Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

छठ पूजा सिमितिकाे उपहार वितरण, पटेलले पाए माेटरसाइकल

spot_img
spot_img

वीरगंज । वीरगन्ज १६ नगवाको श्री बौद्धीमाई मन्दिर प्राङ्गणमा आयोजना गरिएको छठ पुजाको अवसरमा उपहार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । श्री बौद्धीमाईको प्राङ्गणमा छठ पूजा समितिले आयोजना गरेको उपहार वितरण कार्यक्रममा करिब ४० जनालाई सम्मान गरेको छ ।

मन्दिर प्राङ्गणमा आयोजना गरिएको भव्य छठ पूजामा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउँने ४० जना व्यक्तिलाई प्रशंसा पत्र उपलब्ध गराएर सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेसका नेता एवं पूर्व सांसद अनिल कुमार रुगंटाले समितिका पदाधिकारी तथा अन्य छठ पूजामा योगदान पु¥याउँनेलाई प्रशंसा पत्र उपलब्ध गराएर सम्मान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व सांसद रुगंटाले यसबर्ष झै आउँने दिनमा पनि नगवाको बौद्धीमाई मन्दिर प्राङ्गणमा भव्य र सभ्य रुपमा छठ पर्व मनाउँन शुभकामना दिए । उनले भने, छठ पर्व हिन्दुहरुको तथा तराई मधेशको महान पर्व रहेकोले यसलाई अझै व्यवस्थित रुपमा मनाउँन सबैको सहयोग र सदभाव हुन आवश्यक छ ।

छठ घाट सजावट ईलेक्ट्रिक डेकोरेशन, सर सफाई तथा परिसर भित्र सुरक्षा व्यवस्था मिलाउनको लागि आयोजना गरिएको उपहार कार्यक्रममा वीरगन्ज १६ नगवाका रामचन्द्र पटेलले मोटरसाईकल जित्न सफल भएका छन । पटेलले काट्ेका चिठ्ठा नम्बर ७०६ लक्की ड्र निकाल्दा महिन्द्रा कम्पनीको मोटरसाईकल हात पार्न सफल भएका हुन ।

त्यसैगरी वासिंग मेसिन, फ्रिज, एलईडी, साईलक, गैस चुल्ला, राईस कुकर, मिक्चर ग्रेन्डर र स्कुल व्याग गरी ९५ जनाले उपहार जित्न सफल भएका हुन । छठ पूजाको लागि समितिले २ हजार उपहार चिठ्ठा राखेको थियो । त्यसमध्ये १९ सय जनाले मात्र चिठ्ठा काटेका थिए ।

समितिका अध्यक्ष सुरेश महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री बौद्धीमाई मन्दिर संचालन विकास समितिका अध्यक्ष रामधार प्रसाद चौरसिया, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया, समितिका वरिष्ठ सल्लाहकार रविन्द्र श्रीवास्तव, नगवा हाट बजार व्यवस्थापन समितिका अध्यक्ष अशोक पटेल लगायत समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...