Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अनेरास्ववियूद्वारा भारतिय राजदुतावास वीरगंज घेराउ

spot_img
spot_img

वीरगंज । सत्तारुढ दल नेकपाका निकट अनेरास्ववियू पर्साले भारतको नयाँ नक्सामा नेपाली भूमि कब्जा गरेको भन्दै आइतबार भारतीय महावाणिज्य दूतावास, वीरगंज घेराउ गरेकाे छ । भूमि रक्षामा सम्पूर्ण नेपालीहरू एकजुट होऔँ, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, सीमा अतिक्रमण बन्द गर लगायत नारासहित भारत विरुद्ध चर्को नाराबाजी गर्दै अनेरास्ववियुले दुतावास घेराउ गरेकाे हाे ।

pradarsan_kalikatimes

वीरगंजकाे घण्टाघर चौकबाट नाराबाजी सहित निकालिएको विरोध जुलुस दूतावास मूल गेट अगाडी पुगी प्रदर्शन समेत गरेकाे थियाे । विरोध कार्यक्रममा अनेरास्ववियूका नेता उमेश गुप्ता, मित्रदेव यादव, अखिलेश साह, रेयाज अंसारी, हेमन्त तमाङ्ग लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी देश बचाउ सङ्घर्ष समिति वीरगंजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर जलाएको छ । भारतले नेपाली भूमि कब्जा गरेको आरोप लगाउँदै घण्टाघर चौकबाट भारत विरुद्ध चर्को नाराबाजी गर्दै दूतावास अगाडी प्रदर्शन सहित भारतीय प्रधानमन्त्रीको तस्बिर जलाएका हुन् । संघर्ष समितिका संयोजक महमुद आलमको नेतृत्वमा रहेका मुन्ना मियाँ समानी, समिर अहमद, मंजर मियाँ अंसारी, फैयाज आलम लगायतका युवाहरूले भारतीय प्रधानमन्त्री मोदीको तस्बिर जलाएका हुन् ।

anerasabiu_kalikatimes

प्रधानमन्त्री मोदीको तस्बिरमा आगो लगाई जलाएपछि प्रहरीले आगो निभाउने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारी विच घम्साघम्सी समेत भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...