Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1072

मेलमिलाप सम्बन्धि ८ दिने तालिम सुरु

वीरगंज, ५ पौष ।
पटेर्वा सुगौली गाउँपालिकाका न्यायिक समितिका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि ८ दिने तालिम बिहिवार देखी परवानीपुरमा सुरु भएको छ । मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान नेपाल पर्साको प्राविधिक सहयोगमा र पटेर्वा सुगौली गाउँ कार्यपालिका कार्यालयको आयोजनामा कृषि अनुसन्धान केन्द्र परवानीपुरमा तालिम सुरु भएको हो ।

तालिमको एक कार्यक्रमका विच पटेर्वा सुगौली गाउँपालिकाकी उप प्रमुख तथा न्यायिक समितिकी संयोजक ममता महतोले ब्यानर पढेर उदघाटन गरिन । न्यायिक समितिको कामकाज र मेलमिलापमा सहजता हुने उद्देश्यले तालिम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले वताए ।

८ दिन सम्म चल्ने तालिममा प्रतिष्ठानका पर्सा संयोजक हरेराम ठाकुर र अधिवक्ता हरेराम सरार्फले प्रशिक्षण दिइरहेका छन । तालिममा गाउँपालिका स्तरिय न्यायिक समितिका पदाधिकारी, वडा स्तरिय मेलमिलापकर्ता, वडाध्यक्ष लगायत ३० जनाको सहभागिता रहेको प्रष्ठिानका राजेश गुप्ताले वताए ।

अतिक्रमण गरी बनाईएको घर महानगरपालिकाले हटाउदै

वीरगंज, ५ पौष ।
वीरगंजको रेलवे सडकमा अतिक्रमण गरि बनाईएका घर टहराहरु व्यवस्थित वीरगन्ज अभियानले भत्काउन थालेको छ । बिहिबार बिहान देखि व्यवस्थित वीरगञ्ज अभियानले महानगरपालिका कार्यालयको सहकार्यमा रेलवे सडकमा अतिक्रमण गरि बनाईएका घर टहराहरु भत्काउने काम शुरु गरेको हो ।

यस अघि पनि पटक पटक अतिक्रमण गरिएका घर टहराहरु भत्काउन सूचना जारी गरिएको र पटक पटक आग्रह गर्दा समेत अटेर गरी नहटाएका संरचना र घर टहराहरु भत्काउन थालिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने अभियान अन्तर्गत मुख्य सडक तथा भित्री सडकहरुमा अतिक्रमण गरी बनाईएका घर टहरा, सडकमा जथाभावी राखिएका निर्माण सामग्री, ठेला, पसल हटाउने कामलाई निरन्तरता दिईएको ब्यवस्थित अभियानका दिलिप राज कार्कीले जानकारी दिए ।

सतारुढ दल निकट कर्मचारी संगठन पर्साद्वारा समायोजन अध्यादेश सच्याउन ४८ घण्टे अल्टीमेटम

वीरगंज, ५ पुस ।
पर्साका निजामती कर्मचारीहरु समायोजन अध्यादेश २०७५ सच्याउन ४८ घण्टे अल्टीमेटम दिएका छन । कर्मचारीहरु पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टाराई मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघियमामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिहीवार ज्ञापन पत्र बुझाउदै कर्मचारी समायोजन अध्यादेश ४८ घण्टा भित्र सच्याउन मांग गरेका हुन ।

४८ घण्टा भित्र सच्याउन काम नगरेमा पर्साका सम्पूर्ण कर्मचारीहरु आन्दोलित हुन बाध्य हुने र सोको जिम्मेवारी सरकार स्वयम हुने नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताए । २०७५ मंसिर २३ गते जारी गरिएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले गरेका व्यवस्थाहरु नेपालको संविधानको मर्म र भावन एंवम निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा शर्त र सुरक्षा सम्बन्धित व्यवस्थाको प्रतिकुल एंवम प्राकृतिक न्यायको सिधान्तको समेत विपरित भएकोले सच्याउनु पर्ने अध्यक्ष गिरीले मांग गरे ।

समग्र मुलुकको भाग्य र भविस्य निर्माण संगै राजनीतीक संगै काँधमा काँध मिलाएर हिडनु पर्ने हामी कर्मचारीहरुलाई अन्याय पर्ने गरी तय गरिएका व्यवस्थाहरुमा हाम्रो गम्भीर असहमती रहेको हुदा उक्त ब्यवस्थाहरु अविलम्ब सच्याउनु पर्ने अर्का कर्मचारी सरोज चौधरीले वताए ।

सेवा सर्त परिवर्तन गरि प्रदेश र स्थानिय तहमा समायोजन भएका कर्मचारीहरु संघमा निश्चित मापदण्डका अधकारमा सरुवा तथा बढुवा हुन् नपाउने ब्यवस्था रहेकोले सो ब्यवस्था संसोधन गर्नु पर्ने, निजामती कर्मचारी समायोजन स्वेक्छिक बनाइयोस समायोजनमा जान नचाहने कर्मचारीलाई संघमा पुल दरबन्दी कायम गरि निश्चित मापदण्डका अधारमा प्रदेश स्थानिय तहमा कामकाज गर्न खटाउने ब्यवस्था हुनु पर्ने, समायोजन अध्यादेशमा अन्तर सेवा प्रतिस्पर्धा भनि समावेस गरिएको ब्यवस्था नै स्पष्ट नदेखिएकोले सोको सट्टामा अन्तर सरकारी सेवा प्रतिस्पर्धा स्पष्ट खुलाई प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई संघको आन्तरिक प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमा आउन सक्ने समान ब्यवस्था लागु गर्नु पर्ने, संघिय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन जारी गरेर मात्र समायोजन अगाडी बढाउनु पर्ने लगायतको ६ बुंदे माग सहित कर्मचारीहरु ज्ञापन पत्र बुझाएका हुन ।

सातारुढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठन, पर्साको अगुवामाई कर्मचारीहरु ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापन पत्र बुझाउन अधिकारीक कर्मचारी ट्रेड युनियन, पर्साका अध्यक्ष सुबदार यादव, कर्मचारी संगठन पर्साका सचिव सुमन यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, विन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित साह, वीरगंज महानगरपालिकाका शाखा अधिकृत बविता जैसवाल, रिमा साह लगायतका कर्मचारीहरुको उपस्थित रहेको थियो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भट्टाराईले कर्मचारीहरुको मांग जायज रहेको र सम्बन्धीत ठाउँमा ज्ञापन पत्र आजै पठाउने वताए ।

भन्सार नाकामा पैदल हिड्नु पर्ने नियम बिरोध पछि चार घण्टा मै हटाइयो

वीरगंज, ४ पुस ।
वीरगंज भन्सार कार्यालयले लगाएको सिमामा पैदल हिंडनु पर्ने नियम विरोध पछि खारेज भएको छ । वीरगंज भन्सारमा आवतजावत गर्न सवारी साधनबाट उत्रि तोकिएको पैदल बाटो प्रयोग गर्ने नियम लागु भएको ४ घण्टा मै खारेज भएको हो ।

वीरगंज भन्सार कार्यालयले बुधबार नियम लगाए लगतै संघिय समाजवादी फोरमका वीरगंज नगर अध्यक्ष इशवर यादव नेतृत्वको समुह विरोधमा उत्रेको थियो । जनतालाई दुःख दिन हिसाबले सिमामा पैदल हिडनु पर्ने नियम लगाइएकोले आफुहरु विरोधमा उत्रेको संघिय समाजवादी फोरम नेपाल, पर्साका सदस्य तबरेज अहमदले वताए ।

भन्सारले स्थानीय सरकार, जनप्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधि नराखी जनतालाई मारमा पार्ने गरि एकलौटी निर्णय गरेको भन्दै विरोध भएको हो । वीरगंज रक्सोल चल्ने रिक्सा, अटोरिक्सा लगायतका सवारी साधनमा तस्करी बढेकाले नियन्त्रणका लागि सो नियम बनाइएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख श्याम भण्डारीले बताए ।

सर्वसाधारणलाई कष्ट हुने भन्दै विरोध भएपछि सबै पक्षसँग छलफल गरेरमात्र नियम लागु गर्नेगरि तत्काल खारेज गरिएको उनले बताए ।

वीरगंज भन्सार कार्यालयले पुस ३ गते सुचना टांस गरी पुस ४ गते दखी भन्सार कार्यालयबाट आवतजावत गर्ने बृद्धबृद्धा, अशक्त्त र अपाङ्ग बाहेकका सम्पुर्ण यात्रुहरुले आफ्नो सवारी साधनबाट उत्रि तोकिएको पैदल बाटो प्रयोग गरिदिनुहुन अनुरोध गरेको थियो ।  सुचना समाजिक संजाल फेसबुकमा सार्वजनिक भए लगतै विरोध सुरु भएको थियो ।

सुकुम्बासीहरुले भथवडा जंगलमा बनाएको टहरा आगो लगाएर जलाईयो

वीरगंज, ३ पुस ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. ४ भथवडामा पर्ने वनजंगलमा वनाईएको घर टहरा मंगलबार जलाएर हटाईएको छ । सुकुम्बासीहरुले बनाएको ५ वटा टहरा जिल्ला वन कार्यालय पर्साले आगो लगाएर जलाएको हो ।

जिल्ला समन्वय समिती पर्साका संयोजक नेक महम्मद अन्सारी, वन कार्यालयका प्रमुख रामबाबु साह, शाखा अधिकृत खुदरुस मियाँ, पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज चौधरी, वडा अध्यक्ष राजेश्वर महतोको रोहबरमा नेपाली सेनाले टहरामा आगो लगाएर जलाएको थियो ।

स्थानियहरुका अनुसार सिन्धुलीबाट आएका सुकुम्बासीहरुले घर टहरा बनाएका थिए । घर टहारा हाटाउन टोलि पुगेको बेला तिनिहरु थिएन ।

जन्म सिद्ध नागरिकता भएका नागरिकका सन्तानले बंशजको अधारमा नागरिकता प्राप्त गर्नै अधार बन्यो

काठमाडाैं, ३ पुस । जन्मसिद्ध नागरिकता भएका पिताबाट जन्मेकी छोरी स्वीटी चौरसिया अात्महत्या गर्ने अवस्थामा पुगेकी थिइन् । तर, उनले संघीय समाजवादी फोरमका युवा नेता तथा सांसद प्रदिप यादवलाई भेटेर अाफ्नो समस्याबारे बताएकी थिइन् । जब उनले यादवलार्इ यस्तो कुरा बताइन उनलार्इ सो अवस्थाबाट फर्काएका यादबले न्यायका लागि लड्ने हिम्मत र हाैसला प्रदान गरे ।

त्यसपछि अाफ्नो मात्र होर्इन, अाफू जस्ता अन्य अधिकारबाट वञ्चितका लागि पनि लड्ने संकल्पकासाथ सांसद प्रदिप यादवसँगै न्यायालयसम्म पुगेकी थिइन् । जुनबेला जन्मसिद्ध नागरिकता भएका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने व्यवस्था थिएन र यो गम्भीर समस्याको रुपमा समाजमा रहेको थियो ।

र, स्वीटी जस्ता धेरै नागरिक नागरिकताबाट वञ्चित हुन बाध्य रहेका थिए । जब सांसद यादवले यो कुरा थाहा पाए उनले स्वीटी जस्था धेरै नागरिकको अधिकारका लागि लढ्ने अठोट गरेर प्रकिया अघि बढाएका थिए । यस क्रममा यादवले मिति २०७४ साल साउन २५ गते वीरगञ्ज महानगरपालिका कार्यालय, पर्सा जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यवस्थापिका संसदविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । यावदकासाथ स्वीटी चाैरासियाले पनि रिट निवेदन दर्ता गराएकी थिइन् ।

जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गराएको प्रति संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवले जेठ ४ गते सांसदमा घोर आप्ती जनाउदै नागरिकता प्रदान गर्न माग गरेका थिए । नागरिकताको कारण नेपाली नागरिकहरुले पाउनुपर्ने मौलिक अधिकारबाट वञ्चित भईरहेको प्रति दुःख व्यक्त गर्दै सांसद यादवले दिनानुदिन सरकारको ढोका घच्घच्याउँदै अाएका थिए । सांसदमा निर्वाचित हुनुभन्दा अगाडि प्रमुख जिल्ला अधिकारीलार्इ ज्ञापन पत्रसमेत बुझाएका यादवको मागको सुनुवायी अन्तत मंगलबार अर्थात् २०७५ साल पुस ३ गते सर्वोच्च अदालतमा भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दिपक कुमार कार्की र न्यायाधीश सारदा प्रसाद घिमिरेको संयुक्त इजलासले परमादेश समेतको आदेश जारी गरेको गर्दै जन्मसिद्ध नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने आधार बनाएको छ ।

पटक–पटक राज्यको न्यायीक ढोका ढक्ढकाएर भएपनि अन्ततः जनताको माग सक्बोधन हुनुलार्इ यादवले खुशीको पल भएको बताएका छन् । राज्यद्वारा खोसिएको जनताको अधिकार पुनः प्राप्ति भएसँगै यादवले फेसबुक तथा ट्वीटरमार्फत स्वीटी चाैरासिया जस्तै पीडित तथा अधिकारबाट वञ्चित रहेका सम्पुर्णलार्इ बधार्इ एवम् यो यो मुद्दामा बहस पैरवी गर्ने अधिवक्ता दिपेन्द्र झा र रक्षाराम हरिजनलाई धन्यवाद दिएका छन् ।

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान दुई दुई रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

पर्साको जगरनाथपुरमा प्रहरी र तस्कर विच झडप, ४ जना प्रहरी घाइते

पर्सा पुस  । पर्साको जगरनाथपुर गाउँपालिका–१ पाँडेपुरको सीमावर्ती नाकाबाट भारततर्फ इन्धन लगिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिँदा झडप भएको छ ।

झडपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित चारजना प्रहरी घाइते भएका छन् ।  तस्कर र स्थानीयको कुटाईबाट पाँडेपुर चौकीका इन्चार्ज असई विष्णु देव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र पिडारीगुठीका असई जय किशुन महतो घाइते भएका छन् ।

झडपमा गम्भिर घाइते भएका प्रहरीको वीरगञ्जको एसएल न्यूरो एण्ड जनरल अस्पताल पानीटंकी र नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको  छ ।
झडपमा समान्य घाइते भएका प्रहरी सहायक निरीक्षक जय किशुन महतो स्थानीय स्वास्थ्य चौकी मै उपचार गराई फर्किएका छन् । टाउको फुटेर रगत जमेकाले प्रहरी जवान चौधरीको अवस्था सिकिस्त रहेको चिकित्सकले जनाएका छन् ।

मंगलबार बिहान करिब ३ बजेको समयमा मोटरसाइकलमा तेल बोकेर पाँडेपुर हुँदै भारतको इनर्वाको देवीगन्जतर्फ लगिरहेका तस्कर समूहलाई नाकामा पर्ने ओरिया खोलामा गस्ती गरिरहेका प्रहरीले रोकेका थिए ।

घटना लगत्तै जिल्ला प्रहरीका कार्यालय पर्साका प्रहरी उपरीक्षक  ढकाल र प्रहरी नायब उपरीक्षक मानबहादुर राई घटनास्थल पुगेका थिए ।  खोजतलास गर्दा खोसिएको हतियार घटनास्थल नजिकै खेतमा फेला पारेको प्रहरी उपरीक्षक ढकालले बताए ।

श्रीमतीलाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ

रौतहट — श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलाले श्रीमान् विरुद्ध जबरजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो ।

चन्द्रपुर–५ की ३३ वर्षीया ती महिलाले आफ्नो ईच्छा विपरीत गत मंसिर २८ गते पतिले राति जबरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिईन् ।

महिलाका श्रीमानलाई प्रहरीले सोमबार जबरजस्ति करणीको मुद्दा दर्ता गराई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

उनीहरुको २०६१ सालमा बिवाह भएको थियो । उनीहरुका ६ र १३ वर्षका दुई छोराहरु छन् । पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति गरेकोले बाध्य भएर कानुनी बाटो खोज्नु परेको ती महिलाले बताइन् ।

बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छा विपरीत जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ ।

अदालतले पतिको सम्पत्तिबाट पत्नीलाई पालनपोषण तथा संरक्षणका लागि रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । साथै पत्नीको हित र सुरक्षाको लागि उपयुक्त वातावरण मिलाउन आदेश दिन सक्ने व्यवस्था रहेको छ । कान्तिपुर 

प्रादेशिक रंगशालाको मांग गर्दै वीरगंजमा दोस्रो दिन पनि प्रदर्शन

वीरगंज, २ पुस ।
नारायणी रंगशाला वीरगंजलाई प्रादेशिक तथा अन्तराष्ट्रिय रंगशाला बनाउनु पर्ने मांग गर्दै वीरगंजमा दोस्रो दिन पनी प्रदर्शन भएको छ । खेलाडी युवा, विद्यार्थी तथा समाजसेवी संजाल वीरगंजको आयोजनामा सोमबार वीरगंजमा प्रदर्शन गरिएको हो । वीरगंजको घण्टाघरबाट निस्केको विरोध जुलुश माईस्थान, माहविर स्थान, आदर्शनगर, गिता मन्दिर हुदै पुन माइस्थानमा आएर कोण सभामा परिणत भएको थियो ।

जुलुशमा सहभागिहरुले प्रदेश सरकार मुर्दाबाद, प्रदेश सरकारले असोज २५ गते गरेको निर्णय खारेज गर, नारायणी रंगशालालाई प्रादेशिक तथा अन्तराष्ट्रिय रंगशाला निर्माण गर लगायतका नारा समेत लगाएका थिए । कोण सभामा बोल्ने वक्ताहरुले वीरगंजमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला नबनाएर प्रदेश सरकारले जनकपुरमा रंगशाला बनाउने निर्णय गरेर वीरगंज संग विभेद गरेको वताए थिए ।

निजी जग्गा १८ विगहा क्षेत्रफलमा रहेको रंगशालालाई प्रादेशिक तथा अन्तराष्ट्रिय रंगशाला नबनाएर प्रदेश सरकारले जनकपुरमा भाडामा जग्गा लिएर आर्थिक भार थप्पेको समेत बोल्ने वक्ताहरुको भनाई थियो । जग्गा भाडा वापत खर्च हुने करोडौ रकम खेलाडीको क्षमता विकासमा खर्च गर्नु पर्ने वक्ताहरुको तर्क थियो । डि.पी.आर. समेत तयार भइसकेको नारायणी रंगशालाई प्रादेशिक रंगशाला बनाउनु पर्ने वक्ताहरुले जोडदार मांग समेत गरे ।

प्रदेश सरकारले निर्णय नसच्चियाए कडा भन्दा कडा आन्दोलन गर्ने वक्ताहरुले चेतावनी समेत दिए । कोण सभामा मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हाजरा, विद्यार्थी नेता प्रभाकर गुप्ता, खेलाडी बिशेश्वर पटेल लगायतकाले मन्तव्य राखेका थिए । यस्तै आइतबार नेवि संघ, पर्साले पनि नारायणी रंगशालाई प्रादेशिक रंगशाला बनाउनु पर्ने मांग गर्दै वीरगंजको माइस्थानमा एक घण्टा चक्का जाम गरेको थियो ।