Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

नायिका खड्काले बाडिन दलित बालबालिकालाई शैक्षिक सामाग्री

spot_img
spot_img

 वीरगन्ज । नायिका तथा समाजसेवी श्वेता खड्काले बिरगन्जको शान्तिटोलका दलित बालाबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेकी छिन् ।

बिहिबार देखि वीरगन्जमा शुरु हुन लागेको नेपाली फिल्म महोत्सवमा सहभागीहुनआईपुगेकी नायिका खड्का स्थानीय बालबालिकाहरुलाई बिद्यालय जानको लागि अभिप्रेरित गर्ने उद्देश्य शैक्षिक सामाग्री बितरण गरेकी हुन ।

वीरगन्ज महानगरपालिका वडा २ छपकैयाको शान्ति टोलमा रहेका ३५ जना दलित बालबालिकालाई नायिका खड्काले शैक्षिक सामाग्री उपलब्ध गराएकी हुन ।

लुमन्ती आवासको लागि सहयोग समुहद्वारा ९ बर्ष अगाडि सामुहिक आवास निर्माण गरिएको सो बस्तिका अधिकांस बालबालिकाहरु बिद्यालय नजाने गरेको थाहा पाएर उनिहरुलाई अभिप्रेरित गर्नको लागि आफु त्यस बस्तिमा आएको उनले बताइन । उनले अबिभावकहरु समक्ष आफ्ना बालबालिकाहरुलाई बिद्यालय पठाउन आग्रह समेत गरिन । स्थानिय महिलाहरु बचत समुह मार्फत बिभिन्न आय आम्दानिको कार्यमा सहाभागी भएको देखेर खुशी भएकी नायिका खड्काले महिला समुहलाई रु १५ हजार आर्थिक सहयोग समेत् गरेकी थिईन् ।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा नेकपाका युवा नेता अरबिन्द सिहले नायिका खड्काले सामाजिक क्षेत्रमा पुर्याएको योगदान प्रशंसा गरे ।

सिन्धुपाल्चोकका भुकम्प पीडित माझी समुदायको लागि एकिक्रित बस्ती बिकास गरिरहेकी नायीका खड्काको सामाजिक कार्यप्रतीको लगाव प्रशंसा योग्य छ उनले भने , नेपाली कलाकारहरु सिनेमाको पर्दामा मात्र नभई वास्तविक रुपमा पनि समाजको लागि प्रेरणाको स्रोत बन्नु पर्छ ।

नायिका खड्काले कलाकारीतासंगै सामाजिक दायित्व समेत निर्वाह गरिरहेकोमा धन्यवाद ब्यक्त समेत उनले गरे ।
त्यस्तै कार्यक्रममा सहभागी नेपाली काग्रेसकी महिला नेतृ सुश्मा तिवारी दुवेदीले नायिका श्वेता खड्काले मधेशको भुमीमा टेकेर सामाजिक भाव सहित एउटा बिपन्न बर्गको ढोका सम्म आईपुगेकोमा धन्यवाद प्रकट गरिन ।

स्मरण रहोस्, नेपाली चलचित्र” कहाँँ भेटिएला” मार्फत नेपाली सिने क्षेत्रमा स्थापित नायिका खड्का स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठकी पत्नी हुन् ।

आफ्न स्वर्गिय पती श्रीकृष्ण श्रेष्ठको स्‍मृतिमा श्वेताश्री फाउण्डेशन नामक संस्थाको स्थापना गरी एकिकृत बस्ती बनाई रहेकी नायिका खड्काले ५३ घर माझी पारीवारको लागि सिन्धुपाल्चोक जिलाकै नमुना बस्ती निर्माण गरिरहेकी छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, श्वेता श्री फाउण्डेशनका कार्यक्रम ब्यवस्थापक यज्ञराज कार्की, लुमन्तिका फिल्ड संयोजक अब्दुल कैस लगायतको उपस्थिती सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...