Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सशस्त्र प्रहरीद्वारा ३ महिनामा ठूलो परिमाणमा लागुऔषध बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल भन्सार राजश्व गस्ती टोलीले चालु आर्थिक वर्षको तीन महिनामा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकाई छिपाई भित्र्याएको झण्डै १० हजार भन्दा बढी पिस लागुऔषध डाईजोल्याब, फेनारगन र नोर्फिन तीन महिनाको समयमा बरामद गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा डाइजोल्याव ३ हजार ७ सय, फेनारगन ३ हजार ४ सय, नोर्फिन ३ हजार ४ सय बरामद गरिएको वीरगंज भन्सारमा रहेको सशस्त्र प्रहरी बल १४ नम्बर गुल्मका राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो ।

यस्तै यही अवधिमा ४२ बोतल वाइन सिरेक्स र २ प्याकेट ब्राउन सुगर पनि बरामद भएको खत्रीले जानकारी दिनुभयो । यस्तै सशस्त्र प्रहरीले भन्सारको मूलगेटबाटै लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतको मोतिहारी रामगढवाथानाका ३० वर्षीय विशाल पटेललाई रक्सौलबाट वीरगंज आउनेक्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पटेलको साथबाट ससस्त्र प्रहरीले ५/५ सय पिस डाइजोल्याव, नोर्फिन र फेनागरगन बरामद गरेको हो । पक्राउ परेका पटेललाई थप कारवाहीका लागि लागुऔषध नियन्त्रण व्युरो पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...