Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1074

प्रदेशिक रंगशाला जनकपुरमा बनाउने निर्णय नसच्चिए वीरगंजमा आन्दोलन हुने संकेत

वीरगंज, २८ मंसिर ।
प्रदेश नं. २ को प्रदेशिक रंगशाला जनकपुरमा बनाउने निर्णय नसच्चिए वीरगंजमा आन्दोलन हुने संकेत देखिएको छ । प्रदेश सरकारले प्रादेशिक रंगशाला जनकपुरमा बनाउने निर्णय सार्वजनिक भए देखी नै बिरोध सुरु भएको छ भने प्रदेश सरकारको निर्णय प्रति पर्सा र बाराको जनता आक्रोषित भएका छन ।

यता प्रदेश सरकारको आलोचना र विरोध बढे पछि जनकपुरमा रंगशाला बनाउने तयारी संघिय सरकारको रहेको भन्दै प्रदेश मुख्य मन्त्रीको कार्यालय पंछिन खोजेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश नं. २ को लेटर पैडमा रंगशालाको बिषयमा भ्रामक समाचार आएको जनाएको जनाइएको छ । सचिव हरि प्रसाद फुयाल द्वारा हस्ताक्षरित पत्र मार्फत प्रादेशिक रंगशाला निर्माण गर्ने प्रदेश सरकारको कुनै योजना नरहेको र संघिय सरकारले रंगशाला बनाउन पक्रिया थालेको जनाइएको छ ।

यस अघि प्रदेश नं. २ को समाजिक बिकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद काठमाण्डौलाई जनकपुर उपमहानगरपालिकाको वडा नं. १४ स्थित रहेको किता नं. १, १४, २८, ५०, ६९, ८१ र ८३ को जग्गामा प्रदेश मंन्त्रीपरिषदको मिति २०७५/०६/२५ को निर्णय अनुसार प्रादेशिक रंगशाला बनाउने सिफारिस समेत गरि सकेको छ ।

जनकपुरमा प्रादेशिक रंगला बनाउन राष्ट्रिय खेलकुद परिषदलाई समाजिक विकास मन्त्रालयले सिफारिस गरेको पत्र सार्वजनिक भए पछि थप प्रदेश सरकारको आलोचना हुदै छ ।

दशरथ रंगशाला पछिको मुलुक कै दोस्रो ठुलो रंगशाला वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला नबनाई जनकपुरमा प्रादेशिक रंगशाला बनाउने निर्णयले आक्रोश बढेको हो । यस बिषयमा बिहिबार वीरगंजमा राजनीतिक दलको सर्वपक्षिय बैठक नै बसको थियो ।

बैठकमा प्रदेश सरकारले निर्णय नसच्चिए आन्दोलन गर्ने र मुख्य मन्त्रीको वीरगंज प्रवेश निषेध गर्ने समेत कुरा चलेको थियो । मुलुक कै दोस्रो ठुलो रंगशाला वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउनु पर्ने सर्वपक्षिय बैठको निष्कर्ष छ । १८ विगहा क्षेत्रफलमा रहेको नारायणी रंगशालाको १५ हजार दर्शक क्षमता रहेको छ ।

बारा, पर्साको आक्रोष र विहिबार वीरगंजमा बसको सर्वपक्षिय बैठकको बारे प्रदेश सरकार सम्म पुगे पछि शुक्रबार रंगशाला कै बिषयमा प्रदेश सरकारको बैठक बसिरहेको बुझिएको छ । प्रादेशिक रंगशाला ६ अर्बको लागतमा बन्न लागेको बुझिएको छ भने वीरगंजमा रहेको नारायणी रंगशाला मर्मतको लागि एक करोड बजेट प्रदेश सरकारले विनयोजन गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको बसेको बैठकले निर्णय नसच्चिए वीरगंजमा आन्दोलन गर्ने युवा नेताहरुले चेतावनी समेत दिएका छन । कुमु प्यालेस वीरगंजमा बसेको सर्वपक्षिय बैठकमा राजपा महासचिव राजेशमान सिंह, नेपाली कांग्रेस पर्सा सभापति अजय कुमार द्विवेदी, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शशीकपुर मियाँ, पर्साका कार्यवाहक अध्यक्ष सुन्दर प्रसाद कुर्मी, युवा नेता ओमप्रकाश सरार्फ लगायतकाको उपस्थिती रहेको थियो । आन्दोलन गर्ने वीरगंज, दुःख पाउने वीरगंजियाहरु र हरेक दृष्टिकोणले फाइदा लिने पूर्वाहाहरु भनेर बैठकमा चक्रो विरोध समेत भएको थियो ।

वीरगंजले आफ्नो छतीपूर्ति र न्याय खोज्दै : – युवा नेता सरार्फ

बिभिन्न राजनैतिक एवं संबैधानिक व्यस्था परिवर्तन भएता पनि नेपालको मुख्य प्रवेश द्धार तथा आर्थिक नगरीको रुपमा परिचित वीरगंजलाई विकासको घामले छोएको छैन। वीरगंज राजश्व संकलनको प्रमुख केन्द्र हो । उधोग धन्द्धाको लागि उर्वर भुमि हो । एकातिर यसको अतित गौरवसाली छ भने अर्को तर्फ बैभावाताको वर्तमान छ । नेपालको हरेक लोकतान्त्रीक, गणतान्त्रीक तथा अधिकार प्राप्तिको मधेश आन्दोलनमा अग्रणी एवं नेतित्व दायी भूमिका निर्वाह गर्दै आएको वीरगंजले परिवर्तनको अनुभूति प्राप्त गर्न सकेन। २००७ साल, २०४६ सालको लोकतान्त्रीक आन्दोलन, २०६२/६३ को गणतान्त्रीक आन्दोलन, २०६३/६४ को अधिकार प्राप्तिको मधेश जनविद्रोह तथा २०७२ सालको तेस्रो मधेश जनअन्दोलनमा वीरगंजले धन -जनको ब्यापक छती बेहोरेर भए पनि यहाका वीरहरुले देश भक्ति को पाठ मुलुकलाई नै सिकाएका छन् ।

मधेश आन्दोलन-३(२०७२)को क्रममा वीरगंजमा ७ जना यूवाहरु सहिद भए मधेशका अन्य जिल्लामा आन्दोलन सिथिल र खुकुलो भए ता पनि यहाका वीर योद्धाहरु लगातार सडक देखि नाकासम्म लगातार डटिरहे । वीरगंजको मधेश आन्दोलनले इतिहास रच्दै विश्वमा मधेशको पहिचान स्थापित गर्न अतुलनीय भूमिका निर्वाह गरेका थिए । आन्दोलन र योगदान को बलमा प्राप्त उपलब्धिको आयाम वीरगन्जलाई छोएन ति योगदान, त्याग र बलिदानको कदर केन्द्रीय सासन प्रणालीले गर्नसकेन तर हाल प्रदेश सरकार पनि वीरगंज प्रति बेभेद र उपेक्षाको श्रीन्खला जारीराखेको छ । प्रदेश सरकारका मुखिया अर्थात मुख्य मंत्री वीरगंजले त् पायो तर बिडम्बना मुख्य मन्त्रीको पदसँग वीरगंजको विकाश साटिएको अनुभूति वीरगंज वासीले गर्दै छन् ।

युवा नेता सराफ

वीरगंजको गौरव र मोफसल कै सब भन्दा ठुलो नारायाणि रंगशाला जिर्ण भइ जीवन उद्धारको प्रतिक्षामा रहेको छ । डि.पी.आर . तयार भएर पनि संघीय सरकार र प्रादेशिक सरकारको उदासिनताले यो परियोजना ओझेलमा परेको छ । प्रदेश सरकारले भाडाको जग्गामा जनाककपुरमा प्रादेशिक रंगशाला निर्माणको तयारीमा रहेको छ । तर नारायणी रंगसालाको आफ्नै स्वामित्वमा रहेको बिसाल क्षेत्रफलको जग्गा भए पनि प्रदेश सरकार मौन छ । त्यसै गरि वीरगंजकै गौरव एवम एकताका मोफसल कै सब भन्दा ठुलो नारायाणि उप- क्षेत्रीय अस्पताल पनि संघिय र प्रादेशिक सरकार को उद्धासिन्ताले भौतिक संरचना तथा दक्षजनसक्ति, आवस्यक बजेटको अभावमा दयनीय एवम जोखिम अवस्थामा रहेको छ । यो अस्पताल पनि स्तर उन्नति एवं बिकास को प्रतिक्षामा रहेको छ । यो अस्पतालको समग्र बिकासको लागि शिक्षण अस्पतालको रुपमा स्तर उन्नतिको बिकल्प छैन ।

एकताका वीरगंज कै गैरव एवं रोजगारी तथा यस भेगका उखु किसानहरुको रोजीरोटीको केन्द्र रहेको वीरगंज चिनी कारखाना , वीरगंज कृषि औजार कारखाना संचालकको लापरवाही एवं सरकारको गलत नीतिको सिकारमा करिब २ (दुइ) दशक देखि बन्द रहेको अवस्था छ । सरकार परिवर्तन संगै हरेक पल्ट वीरगंज आउने उधोग मंत्रीहरु वीरगंज चिनी कारखाना तथा वीरगंज कृषि औजार कारखाना संचालन गर्ने झुठो आस्वासन तथा उद्धघोस गरेर तालि को स्वागत थापी फर्किने गरेको तथा वीरगंज संग सबैले मजाक गरेको लामो इतिहास रहेको छ । बिडम्बना केन्द्र जस्तै प्रदेश सरकारले पनि यी उधोगहरु संचालनको लागि गम्भीर नदिखिनुले वीरगंज वासी चिन्त्ति भएको देखिन्छ ।

वीरगंज को गौरव नेपाल कै जेठो क्याम्पस मध्येको एक ठाकुरराम बहुमुखी क्याम्पसले नेपालमा सयौ राष्ट्रीय अन्तरराष्ट्रीय नेताहरु, वीद्धवानहरु मुलुककै नीतिनिर्माण गर्ने नीतिनिर्माताहरु उत्पादन गर्न सफल भए पनि यसको गुरुदक्षिणा स्वरुप पनि कसैले यो क्याम्पस को स्तर उन्नति एवं बिकासको लागि खासै चासो देखाएन्न । पुरानै अवस्थाको भौतिक संरचना एवं स्तर उन्नति को अभावमा दिन प्रतिदिन खस्किदैगएको ग्राफले शिक्षा प्रेमीहरु चिन्तित भएको देखिन्छ । यसको समग्र बिकासको लागि यसलाइ बिश्व बिधालयको रुपान्त्र गर्नुको बिकल्प छैन ।

वीरगंज अब जागेको छ, सचेत छ, चनाखो छ, वीरगंजले आफ्नो छतीपूर्ति/न्याय खोज्दै छ । वीरगंज अब विकसित हुन् खोज्दै छ ।वीरगंज अब आन्दोलन र आर्थिक दहनको केन्द्र कोरुपमा बनेको पहिचानलाई बिकासको केन्द्रको रुपमा लम्किन प्रयास गर्दै छ ।समग्र नेपाललाई एवं प्रदेशलाई समृद् तथा बलियो बनाउन वीरगंज समृद् एवं बलियो हुनु अनिवार्य सर्त हो । अत ; संघिय सरकार ,प्रादेशिक सरकार, स्थानियासरकार वीरगंजको आर्थिक, सामाजिक, शैक्षिक, भौतिक, औधोगिक क्षेत्रको बिकासको लागि बिशेष प्याकेज सहित नीति निर्माण गर्नु पर्ने हुन्छ । संघ र प्रादेशिक सरकारको वीरगंज प्रतिको विभेद पूर्ण नीतिको कारण वीरगंज वासी आक्रोसित छन यी आक्रोषलाई बेलैमा सम्बोधन गर्न सकिएन भने वीरगंज वासीमा आफ्नो अस्तित्व एवं अधिकारको लागि संघर्षको बाटोको मनो विज्ञान श्रीजना हुदै छ ।

ओमप्रकाश सराफ (युवा नेता)

छिपरहमाई गाउँपालिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै

जितेन्द्र यादव / छिपहरमाई, २८ मंसिर ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुरमा विहिबार जेष्ठ नागरिक पुरुष तथा महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिकाले वडा अन्तर्गतका ८० पुरुष र ८९ महिला गरी १ सय ६९ जना जेष्ठ नागरिकहरुलाई स्वीटर, जयाकेट तथा टाउजर वितरण गरेको हो ।

वडा अध्यक्ष राजबली राउत अहिरको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष मनोज गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा स्थानिय अगुवा पप्पु कुमार यादव, मगनी यादव, चन्द्रिका यादव, चामचन्द्र साह लगायतकाको सहभागिता रहेको थियो ।

चिसो र शितलहरबाट जोगाउन जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले वताए । वडा नं. १, मिर्जापुरबाट सुरु गरिएको न्यानो कपडा वितरण कार्य सबै वडामा वितरण गरिने गुप्ताले जानकारी गराए ।

मानव आश्रम वीरगंजमा रहेकी महिलाले बच्चा जन्माईन

वीरगंज, २७ मंसिर ।

वीरगंजको मानव सेवा आश्रममा रहेकी एक गर्भवती महिलाले बिहिबार बच्चा जन्माईकी छिन् । गर्भवती अवस्थामा पाँच महिना अघि वीरगन्ज भन्सार क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय पर्साले उद्दार गरी मानव सेवा आश्रमको जिम्मा लगाएको महिलाले बिहिबार बिहान ७ बजे छोरा जन्माएकी हुन् ।

मानसिक स्वास्थ्य कमजोर रहेकी महिलाबाट जन्मिएको नवजात शिशुको स्वास्थ्य अवस्था ठिक रहेको मानव सेवा आश्रमका संयोजक देवेश गुप्ताले जानकारी दिए । मानव सेवा आश्रममा रहेकी गर्भवती महिलाले आश्रममै बच्चा जन्माउँदा मानव सेवामा बस्दै आएका आश्रितहरु हर्षित भएको संयोजक गुप्ताले बताए ।

अवैध भारतीय मुद्रा सहित भारतिय पक्राउ

वीरगंज, २७ मंसिर ।
पर्सा प्रहरीले अवैध भारतीय मुद्रा सहित एक जना भारतियलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला चैलाहा थाना वडा नं. ९ बस्ने शेष खलिलको छोरा बर्ष ५५ का महमद मैनुल हक रहेका छन ।

विशेष सुचनाको अधारमा वीरगंज १६, इनर्वा चौक स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोलामा लुकाई छिपाई ल्याइएको अवस्थामा भारतिय मुद्रा रु ५०० दरको नोट ३ सय ४० थान गरी जम्मा रु एक लाख ७० हजार सहित मैनुल हकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

वीरगंजको नाका हुदै भारतको रक्सौल तर्फबाट नेपाल भित्रयाउदै छ भने विशेष सुचनाको अधारमा मंगलबार सांझ मैनुल हकलाई अवैध भारतिय मुद्रा सहित पक्राउ गरीएको प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

पक्राउ परेका हकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्य क्षेत्रिय कार्यालय पथलैया, बारा पठाइएको छ ।

ई–रिक्सा सहित मरिच पक्राउ

वीरगंज, २७ मंसिर ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म राजश्व तथा भन्सार गस्ति सुरक्षा पर्सा नं. १४ बाट खटेको प्रहरी टोलीले बुधबार ई–रिक्सा सहित मरिच पक्राउ गरेको छ । वीरगंज १६, भन्सार मुलगेट इलाकामा खटेको चेकप्वाइन्ट डिउटी टोलीले  चेकजाँच गर्ने क्रममा ना २ ह ३५१६ नम्बरको ई–रिक्सामा लोड गरी नेपालबाट भारत तर्फ लुकाईछिपाई लैजादै गरेको अवस्थामा ७० किलो मरिच बरामद गरेको हो ।

सो ई–रिक्साका चालक प्रहरीलाई देख्ने बित्तिकै ई–रिक्सा छोडी भाग्न सफल भएका थिए । पक्राउ परेको ७० किलो मरिचको मुल्य २४ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको ई–रिक्सा सहितको मरिचलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

निर्णय नसच्चिए प्रदेश सरकारको बिरोधमा उत्रन राजपा महासचिव सिंहको चेतावनी

राजपा नेपालका महा सचिव समेत रहेका वीरगंजका युवा नेता राजेशमान सिंह नारायणी रंगशालाको बिषयमा पर्सा, बाराका जनता संग र राजनीतीक दलहरु संग समाजिक संजाल फेसबुक मार्फत अपिल गर्दै प्रदेश सरकारले निर्णय नसच्चिए विरोध गर्ने चेतावनी दिएका छन ।

काठमाडौं बाहिरकै सबैभन्दा ठुलो रंगशाला वीरगंजको नारायणी रंगशाला हो । यो प्रदेश २ को मात्र होइन। देशकै प्रतिनिधित्व गरिरहेको ठुलो रंगशालामध्ये एक हो । १८ विघामा फैलिएको नारायणी रंगशाला १५ हजार दर्शक क्षमताको फुटबल मैदान र ७ हजार दर्शक क्षमताको क्रिकेट मैदानका साथै अन्य खेलहरूको लागि बहुउपयोगि रंगशाला हो सिंहले लेखेका छन

यस्तै तर यति ठुलो संरचना रहँदा रहँदै पनि प्रदेश सरकारले वीरगंजलाई उपेक्षा गर्दै जनकपुरमा १६ विघा जमीन भाँडामा लिई प्रादेशिक रंगशाला बनाउने निर्णय गरेको छ । प्रदेशको राजधानी जनकपुर बनाउन खोज्ने, नाम उतैको राख्ने, हुँदाहुँदै रंगशालालाई उपेक्षा गर्दै भाडा तिरेर संचालन गरिरहेको जनकपुरको मैदानलाई प्रादेशिक रंगशाला बनाउने ? कुनै पनि आन्दोलन वीरगंजले गर्ने, सास्ती वीरगंजकाले पाउने अनि विकास जनकपुरले गर्ने ? युवा नेता सिंह प्रश्न समेत गरेका छन ।

के हो मुख्यमन्त्री ज्यू यो ? साथै हाम्रा बाराबाट मन्त्री हुनु भएको भौतिक पूर्वाधार विकास मन्त्री ज्यु तपाईहरूको पदसँग वीरगंजको सबै पहिचान मेट्ने सम्झौता भएकै हो त ? यहाँका जनता सोधिरहेका छन् । पनि लेखेका छन ।

होइन भने २०४२ साल देखि नै क्षेत्रिय रंगशालाको रुपमा रहेको नारायणी रंगशालालाई नै प्रादेशिक रंगशाला बनाउनुको बिकल्प छैन । प्रदेश सरकारको यो निर्णय नसच्चिए प्रदेश सरकारको बिरोधमा म मात्रै होइन, बारा पर्सा सहित सम्पूर्ण राजनीतिक दल नागरिक समाज बिरोधमा उत्रन बाध्य हुनेछौं । यो मेरो चेतावनी सहितको सुझाव हो। समयमै चेत फिरोस भन्न चाहन्छु नेता सिंहको भनाई छ ।

युवा नेता सिंहको फेसबुक पोष्ट

singh fb post-kalikatimes

 

अख्तियारद्वारा पकहा मैनपुर गाउँपालिकामा स्थलगत छानवीन

पर्सा, २६ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पकहा मैनपुर गाउँपालिकामा स्थलगत छानविन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा गाउँ कार्यपालिकाबाट भएको निर्माण सम्बन्धि कामको अख्तियारको एक टोलिले स्थलगत छानविन गरेको हो ।

गाउँपालिकाको वडा नं. १ धोरे, २ सुर्जाहा, ४ लहावरथकरी र ५ सबैठवामा भएको विकासा निर्माणका योजनाहरुको अख्तियारले स्थलगत छानबिन गरेको हो । गाउँपालिकाबाट निर्माण सम्बन्धि योजनाहरुको फाईल झिकाई मंगलबार देखि नै अख्तियारको टोलिले स्थलगत निरीक्षण तथा छानविन थालेको बुझिएको छ ।

अख्तियारमा परेको उजरीको आधारमा अख्तियार अनुसन्धान र छानबिनको लागि गाउँपालिका पुगेको बताएको छ । यस विषयमा अख्तियारको टोलि संग बुझन चाहदा यो नियमित प्रक्रिया रहेको र अरु कुरा बताउन नमिल्ने वताएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका २ जना रहेको टोलिलाई गाउँपालिका अध्यक्ष विजय चौरसिया, प्रमुख प्रशासकिय अधिकृत छविरमण भट्टराई, इन्जिनियर विजय गुप्ता, ईश्वर यादव, वडा अध्यक्ष लेखमन पटेल लगायतकाले योजनाहरु देखाएका थिए ।

धाेविनी गाउँपालिकाकाे २ वटा विधालयलाई १०+२ वनाइदै

पर्सा, २५ मंसिर ।

पर्साको धाेबिनी गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा शिक्षा तर्फ १ करोड ५४ लाखको बजेट बिनियोजन गरेको छ । नेपाल सरकारको ससर्त अनुदानका बजेट बाहेक गाउँपालिकाको बजेटले मात्रै बिभिन्न किसिम्मका स्थानिय स्तरमा जनताले चाहेका कुराहरुलाई योजनामा ल्याई जनतामुखी काम गर्न शुरु गर्न लागेको धोविनी गाउँपालिकाका शिक्षा समन्वय ईकाईका स्रोत ब्यक्ति छोटेलाल साहले बताए ।

धोबिनी गाउँपालिकाको कालि प्रसाद लाखे माध्यमिक बिधालय लंगडी र श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय भिखमपुरलाई १०+२ बनाउने भएको छ । दुबै विद्यालयमा कक्षा ११ र १२ संचालनका लागी अनुमती प्रदान गरी ८ वटा कोठा सहित ६४ लाख रकम बिनियोजन गरेको छ ।

शिक्षाको स्तर माथी उठाउनका लागी दुईटै उच्च माबिमा १ शिक्षक बराबर ५ लाख गरी १० लाख रकम र २ वटा बिधालयमा निजी स्रोतका शिक्षकहरुलाई ४ लाख रकम पनि छुटयाईएको गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले बताए । यसै गरी श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय हरिहरपुर गुलरिया र श्री नेपाल राष्ट्रिय पा्रथमिक बिधालय आसवारी प्रसोतीपुरमा कम्पाउन्ड वाल लगाउने बजेट बिनियोजन गरिएको छ भने श्री मदरसा ईस्लामिया दारुलहक कुरान धोबिनीलाई मरम्मतका लागी ५ लाख रकम बिनियोज गरिएको छ ।

त्यसै गरी सो गाउँपालिकामा रहेको १७ वटा बिधालयका लागी एलईडी, कक्षा ९ का छात्राहरुलाई साईकल बितरण, प्रत्येक बिधालयमा बिधुतीय लाईन जडान, ५ वटा बिधालयमा बिधुतीय हाजिरीको ब्यवस्थापन, प्राथमिक बिधालयहरुमा बैग बितरण गर्ने कार्यक्रम तय गरेको छ ।

यस्तै १७ वटा बिधालयमा मादल बितरण, १ सय थान डेक्स बेन्च, ५० थान हवाईट बोर्ड, १७ वटा बिधालयमा सानो रेडियो र माईकको ब्यवस्थापन, बालविकासका शिक्षिका र बिधालय कर्मचारीहरुलाई ५ हजारको दरले पोशाक बितरण, बिधालयका सम्पुर्ण कर्मचारीलाई थप १५ सय प्रोत्साहन स्वरुप छुटयाइएकोले शिक्षाको स्तर उन्नती हुने बिश्वासका लिईएको अध्यक्ष कुर्मीले वताए ।

भ्रममा नपर्नुहोस, मंसिर २६ गते, बुधबार मात्र प्रदेश नं. २ मा सर्वाजनिक विदा

वीरगंज, २५ मंसिर ।
प्रदेश नं. २, सरकारले मंसिर २६ गते, बुधबार मात्र सार्वजनिक विदा रहेको प्रष्ट पारेको छ । विवाह पंचमीको अवसरमा मंसिर २५ र २६ गते २ दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएको हल्ला चलिरहदा मंसिर २६ गते मात्र सार्वजनिक विदा रहेको मुख्य मन्त्रीको सचिवालयले जनाएको छ ।

विवाह पंचमीको अवसरमा बुधबार मात्र प्रदेश सरकारले प्रदेश भरी नै सार्वजनिक विदा दिएको मुख्य मन्त्रीका निजी सचिव दिपक यादवले कालिका टाईम्स संग कुरा गर्दै प्रष्ट पारे । जनकपुर उपमहानगरपालिकाले जनकपुरक भरीको विद्यालयहरुमा मंसिर २५ र २६ गते विदा दिएको हो ।