Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

महुवनमा सपाकाे चुनावी भेला, पार्टीका उम्मेदवार यादवलाई जिताउन छलफल

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ०५ महुवनमा आज समाजवादी पार्टीकाे चुनावी भेला सम्पन्न भएकाे छ । भेलामा समाजवादी पार्टी संग आवद्ध युवाहरुले महुवनमा हुने वडाध्यक्षकाे उपचुनावमा पार्टीका उम्मेदवार रुपलाल कुमार यादवलाई जिताउनका लागि चुनावी छलफल गरेका हुन् ।

सखुवा प्रसाैनी गाउँपालिका अध्यक्ष समेत रहेका समाजवादी पार्टी पर्साका सदस्य प्रदिप कुमार जयसवालकाे अध्यक्षातामा भएकाे भेलामा वडा नं‍. ५ अन्तर्गतका महुवन, बलुवा र छोटा सोलकपुरका  १०० भन्दा बढीकाे सहभािगता रहेकाे थियाे ।

भेलामा सहभागि युवाहरुले पार्टीकाे उम्मेदवार यादवलाई जिताउन रणनितिक छलफल समेत गरेका स्थानिय सुनिल कलवारले वताए ।

भेलामा उपचुनावका उम्मेदवार रुपलाल कुमार यादव, सन्देश साह तेलि, उमेश रौनियार, सन्दिप पटिल, उपेन्द्र यादव, मुना कुमार कलवार, राम बाबू यादव, दिनेश गिरि, सत्रुधन पटेल, नैन कुमार साह तेलि, गनेश राम, ईश्वर गिरि, मिथलेश जयसवाल, सुरेन्द्र यादव, वडा न -०५ का निमित वडा अध्यक्ष राम बालक महरा, राकेश रौनियार, सत्यनारायण साह कलवार, बिजय जयसवाल, राजिन्द्र पटेल, शंकर दादा कानु, स्थानीय सल्लाहकार श्यामबाबु पटेल लगायतको उपस्तिथि रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...