Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईकाे डेलिगेशन मन्त्रालयमा, अपुग २ महिनाकाे सासु भत्ता माग

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाकाे डेलिगेशन राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग काठमाण्डाै पुगेकाे छ । वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीकाे नेतृत्वमा गएकाे डेलिगेशनले विभागका महानिर्देशक दिपक काफ्लेलाई भेटी गाउँपालिकाकाे समाजिक सुरक्षा भत्ताकाे समस्या समाधान गर्न आग्रह गरेकाे छ ।

गत आर्थिक बर्षकाे अपुग २ महिना बराबरकाे समाजिक सुरक्ष भत्ता वापतकाे रकम गाउँपालिकालाई निकासा गर्न डेलिगेशनले मांग गरेकाे वडाध्यक्ष तिवारीले वताउनु भयाे ।

यसका साथै हाम्राे डेलिगेशन संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिचाइ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत पुगेकाे तिवारीले कालिका टाईम्स संग कुरा गर्दै जानकारी गराउनु भयाे । तिवारीका अनुसार डेलिगेशनले समान्य प्रशासन मन्त्रालयका सचिव यादव काेइरालालाई भेटी गाउँपालिकाको मुल सड़क कालोपत्र गर्ने, वड़ा तथा गाउँपालिकाको भवन निर्माण, गरीब बिपन्नका लागि जनता आवासकाे काम अगाडी बढाउन पहल गरेकाे छ ।

यस्तै सिचाई मन्त्रालयमा पुगेकाे डेलिगेशनले गाउँपालिका अन्तर्गत पर्ने गंगाेल नदी नियन्त्रण लागि पहल गर्नुकाे साथै स्वास्थ्य मन्त्रालयमा वडा नं. ३ हरिहरपुरको एम्बुलेंसको कर छूटको प्रकृया अगाडी बढाऊन पहल गरेकाे छ ।

डेलिगेशन वडा नं. ३ का वडाध्यक्ष संजय पटेल, वडा नं. ४ का वडाध्यक्ष हरिओम शाह र गाउँपालिका कार्यालयकाे योजना शाखा प्रमुख सुनील रौनियारकाे सहभागिता रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...