Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

वीरगंजमा थपियो नयाँ बेकरी उद्योग

spot_img
spot_img

वीरगंज । वीरगंजमा नयाँ बेकरी उद्योग थपिएको छ । वीरगंज २ छपकैयाँ रेलवे रोडमा एक करोडभन्दा बढी लागतमा बेकरी उद्योग स्थापना भएको हो ।

रोयल समानी प्रा.ली.को नाममा स्थापना भएको उद्योगले बिस्कुट, केक, बटर, पाउरोटी, टोस्ट लगायत बेकरी आइटम उत्पादन गर्ने लक्ष्य राखेको छ । वीरगंजमा बेकरी आइटमको माग बढी रहेकाले माग पूर्ति गर्न उद्योग स्थापना गरेको उद्योगका प्रवन्ध निर्देशक इम्तियाज आलमले जानकारी दिनुभयो ।

उद्योगको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । वरिष्ठ समाजसेवी जौवाद हुसेन समानीले रिवन काटेर उद्योगको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष इम्तियाज आलम, व्यवसायी हाजी मुजामिल समानी, एमडी मेराज, डा.नौसाद हुसेन, सञ्चारकर्मी महम्मद सद्दाब, आविद हुसेन लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...