Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

अफरोज अपहरण काण्ड रहस्यमय, दासलाई फसाइएको परिवाजनको आरोप

spot_img
spot_img

वीरगंज । अपहरण आरोपमा पक्राउ परेका पर्सा पोखरिया नगरपालिका वडा नं. ९ सेमरबारी बर्वा निवासी राजकुमार दासलाई फसाइएको उनका परिवारजनले आरोप लगाएका छन् । पक्राउ परेका दासका बुवा भिखारी दास र आमा राजन्ती देवीले  आज वीरगंजमा पत्रकार सम्मेलन गर्दै छोरालाई छिमेकी फिरोज रायले फसाएको आरोप लगाएका हुन् ।

नेपाल पत्रकार महासंघ पर्सामा भएको पत्रकार सम्मेलनमा दासकी आमा राजन्तीले रुदै भनिन् कार्तिक १९ गते ४ बजे मामाको मोटरसाइकल लिएर छोरा किराना समाग्री खरिद गर्न रक्सौल गएको थियो । उनका अनुसार रक्सौल स्थित ढालामा दास संग छिमेकी फिरोजको भेट भएको रहेछ । त्यही भेटको क्रममा फिरोजले दासलाई भनसुन गरी आफ्नो फुफा नाता पर्ने रक्सौल परेउवा निवासी अरमान भाटको घरमा लगेको थियो ।

अरमानको परेउवा स्थित घरमा पुगे पछि दासलाई नचिनेका ६/७ जना अन्य व्यक्तिहरु पनि त्यहाँ रहेछन् । सोही ठाउँमा दासलाई नस्ता समेत खुवाई, नचिनेका व्यक्त्तिहरु मध्ये एक जनाले त्यही हो भने पछि फिरोजले हो त्यही हो भने लगत्तै बाकी त्यहाँ रहेको सबै जना मिली दासलाई कपडाले आखाँ छोप्दा उ कराउन थाले पछि मुख हात समेत बाँधेका थिए ।

त्यस पछि उसको स्वर्टको पकेटमा कुनै ४/५ वटा भारी बस्तु समेत राखी गाडीमा चढाई अन्यन्त्र लगी पुन: गाडीबाट उतारी खुट्टामा हातले चेक जाँच गरी दुईटा गोली हानी पुन: गाडीमा लग्दा आफु बेहोस भएको र त्यस पछि आफ्नो आँखा खुल्दा आफु अस्पतालको बेडमा रहेको छोराले आफुलाई सुनाएको उनले पत्रकार सम्मेलनमा वताईन ।

उनले छोरा दास सिमावर्ती बजार रक्सौल, भेलाई र सिकटा बजारबाट किराना सामग्री खरिद गरी पोखरिया बजार लगायत गाउँको पसलमा समाग्री पुर्याई परिवारको गुजारा चलाउदै आएको वताईन ।

दासका बुवा भिखारीले अपहरण भएको भनिएको अफरोज र फिरोज दुबैलाई प्रहरीले पक्राउ गरी सही अनुसन्धान गर्नु पर्ने वताए ।

पर्सा प्रहरीले कार्त्तिक २० गते पत्रकार सम्मेलन गर्दै अपहरण आरोपमा दासलाई गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो । वीरगंज २५ श्रीसिया घर भई हाल काभ्रेको बनेपा बस्दै आएका अजमद खानका १४ वर्षीय छोरा कात्तिक १० गते वीरगंजबाट घर आउने क्रममा अपहरणमा परेको र कार्तिक २० गते विहान एक बजेको समयमा भारतिय प्रहरीको सहयोगमा सिमावर्ती गाउँबाट फिरौती बुझाउने क्रममा अपहरण कारी दासलाई गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो ।

तर प्रहरीले अपहरण मुक्त्त भएको भनिएको व्यक्त्ति, उसको नाम र अपहरण मुक्त गराइएको ठाउँ सार्वजनिक गरेको थिएन् ।

पत्रकार सम्मेलबाट अपहरण भनिएको घट्नाको अक्रो रहस्य पनि खुलेको छ । अपहरणा भएको भनिएको अफरोप आफ्नै बुवा संग रकम असुल गर्न अपहरणको नाटक गरेको रहस्य खुलेको हो ।

अफरोज, पर्साको पोखरिया नपा ९ सेमरवारी बर्वा निवासी २० बर्षिय फिरोज राय र सोही ठाउँ निवासी २१ बर्षिय राधेश्याम पासवान गरी ३ नै जना साथी रहे छन् । तिनै जना म्युजिक भिडियो बनाउने काम गर्छन् । सोही कामको लागि अफरोजलाई पईसाको खाँचो परे पछि आफ्नो दुई साथी फिरोज र राधेश्याम संग मिलेर अपहरणको नाटक गरेको दासको परिवाजनको भनाई छ । दासका पिरवारजनका अनुसार अपहरणको नाटक गर्नेमा फिरोजको फुफा रक्सौल परेउवा निवासी अरमानले सहयोग गरेका रहेछन् ।

दासका बुवा भिखारीले भने छोरा आफ्नो कामले रक्सौल जादा फिरोजले एउटा समान मेरो घरमा पुर्याउनु छ, हिड म संग नजिकै रहेको फुफाको घरबाट दिईदिन्छु तिमी पुर्याईदिने भनि लगि फसाएका हुन् ।

प्रहरीले पनि घटना बारे अनुसन्धान गर्नुको सट्टा छोरालाई पक्राउ गरी गोली हानी अन्याय गरेको छ । उनले पत्रकार सम्मेलनमा रुदै भने मेरो छोरालाई न्याय दिलाईदिनुस्, सही अनुसन्धान होस् छोराले गल्ती गरेको पाइएमा उलाई पनि सजाय होस् ।

पक्राउ परेको दासको प्रहरी निगरानीमा नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । दास एच.आई.भी. संक्रमित भएकाले झन उनका परिवार चिन्तित छन् । दासको खुट्टामा प्रहरीको गोली लागेका कारण ठुलो घाउ छ । त्यस कारणा दासको स्वास्थ्यलाई लिएर परिवारजनालाई थप चिन्तित बनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...