Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वडाध्यक्षको मनाेनयन दर्ता – पूर्व मन्त्री देखी सांसद सम्मकाे सहभागिता

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनकाे वडाध्यक्षकाे लागि मंसिर १४ गते हुने उपनिर्वाचनकाे आज भएकाे मनाेनयन दर्तामा मतदाता भन्दा बढी जिल्लाका नेता तथा कार्यकर्ताकाे सहभािगता देखिएकाे छ ।

सखुवा प्रसौनी गाउँपालिका वडा न:२ स्थित श्री दिपनरायण उच्च माध्यमिक बिधालयको भवनमा स्थापना भएकाे प्रमुख निर्वाचन अधिकृतकाे कार्यालयमा मनाेनयन दर्ता गराउन पुगेका सबै दलले आ आफ्नाे शक्त्ति प्रदर्शन समेत गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस (नेका), समाजवादी पार्टी (सपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक जना स्वतन्त्र गरी ५ जनाले मनाेनयन दर्ता गराएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) ले मनाेनयन दर्ता गराएकाे छैनन् ।

बाहिर सबै दलकाे  तामझाम देिखए पिन विहान १० बजे देखी दिउसाे एक बजे सम्म मनाेनयन दर्ताकाे निर्धारित समय भित्र शान्ति पुर्ण तरिकाले मनाेनयन दर्ता सम्पन्न भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

सबै दल महुवनबाट जुलुश सहित निर्वाचन अधिकृतकाे कार्यालय पुगेका थिए । बजागाजा सहित मनाेनयन दर्ता गराउने निकालिएकाे जुलुशमा मतदाता भन्दा बढी बाहिरी मान्छेकाे सहभािगता देखिएकाे स्थािनयहरुले वताएका छन् । पर्साकाे महुवनमा मात्र उप निर्वाचन हुने भएकाेले जिल्ला कै नजर त्यस तर्फ रहेकाे छ ।

मनाेनयन दर्ता गराउन नेकपाबाट पूर्व मन्त्री तथा नेकपा प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चाैधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष प्रभु हाजरा, क्षेत्रिय अध्यक्ष प्रधुमन चाैहान, जिल्ला सदस्य शम्भु गुप्ता, फारमान मियाँ, बासदेव चाैधरी लगायतका नेता तथा कार्यकर्ता पुगेका थिए ।

यस्तै नेपाली कांग्रेसबाट जिल्ला सचिव श्याम पटेकाे नेतृत्तवमा नेता रामेश्वर राैनियार, चन्द्रकिशाेर चाैधरी, रामनरेश यादव, मनाेज यादव, असर्फी साह, शैलेन्द्र यादव लगायतका नेता, कार्यकर्ता पुगेका थिए ।

यस्तै समाजवादी पार्टीकाे मनाेनयन दर्तामा पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव, क्षेत्र नं. ३ का निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रहलाद गिरी, मन्जुर आलम अन्सारी, गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल, उपाध्यक्ष फुलमती देवी चौधरी, वडा ३ का वडाध्यक्ष सलिम अन्सारी लगायतकाकाे सहभािगता रहेको थियो ।

दुई हजार दुई मतदाता संख्या रहेको ‍वडाध्यक्षकाे मनाेनयन दर्तामा हजाराै‌ंकाे सहभागिता देखिएकाे हाे ।

सखुवा प्रसौनी गाउँपलिका वडा न: ५ काे रिक्त रहेकाे वडा अध्यक्ष पदकाे लागि नेकपाबाट उदयशंकर प्रसाद रौनियार, नेपाली कांग्रेसबाट अशेशर प्रसाद यादव, समाजवादी पार्टीबाट रुपलाल कुमार यादव, रा.प्र.पा. बाट सदरी महरा र स्वतन्त्र गोपाल साह कानुले मनाेनयन दर्ता गराएका छन् । 

नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टी बिच मुख्य प्रतिस्पर्धा हुने मतादाताहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...