Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

कालाका राष्ट्रिय बिभूतीहरुलाई सम्मानित गर्दै महोत्सव सम्पन्नं (फाेटाे फिचर सहित)

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का संघिय सासंद एवं समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा, संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको छ ।

वीरगंजमा आयोजित चलचित्र स्वर्णीम महोत्सवको समापन कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो धारण राख्नु भएको हाे । उहाले ५० बर्षको ईतिहासलाई तोडदै पुरै चलचित्र जगत राजधानीको घेरा तोडन सफल भएकोमा उहाले नेपाल चलचित्र निर्माता संघलाई धन्यवाद व्यक्त गर्नुभयो ।

mohotsaw_kalikatimes

सांसद यादवले छापा र इलेक्ट्रोनिक भन्दापनि चलचित्र मिडिया सयौ गुणा शसक्त भएको बताउदै मधेसको इतिहास माथि चलचित्र बनाएर राष्ट्रियतालाई बलियो बनाउन अनुरोध गर्नु भयो । उहांले मधेसको समस्यालाइ मिडिया जगतले नउठाएको कारण सयौं युवाहरु सहादत भएकोले मधेसको माग र आन्दोलनलाई आधार बनाएर राष्ट्रियतालाई बलियो बनाउदै चलचित्र उधोगलाई अझ शसक्त रुपमा अगाडि बढाउन सकिने धारणा राख्नु भयाे ।

नेपाली चलचित्रमा मुलुकको ५० प्रतिशत जनसंख्या ओगटेको मधेशको भाषा, कला, संस्कृति, रहनसहन, इतिहास र वीरताको गाथा पनि समावेश हुनु पर्छ, अनि मात्र मधेशमा नेपाली चलचित्रले सम्मान र स्थान पाउने यादवकाे भनाई थियाे । मधेशको भूमी चलचित्र निर्माण र छायांकनका लागि उत्कृष्ट रहेकाले उनले मधेश र विशेष गरी वीरगन्जमा नेपाली चलचित्रको छायांकनका लागि नेपाली चलचित्र निर्माताहरुलाई आग्रह गर्नुभयो ।

kalakarharu_kalikatimes

वीरगन्ज महानगरका मेयर सरावगीले वीरगन्जमा महोत्सव आयोजन हुनु वीरगन्जको लागि पनि ठूलो अवसर भएकाले महोत्सवले नेपाली चलचित्रलाई मधेशमा पुनरागमन गर्न पनि सहज वातावरण बनेको बताउनु भयो ।

बरिष्ठ कलाकार नीर शाहले समय परिवर्तनसंगै भोजपुरी, मैथिली, अवधि, नेवारी लगायतका भाषामा पनि चलचित्र निर्माण हुन सके मात्र फिल्म उद्योग सशक्त हुने बताउनु भयाे ।

mohotsaw3_kalikatimes

नेपाली चलचित्रका पुराना र नयाँ कलाकारहरुको सम्मान तथा तीन वटा चलचित्र प्रदर्शनसंगै चलचित्र स्वर्णिम महोत्सव शनिबार सम्पन्न भएको हाे । महाेत्सवमा बुलबुल, आमा र शत्रुगते गरी ३ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।

समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज कलाकार ऋद्दीचरण श्रेष्ठ, वीरगन्ज घर भएकी नायिका नम्रता श्रेष्ठ, गायक एवम् संगितकार प्रसाद श्रेष्ठ, भोजपुरी एवम् नेपाली चलचित्रका नायक प्रदेशी साह समेतलाई कार्यक्रममा सम्मानित गरिएको थियो ।

kalakar 2_kalikatimes

महाेत्सव समापन्न समाराेहमा वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, वीरगन्ज उद्योग वाणिज्यका पूर्व अध्यक्ष अशोक वैद्य, प्रदेश सभा सांसद ओमप्रकाश शर्मा लगायतकाले आयोजकले महोत्सवका लागि अर्थिक नगरी वीरगन्जलाई चयन गरेकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम वीरगंज ल्याएर मधेसलाई राष्ट्रिय मुलधारमा जोडन आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...