Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेकपा महानगर कमिटिले बढाए सकृयता, वडा नं.३० मा सम्पर्क समिति गठन

spot_img
spot_img

बीरगंज । नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ३० लालपर्साको वडा कार्यालयमा भएकाे भेलामा ५ सदस्यीय जन सम्पर्क समिति गठन गरिएको छ ।

जसमा वडा नं. ३० का निर्वाचित नेकपाका वडा अध्यक्ष अमानत मियाँ, दिपेन्द्र मण्डल, कन्चन शाह, कुरान अलि र रामअशरे राय साह तेली रहेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै  महानगर अध्यक्ष रहबर अन्सारीले बलियो र सशक्त कमिटि बनाउनमा मद्दत पुर्याउन हाथोमालो गरेर आपसी तनावलाई सुमुधुर सम्बन्ध कायम गर्दै जाने लक्ष्यका साथ आफ्नो महानगरको वार्डहरुमा तीव्र गतिका साथ लागि परेका बताए ।

वडा नं. १ देखि ३२ वडामा सकृय भई यस्तै खाले दुवै पार्टीका कार्यकर्ताहरुलाई समन्वय गरि समिति बनाउन लागेको भन्दै आउदो दिनमा पर्सा जिल्लामा सब भन्दा ठुलो पार्टीको रुपमा रहेका नेकपालाई अझ सशक्त र बलियो बनाउनका लागि आफु रातोदिन मिहिनेत गरी रहेको कुरा बताए ।

उक्त कार्यक्रममा लालपर्सा, प्रसोतीपुर र सडक टोल लगायत वडा नं. ३०का पार्टी कार्यकर्ताहरुको बीच एउटा छुटटै सम्पर्क समिति चयन गरि दुई पार्टीबीच समन्यव भएकोले दुवै पार्टीका कार्यकर्ताहरुलाई एक आपसबीच रहेको दुरी, मनमुटावलाई कसरी मिलाएर अगाडी बढनका लागि यो समिति चयन भएको हो ।

उक्त कार्यक्रममा महानगर ईन्चार्ज दिनेश राई, सचिव डा. विश्वम्भर शर्मा, नाजिर हुसैन, सेराजुल मिया, कमरुदिन अन्सारी, मोबारक मियाँ अन्सारी, वृजेश मण्डल, पन्नालाल यादव, सुब्हान अलि लगायत स्थानिय नेता एवं कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...