Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

महुवनमा चुनाव लाग्याे, समाजवादीले पनि उम्मेदवार घाेषणा गरे

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ५ महुवनमा हुने उप निर्वाचन लागेकाे छ । वडाध्यक्ष पदकाे लागि मंसिर १४ गते हुने उप निर्वाचनमा समाजवादी पार्टी पनि उम्मेदवार घाेषणा गरेकाे छ ।

एक भव्य कार्यक्रमका बिच पार्टीकाे तर्फबाट समाजवादीले वडाध्यक्षकाे उम्मेदवार रुपलाल प्रसाद यादवलाई घाेषणा गरेकाे हाे ।

यस अघि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार घाेषणा गरि सकेकाे छ । नेकपाले पार्टीकाे तर्फबाट वडाध्यक्षकाे उम्मेदवार उद्यशंकर राैनियारलाई बनाउने घाेषणा गरेकाे छ । नेपाली कांग्रेसले अझै पनि अाैपचारीक रुपमा उम्मेदवार घाेषणा गरि सकेकाे छैनन् । तर नेपाली कांग्रेसबाट अशेसर यादवकाे नाम चर्चामा रहेकाे छ ।

समाजवादी पार्टीकाे उम्मेदवार घाेषणा सभामा केन्द्रीय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश सांसद अब्दुल रहिम अन्सारी विरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, समाजवादीका जिल्लाका अध्यक्ष रामनरेश प्रसाद यादव, सचिव तबरेज अहमद, जिल्ला सदस्य सुन्दर कुर्मी, सखुवा प्रसौनी गाउँपालिका प्रमुख प्रदिप जयसवाल, इकाइ कमिटी महुवनका शिवनाथ साह तेलि, सचीव अनिल साह तेलि, पुरन यादव, पन्नालाल यादव, श्यामबाबु पटेल, चिरञ्जीवी चौधरी , सलिम मियाँ अन्सारी, जदु साह तेलि, गुलाम यादव, जादोलाल साह कलवार, प्रमोद जयसवाल, शिव साह तेलि, उपनिर्वाचनका वडा अध्यक्षका उमेदवार रुपलाल कुमार यादव लगायतकाकाे सहभागिता रहेको थियो ।

साेमबार भएकाे उम्मेदवार घाेषणा सभा मै निवर्तमा संघिय सामाजबादी पार्टी र नयाँ शक्ति पार्टी सखुवा प्रसौनी बिच एकिकरण समेत भएकाे समाजवादी पार्टीका स्थानिय कार्यकर्ता सुनिल प्रसाद कलवारले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...