Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमको अनुगमन

spot_img
spot_img

वीरगंज । पर्सामा संचालित राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत आज बिरगंज महानगरपालिकाका ३ वटा बिधालयमा अनुगमन गरिएको छ ।

श्री रामधेनी पंडित प्राथमिक बिधालय बजारछपकैया, श्री बालमंन्दिर प्राथमिक बिधालय आदर्शनगर र श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय आठराहासुगौलीमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा बिरगंज महनगरपालिकाका शिक्षा विकास समन्वय ईकाई प्रमुख अरबिन्दलाल कर्णले अभिभावकहरु सित बिधालयमा आफना छोराछोरीहरुलाई सरसफाई गरी, ठिक समयमा, र बिधालयमा आई रेखदेख गर्ने तथा घरमा बिहान र बेलुका पढन लगाए पछि अवश्य नै बिधार्थीहरु पढेर ठुलो हुने बताउनु भएको छ ।

अभिभावकहरु सित कुरा गर्दै सल्लाहको रुपमा यस्तो कुरा दिनु भएको हो । अनुगमनकै क्रममा शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले प्रत्येक बिधार्थिहरुको ८० प्रतिशत हाजिर हुनु पर्ने प्रावधान रहेकोले प्रतिदिन बिधालयमा पडाउनु पर्ने आग्रह गरे । जुन अभिभावकले आफना छोराछोरीलाई बिधालय पठाउदैन वा शिक्षाबाट बंचित गर्छ उसले जेल जानु पर्ने प्रावधान रहेको बताए ।

अनुगमनको बिधार्थीहरु नियमित रुपमा पढन नआएको, शिक्षकहरु संख्यामा कमी, रहेको देखिएको छ । अनुगमनको क्रममा जिल्ला संयोजक भरत यादव, संस्थाका संयोजक नरेश गुप्ता लगायतका सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...