्वाबर्वा पर्साको संयूक्त आयोजनामा संचालित लैंङ्गिक हिंसा अन्त्यका लागि महिला सम्मेलन २०१८ शुरु भएको हो ।

सानो पाइलाद्वा लागु औषध कुलतमा फसेका १३ सय युवाको पुनस्र्थापन

वीरगंज, २३ मंसिर ।
सानो पाइलाले आइतबार एक कार्यक्रमका बिच आफ्नो १२ औं बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा वीरगंजको ब्रमह चौकमा रहेका पुनस्र्थापन केन्द्रमा आयोजित कार्यक्रममा सानो पाइलाको प्रभाव बारे तयार पारिएको प्रतिवेदन विमोचन समेत गरिएको छ ।

सानो पाइलाकी सचिव डा. सुस्मा तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका अतिथीहरुले संयुक्त रुपमा प्रतिवेदनको विमोचन गरेका थिए । कार्यक्रममा वोल्दै सानो पाइलाका संस्थापक कंचन झाले लागु औषध, ड्रक्स जस्ता कुलतमा फसेका १३ सय युवाहरुको संस्थाले पुनस्र्थापन गरेको वताए ।

उनले सरकार र जनता विचको दुरी भएको अवस्थामा सानो पाइलाले काम गरेको वताए । सरकार र जनता विचको दुरी खत्म भएर गए गैर सरकारी संस्थाहरुको काम पनि सकेर जाने झाको भनाई थियो । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले जनप्रतिनिधि विहिन रहेको अवस्थामा गैर सरकारी संस्थाको ठुलो भुमिका रहेको वताए ।

महानगरपालिका कार्यालयको एउटा अंगको रुपमा नै क्रियाशिल गैर सरकारी संस्थाहरु रहेको सरावगीले वताए । वीरगंज महानगरपालिकालाई आफ्नै कार्यकालमा बाल मैत्री घोषणा गर्न चाहना रहेको मेयर सरावगीको भनाई थियो । पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले अरु संग केही माग्नु भन्दा सबैले केही ना केही गरे धेरै काम गर्न सकिने वताए ।

अरु संग केही माग्नु भन्दा पहिला आफ्नो कर्तव्य बुझनु पर्ने ढकालको भनाई थियो । पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले केही गर्नको लागि पहिला सपना देख्न जरुरी रहेको वताइन । सानो पाइला जस्तै काम गर्न चाहे सानो प्रयासले ठुलो काम गर्न सकिने खातुनको भनाई थियो ।

सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले चिया पसलबाट सुरु भएको संस्था यहां सम्म पुगेको वताए । कार्यक्रममा सानो पाइला बारे बिक्रम उपाध्यले जानकारी गराएका थिए भने कार्यक्रमको संचालन जय साहले गरेका थिए ।

चेपाङ समुदायको सहयोगार्थ आयोजित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

काठमाण्डौ, २३ मंसिर ।
सुख सन्देश काठमाण्डौको आयोजनामा चेपाङहरुलाई सहयोग गर्ने उद्देश्यले शनिबार काठमाण्डौमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । गलेसियर इन्टरनेशनल क्लेज, रक टनेल रेस्टुरेन्ट एन्ड लंज र न्यू जेनिथ उ. मा. वि.को सहयोगमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्टेन्ड अप कमेडी, कविता वाचन र गित प्रस्तुत गरिएको प्रभाकर साहले बताए । कार्यक्रमको सहयोगी संस्थाहरुलाई आयोजक संस्थाकी अध्यक्ष सरिना सानु महर्जनले मायाको चिनो दिएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा आशिष गैरे, मलिका खतिवडा, मोहित जोशी, विष्णु पौडेल, सौगात खड्की, जोस्ना नेम्बाङ, जेशन योन्जन र अमन जोशी लगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

कार्यक्रमबाट उठेको रकम चेपाङ समुदायको स्वास्थ्य र अन्य सुधारको लागि प्रयोग गरिने आयोजक संस्था सुख सन्देशकी अध्यक्ष महर्जनले जानकारी गराइन् ।

गायक हेमन्त शर्माले यसरी नचाए, हेर्नुहो भिडियोमा

रेडियो वीरगंजको १६ औं बार्षिकोत्सवको अवसरमा वीरगंजको आदर्शनगरमा आयोजित सांस्कृतिक कार्यक्रममा गायतक हेमन्त शर्माले दर्शकहरुलाई माया गर्छु भन्नेले गितमा यसरी नचाए । भिडियो : कालिका टाइम्स

वीरगंजको आदर्शनगरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्दै

0

रेडियो वीरगंजको १६ औं बार्षिकोत्सवको अवसरमा वीरगंजको आदर्शनगरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलिउड डान्स सेन्टर हेटौडाका कलाकारहरु नृत्य गर्दै । तस्वीर : कालिका टाइम्स

रेडियो वीरगंजको बार्षिकोत्सवमा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न, फोटोफिचर सहित

वीरगंज, २२ मंसिर ।
रेडियो वीरगंज एफएम ९९ मेगाहर्जले आफ्नो १६ औँ बार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको आदर्शनगरमा शनिबार आयोजित खुल्ला सांस्कृतिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । एफएमका कार्यकारी अध्यक्ष धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले गर्नु भएको थियो ।

samanit-kalikatimes

कार्यक्रममा नेपालका चर्चित गायक कमल खत्री, मेलिना राई, हेमन्त शर्मा, टिका प्रसाई, सन्जु अमात्य, सुनिल पण्डित, सोनी आचार्यले गित गाएर दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा कलिउड डान्स सेन्टर हटौडाका कालाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम गायक, गायिकाहरुको प्रस्तुतीमा वीरगंजका युवा, युवतीहरु खुब झुमेका थिए ।

babulal chachan-kalikatimes

बार्षिकोत्सको साताव्यापी कार्यक्रमको पहिलो दिन भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मान हुनेमा उधोगी÷व्यवसायी बाबुलाल चाचान, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, डा. निलम चौरसिया, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, प्रगतीशिल युवा क्लबका अध्यक्ष एवं संघिय समाजवादी फोरमका वीरगंज नगर अध्यक्ष इशवर यादव रहेका छन ।

tika parsai-kalikatimes

cm lalbabu-kalikatimes

jhumade-kalikatimes

gaika-kalikatimes

sahabhagi-kalikatimes