Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

२ कराेड २४ लाखकाे लागतमा निर्माण हुने इस्लामिक स्कुल भवनको शिलान्याश

spot_img
spot_img

वीरगंज । सुफ्फह आयडियल एकेडमी इस्लामिक स्कूलको नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ ।

शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष रहबर अन्सारीले सकारात्मक सोचका साथ आफ्नाे बालबालिकाहरुलाई पढाऔ, जो देशका असल नागरिक बन्न सकोस भने अभिभावक र शिक्षकहरु तथा व्यवस्थापन पक्षलाई सुझाएका छन् । साथै उनले बिना शिक्षाको देश विकाशमा कुनै सहयोग हुन सक्दैन त्यसैले अभिभावक तथा शिक्षकहरुलाई आफ्नो डियुटी मात्र नबुझेर असल नागरिक बनाउनमा सहयोग गर्न बताए ।

त्यसैगरि इस्लामि संघ नेपालका पर्सा जिल्ला अध्यक्ष जमिल अख्तरले इस्लामि शिक्षा बारे प्रकाश पार्दै आजको युगमा आधुनिक शिक्षाको पनि त्यति नै आवश्यक्ता रहेकाे वताउदै त्यसैले हामीले इस्लामिक शिक्षा र सरकारी स्तरका शिक्षालाई समावेश गरिएको व्यहोरा जानकारी गराएका थिए ।

उक्त शिलान्याश कार्यक्रम कुरानको पाठबाट शुरु  गरेर विद्यार्थीहरुले इस्लामीक तराना सहित राष्ट्रिय गान पनि गाएका थिए  भने इस्लामि संघ नेपाल तथा अलहेरा एजेकेशन सोसायटीका सदस्य भोला मिया अन्सारीको अध्यक्षता भएकाे थियो ।

जसमा इस्लामी संघ नेपालका प्रदेश अध्यक्ष मुज्तुबा अन्सारी, सुफ्फह आइडियलका संस्थापक अध्यक्ष डा मुजतबा अन्सारी, अलहेरा एजुकेशन सोसायटीका पर्साका ई. नुरुलहोदा आलम, समाजसेवी ग्यासुदिन मिया, इजहार अन्सारी, इजराइल अन्सारी, वडा नं. १४ का वडा सदस्य रफिक अन्सारी, अब्दुल रउफ अन्सारी, पत्रकार एसएम जहाँगस्त, कन्सट्रक्सन कम्पनीका मैनेजर दिलिप कुमार श्रीवास्तव, राम भजन गुप्ता लगायत शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

अलहेरा एजुकेशनल सोसायटीको मातहतमा रहेका सुफफह आयडियल स्कूलको भवन निर्माणको लागि करिब २ करोड २४ लाख आर्थिक सहयोग इस्लामिक डेभलप्मेन्ट बैंक, सउदी अरबीयाले गरेको हो भने कार्यक्रमको सहजीकरण मोलाना अशरफ फलाहीले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...