Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

पर्सामा ५ वटा मदरसा इजाजत विना सञ्चालन

वीरगंज । पर्सा जिल्लामा पाँचवटा मदरसा सरकारी इजाजतविना सञ्चालनमा रहेको पाइएको छ । सरकारी अनुमतिविना सञ्चालनमा रहेका मदरसामा पर्सा जिल्लाकै सबैभन्दा पुरानो मदरसा बरकतु उलुम–३ र पाँच वर्षदेखि सञ्चालनमा रहेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीको जन्मथलो जगरनाथपुर गापामा रहेको जायमा खुल्फाए रासेदिन आतिका लिलबनातलगायत पाँचवटा मदरसा स्वीकृतिबेगर सञ्चालनमा छन् ।

- Advertisement -

स्थानीय तह गठन हुनुभन्दा अगाडि जिल्ला शिक्षा कार्यालय पर्साबाट मदरसा सञ्चालनको लागि स्वीकृति लिनुपर्नेमा यी दुई मदरसासमेत जिल्लामा पाँचवटा मदरसाले स्वीकृति नलिएको पाइएको छ । पर्सा जिल्लामा सरकारी अनुदानसहित ३७ वटा मदरसा सञ्चालनमा छन् । यी मदरसाहरूमा सरकारले प्रतिमदरसा वार्षिक रु २ लाख ४१ हजारको अनुदान सहयोग पु¥याउँदै आएको छ । सरकारी अनुदानमा रहेका मदरसाहरूमा धार्मिक शिक्षाकाे साथै आधुनिक शिक्षाकाे अध्यापन गराइन्छ । अनुमतिविना चलेका पाँचवटा मदरसामा भने धार्मिक शिक्षा मात्र दिइँदै आएको छ ।

जिल्लाको सबैभन्दा पुरानो मदरसामा कहलिएको  बरकतु उलुम–३ मा धार्मिक शिक्षा मात्र अध्यापन गराइन्छ । त्यहाँ ५० जनाभन्दा बढी अनाथ बालकहरू छन् । यसैगरी, करिब ३५ जना बालिका छन् । बालक र बालिकालाई छुट्टाछुट्टै अध्यापन गराइन्छ । बालिका अध्ययनको लागि दुईजना शिक्षिकाकाे व्यवस्था गरिएको मदरसाका कलाम मियाँले बताए । उनले मदरसामा धार्मिक शिक्षा मात्र अध्यापन हुँदै आएको जानकारी गराए । त्यस्तै, वीरगंज महानगर–२ छपकैयास्थित पुरानो यतिमखाना पनि इजाजतविना सञ्चालनमा छ । सयभन्दा बढी अनाथ बालकहरू सो यतिमखानामा धार्मिक शिक्षा आवासीय सुविधासहित लिंदै आएका छन् ।

madarsa teacher_kalikatimesयसैगरी, मुख्यमन्त्रीको जन्मथलो पर्सा जिल्लाको जगरनाथपुर गापा–४ मा छात्राहरूको लागि मात्र जायमा खुल्फाए रासेदिन आतिका लिलबनात मदरसा सञ्चालनमा छ । आवासीय सुविधासहितको यो मदरसा पाँच वर्षदेखि सञ्चालनमा छ । मदरसा सञ्चालनका लागि हाल प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीका पिता दशरथ राउत गद्दीले २ कट्ठा जग्गा उपलब्ध गराएका थिए । यो मदरसामा पनि धार्मिक शिक्षा मात्र अध्यापन गराइन्छ । छात्राहरू मात्रै रहेको सो मदरसामा २ सयभन्दा बढी छात्राहरू छन् ।

जगरनाथपुर, पाडेपुर, परसवा, पिडारी, बिजवनिया, निचुटा, सोलखपुर, जीतपुरका ५ देखि १८ वर्ष उमेरका बालिकाहरू रहेको मदरसाका मौल्वी ग्यासुद्दीन मौलानाले बताए । सो मदरसामा ९ जना शिक्षिकाको व्यवस्था गरिएको छ । उनीहरूलाई महीनाको ६–७ हजार तलब मदरसाले बेहोर्दै आएको छ । मुस्लिम समुदायले मदरसा सञ्चालनको लागि दिने सहयोगबाट मदरसाका सम्पूर्ण कार्य भइरहेको मौलवी मौलानाले बताए ।

मदरसामा चारवटा कोठा छन्, जसमा एउटा कोठामा भण्डारणको व्यवस्था गरिएको छ भने तीनवटा कोठामा छात्राहरूको आवासीय र अध्ययन दुवैको व्यवस्था गरिएको छ । गरीब, अनाथ बालबालिकाहरूलाई मदरसामा व्यवस्थापन गर्दै आएको मौलवी मौलानाले बताए ।

जिल्लामा रहेका मदरसाहरूमा अनाथ बालकहरूको आवासीय व्यवस्था गरिए पनि मुस्लिम अनाथ बालिकाहरूको लागि भने तीनवटा मात्र मदरसा छन्, जसमा एउटाले इजाजत लिएको छैन । इजाजत लिएर महिला छात्रावास वीरगंज महानगरको गण्डक बहुअरी र सखुवाप्रसौनीमा सञ्चालित छन् । मदरसा अर्गनाइजेशन अफ नेपालका प्रदेश महासचिव इमामुद्दीन अहमदले पर्सा जिल्लाका तीनवटा स्थानमा मुस्लिम अनाथ बालिकाहरूको लागि मदरसा सञ्चालनमा रहेको बताए ।

जगरनाथपुर गापामा जायमा खुल्फाए रासेदिन आतिका लिलबनात मदर्सा, वीरगंज, गण्डक बहुअरीमा कुलिया उमे कुलसुम लिलबनात मदरसा र सखुवाप्रसौनीमा फैजुल उजुम देउरवाना मदरसा सञ्चालनमा छन् । जगरनाथपुरमा दुई सयभन्दा बढी अनाथ, गरीब बालिकाहरू छन् भने बहुअरीमा १५० र सखुवाप्रसौनीमा १६५ जना आवासीय सुविधासहितको धार्मिक तथा आधुनिक शिक्षा लिंदैछन् ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज सडक विस्तारबारे सांसद हरि पन्तको भावुक अपिल : “विकाससँगै पीडा पनि स्वाभाविक”

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजमा भइरहेको सडक विस्तार अभियानलाई लिएर आम नागरिकको पीडाप्रति सहानुभूति व्यक्त गरेका...

मल अभावले पर्साका किसान मारमा, भारतीय बजारबाट महँगोमा किन्न बाध्य

सेढवा । पर्साको ग्रामीण भेगमा चैते धान रोपाइँ गरिरहेका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेका छन्। रोपाइँ गरेको करिब दुई साता बितिसक्दा...

१०० रुपैयाँभन्दा बढी सामानमा कर लगाउने नियमविरुद्ध वीरगंज नाकामा धर्ना

वीरगंज । वीरगंज नाकास्थित शंकराचार्य प्रवेशद्वारमा जनअधिकार पार्टीले आइतबार धर्ना प्रदर्शन गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने...