Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सम्भाैतामा पनि प्लस २ संचालन भयाे तर भेडिहारीमा अझै भएन

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं.२ सम्भौतामा रहेको श्री नवगावा माध्यमिक विधालय चारगाहमा प्लस २ संचालन हुने भएकाे छ । साेमबार गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले एक कार्यक्रमका बिच विद्यालयमा संचालन हुने प्लस २ काे उदघाटन गरेका छन् ।

संचालन हुने प्लस २ मा प्राविधिक विषयकाे समेत पढाई हुने गाउँपालिकाले जनाएकाे छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रासाशकिय अधिकृत देवनाथ साह, वडा अध्यक्ष महेन्द्र प्रसाद कलवार, बिनोद साह कानु, राजबली यादव, बालक राउत गद्दी, मौजीलाल साह कानु लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यता पर्साकाे दुर्गम क्षेत्रकाे रुपमा रहेकाे छिपहरमाईकाे चारगाहामा प्लस २ संचालन भए पनि कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा रहेकाे विद्यालयमा अझै प्लस २ संचालन हुन सकेकाे छैन् । श्री सुकई साह माध्यमिक विद्यालयमा प्लस २ संचालनकाका लागि आन्दाेलन नै भए पिन हुन सकेकाे छैनन् ।

स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबकाे अगुवाईमा करिब दुई बर्ष देखी विद्यालाई प्लस २ बनाउन विभिन्न दबाउ मुलक कार्यक्रम भए पनि जनप्रतिनिधिहरुकाे उदासिन्ताका कारणा हुन नसकेकाे स्थानियहरुले गुनासाे गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...