Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

मंसिरमा बिवाह गर्दै आँचल शर्मा

spot_img
spot_img

काठमाडौं । हरेक वर्ष मंसिर लाग्दै गर्दा अभिनेत्रीका बिबाहको चर्चा चल्ने गरेको छ । यो बर्षपनि यस्तै चर्चा हुन थालेका छन् ।

गत साता पोखरामा ब्याचलर पार्टी दिएकी ऋचा शर्मा अहिले बिबाह तयारीमा जुटेकी छन् । मंसिर अन्तिमसाता उनले बिबाह गर्ने समाचार बाहिर आएको छ ।

ऋचाको बिबाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री आँचल शर्माले पनि घरजम बसाउन लागेको समाचार मिडियामा आउन थालेका छन् ।

आँचलले डा. उदीप श्रेष्ठसँग घरजम बसाउन लागेको हुन् ।  एक वर्षदेखि उदीपको प्रेममा रहेकी आँचल अहिले प्रेमका विषयमा समेत खुल्न थालेकी छन् ।

उनले उदीपको तारिफ गरेर नथाकेका भिडियो अन्तवार्ता अहिले युट्युवमा जताततै भेट्न सकिन्छ । उक्त अन्तर्वार्तामा उनले विवाहको बिषयमा पनि बताएकी छन् ।  एक कुराकानीमा उनले भनेकी छन्,‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् । आँचलको नजिकका साथीका अनसार उनले मंसिरमै बिवाह गर्दैछिन् ।  तर यस बिषयमा भने आँचलले केही बोलेकी छैनन् ।

हुन त आँचलको नाम यसअघि अभिनेता पल शाहसँग जोडिएर सधै आउने गरेका छन् । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ डेब्यू गरेका दुबैले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा पनिसँगै काम गरेका थिए ।

धेरै म्युजिक भिडियोमा पनि जोडीका रुपमा देखिने आँचल र पलको प्रेमको चर्चा पनि नचलेको होइन, तर दुबैले भने यो बिषय कहिलै स्वीकारेनन् ।

फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्यस्त रहदै आएकी छन् । राताेपाटीबाट

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे...

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । महानगरपालिकाले जारी...

गहवामाई मन्दिर परिसरबाट ‘देश मधेश’ साप्ताहिकको विमोचन

वीरगंज । वीरगंजबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार एक समारोहबीच औपचारिक विमोचन गरिएको छ । गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा ज्योतिष सम्राट...