Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महुवन उपनिर्वाचन, ५ जनाले गराए मनोनयन दर्ता

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनमा मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आज मनोनयन दर्ता भएको छ । वडाध्यक्ष पदको हुने निर्वाचनको लागि एक जना स्वतन्त्र गरी ५ जनालाले मनोनयन पत्र दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले वताउनु भयो ।

विहान १० बजे देखी एक बजे भएको मनोनयन दर्तामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उदयशंकर प्रसाद रौनियार, नेपाली कांग्रेसबाट अशेशर प्रसाद यादव, समाजवादी पार्टीबाट रुपलाल कुमार यादव, रा.प्र.पा. नेपालबाट सदरी महरा र स्वतन्त्र गोपाल साह कानुले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत खरेलले जानकारी गराउनु भयो ।

कार्त्तिक २८ गते बुधबार मनाेनय दर्ता गराएका विरुद्ध उजरी गर्न सकिने र मनाेनयन फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका रहेकाे छ भने कार्त्तिक शनिबार अन्तिम नमावली प्रकाशन गरी चुनाव चिन प्रदान गरिने निर्वाचन अधिकृत खरेलले जानकारी गराउनु भयाे ।

manonayan darta namawali_kalikatimes

तामझामकाे साथ विभिन्न दलले मनाेनय दर्ता गराउन बाहिरी शक्ति समेत प्रदर्शन गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...