Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नेकपा महानगर कमिटिले बढाए सकृयता, वडा नं.३० मा सम्पर्क समिति गठन

spot_img
spot_img

बीरगंज । नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ३० लालपर्साको वडा कार्यालयमा भएकाे भेलामा ५ सदस्यीय जन सम्पर्क समिति गठन गरिएको छ ।

जसमा वडा नं. ३० का निर्वाचित नेकपाका वडा अध्यक्ष अमानत मियाँ, दिपेन्द्र मण्डल, कन्चन शाह, कुरान अलि र रामअशरे राय साह तेली रहेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै  महानगर अध्यक्ष रहबर अन्सारीले बलियो र सशक्त कमिटि बनाउनमा मद्दत पुर्याउन हाथोमालो गरेर आपसी तनावलाई सुमुधुर सम्बन्ध कायम गर्दै जाने लक्ष्यका साथ आफ्नो महानगरको वार्डहरुमा तीव्र गतिका साथ लागि परेका बताए ।

वडा नं. १ देखि ३२ वडामा सकृय भई यस्तै खाले दुवै पार्टीका कार्यकर्ताहरुलाई समन्वय गरि समिति बनाउन लागेको भन्दै आउदो दिनमा पर्सा जिल्लामा सब भन्दा ठुलो पार्टीको रुपमा रहेका नेकपालाई अझ सशक्त र बलियो बनाउनका लागि आफु रातोदिन मिहिनेत गरी रहेको कुरा बताए ।

उक्त कार्यक्रममा लालपर्सा, प्रसोतीपुर र सडक टोल लगायत वडा नं. ३०का पार्टी कार्यकर्ताहरुको बीच एउटा छुटटै सम्पर्क समिति चयन गरि दुई पार्टीबीच समन्यव भएकोले दुवै पार्टीका कार्यकर्ताहरुलाई एक आपसबीच रहेको दुरी, मनमुटावलाई कसरी मिलाएर अगाडी बढनका लागि यो समिति चयन भएको हो ।

उक्त कार्यक्रममा महानगर ईन्चार्ज दिनेश राई, सचिव डा. विश्वम्भर शर्मा, नाजिर हुसैन, सेराजुल मिया, कमरुदिन अन्सारी, मोबारक मियाँ अन्सारी, वृजेश मण्डल, पन्नालाल यादव, सुब्हान अलि लगायत स्थानिय नेता एवं कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...