Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरमा सारियो

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरमा सरेको छ । वडा नं. १ मुडलीबाट संचालन हुदै आएको गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ३ हरिहरपुरमा सरेको हो ।

साबिक गाबिस कार्यालयकाे हरिहरपुरकाे भवन हालकाे वडा नं. ३ को कार्यालयकाे भवनमा गाउँ कार्यपालिकाको कार्यालय संचालनमा आएको वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले वताउनु भयो । केही दिन पहिला देखी नै वडा कार्यालयको भवनलाई गाउँ कार्यपालिकाको कार्यालय संचालनको लागि मर्मत तथा रंग रोहनको काम थालिएको थियो । काम पुरा भए लगतै गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाद्वारा उदघाटन भए पछि विध्वत कार्यालय संचालनमा आएको वडाध्यक्ष तिवारीले जानकारी गराउनु भयो ।

कार्यालय शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकिय अधकृत राजु साह, वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेल लगायत कर्मचारी र केही स्थानियहरुको सहभागिता रहेको थियो ।

२०७५ असार चैतमा गाउँ सभाकाे बहुमत सदस्यले हरिहरपुर स्थित रहेको कालिकामाई मन्दिर नजिक गाउँ कार्यपालिकाको कार्यालय सार्न निर्णय गरेको थियो ।

सो निर्णयलाई आधार मानी मिति २०७५ असार ३२ गतेकाे नेपाल सरकारकाे निर्णयले गाउँपालिकाकाे सेवा केन्द्र मुडलीबाट हरिहरपुरमा परिवर्तन गरेकाे थियाे । तर वडा नं. १ मुडलीका जनप्रतिनिधि सहितको स्थानियहरुको विरोधका कारण कार्यालय मुडलीबाट सार्न सकिएको थिएन ।

बिरोध गर्नेहरुले सेवा केन्द्र सार्ने निर्णय विरुद्ध हालेको मुद्दा हाल वचारधिन अवस्थामा रहेको वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...