Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

राहत तथा बालबिकास शिक्षक संघर्ष समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाईमा गाउँपालिकाको वडा नं. ५ तुलसी बर्वामा शनिबार राहत तथा बालबिकास शिक्षकहरुकाे भेला सम्पन्न भएकाे छ । राहत तथा बालबिकास शिक्षकहरुकाे भेलाले गाउँपालिका स्तरिय राहत तथा बालबिकास शिक्षक संघर्ष समिति गठन गरेकाे छ ।

श्री ने.रा.प्रा.वि. तुलसीबर्वामा भएकाे भेलाले हिरालाल प्रसाद यादवकाे अध्यक्षतामा १५ सदस्यि शिक्षक संघर्ष सिमति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष इन्दु देवी, सचिव इसराफिल गद्दी, सह सचिव रमेश कुमार कुशवाहा, काेषाध्यक्ष संजय कुमार, सह काेषाध्क्ष उर्मिला कुमारी यादव, उर्मिला पाण्डे, सदस्य रिता कर्ण, घनश्याम कुमार साह, जितेन्द्र यादव, मुस्ताक गद्दी, राममाला देवी, शाेभा देवी यादव, किरण कुमारी, सुनिता देवी रहेका छन् ।

राहत शिक्षक तथा राहत शिक्षक संघर्ष समितिका अध्यक्ष हिरालाल प्रसाद यादवकाे अध्यक्षता र शिक्षक महासंघ नेपाल कालिकामाई  गाउँपालिका अध्यक्ष इन्द्रदेव प्रसादकाे विशेष उपस्थितीमा भएकाे भेलामा समिति गठन भएकाे हाे ।

भेलाले ३ सदस्यि सलाहकार समिति समेत गठन गरेकाे छ । मुराद गद्दीकाे संयाेजकत्वमा गठन भएकाे सलाहकार समितिकाे सदस्यमा ममता सिन्हा र शाेभा देवी कुशवाहा चयन भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...