Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पर्सामा ५ वटा मदरसा इजाजत विना सञ्चालन

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा पाँचवटा मदरसा सरकारी इजाजतविना सञ्चालनमा रहेको पाइएको छ । सरकारी अनुमतिविना सञ्चालनमा रहेका मदरसामा पर्सा जिल्लाकै सबैभन्दा पुरानो मदरसा बरकतु उलुम–३ र पाँच वर्षदेखि सञ्चालनमा रहेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीको जन्मथलो जगरनाथपुर गापामा रहेको जायमा खुल्फाए रासेदिन आतिका लिलबनातलगायत पाँचवटा मदरसा स्वीकृतिबेगर सञ्चालनमा छन् ।

स्थानीय तह गठन हुनुभन्दा अगाडि जिल्ला शिक्षा कार्यालय पर्साबाट मदरसा सञ्चालनको लागि स्वीकृति लिनुपर्नेमा यी दुई मदरसासमेत जिल्लामा पाँचवटा मदरसाले स्वीकृति नलिएको पाइएको छ । पर्सा जिल्लामा सरकारी अनुदानसहित ३७ वटा मदरसा सञ्चालनमा छन् । यी मदरसाहरूमा सरकारले प्रतिमदरसा वार्षिक रु २ लाख ४१ हजारको अनुदान सहयोग पु¥याउँदै आएको छ । सरकारी अनुदानमा रहेका मदरसाहरूमा धार्मिक शिक्षाकाे साथै आधुनिक शिक्षाकाे अध्यापन गराइन्छ । अनुमतिविना चलेका पाँचवटा मदरसामा भने धार्मिक शिक्षा मात्र दिइँदै आएको छ ।

जिल्लाको सबैभन्दा पुरानो मदरसामा कहलिएको  बरकतु उलुम–३ मा धार्मिक शिक्षा मात्र अध्यापन गराइन्छ । त्यहाँ ५० जनाभन्दा बढी अनाथ बालकहरू छन् । यसैगरी, करिब ३५ जना बालिका छन् । बालक र बालिकालाई छुट्टाछुट्टै अध्यापन गराइन्छ । बालिका अध्ययनको लागि दुईजना शिक्षिकाकाे व्यवस्था गरिएको मदरसाका कलाम मियाँले बताए । उनले मदरसामा धार्मिक शिक्षा मात्र अध्यापन हुँदै आएको जानकारी गराए । त्यस्तै, वीरगंज महानगर–२ छपकैयास्थित पुरानो यतिमखाना पनि इजाजतविना सञ्चालनमा छ । सयभन्दा बढी अनाथ बालकहरू सो यतिमखानामा धार्मिक शिक्षा आवासीय सुविधासहित लिंदै आएका छन् ।

madarsa teacher_kalikatimesयसैगरी, मुख्यमन्त्रीको जन्मथलो पर्सा जिल्लाको जगरनाथपुर गापा–४ मा छात्राहरूको लागि मात्र जायमा खुल्फाए रासेदिन आतिका लिलबनात मदरसा सञ्चालनमा छ । आवासीय सुविधासहितको यो मदरसा पाँच वर्षदेखि सञ्चालनमा छ । मदरसा सञ्चालनका लागि हाल प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउत गद्दीका पिता दशरथ राउत गद्दीले २ कट्ठा जग्गा उपलब्ध गराएका थिए । यो मदरसामा पनि धार्मिक शिक्षा मात्र अध्यापन गराइन्छ । छात्राहरू मात्रै रहेको सो मदरसामा २ सयभन्दा बढी छात्राहरू छन् ।

जगरनाथपुर, पाडेपुर, परसवा, पिडारी, बिजवनिया, निचुटा, सोलखपुर, जीतपुरका ५ देखि १८ वर्ष उमेरका बालिकाहरू रहेको मदरसाका मौल्वी ग्यासुद्दीन मौलानाले बताए । सो मदरसामा ९ जना शिक्षिकाको व्यवस्था गरिएको छ । उनीहरूलाई महीनाको ६–७ हजार तलब मदरसाले बेहोर्दै आएको छ । मुस्लिम समुदायले मदरसा सञ्चालनको लागि दिने सहयोगबाट मदरसाका सम्पूर्ण कार्य भइरहेको मौलवी मौलानाले बताए ।

मदरसामा चारवटा कोठा छन्, जसमा एउटा कोठामा भण्डारणको व्यवस्था गरिएको छ भने तीनवटा कोठामा छात्राहरूको आवासीय र अध्ययन दुवैको व्यवस्था गरिएको छ । गरीब, अनाथ बालबालिकाहरूलाई मदरसामा व्यवस्थापन गर्दै आएको मौलवी मौलानाले बताए ।

जिल्लामा रहेका मदरसाहरूमा अनाथ बालकहरूको आवासीय व्यवस्था गरिए पनि मुस्लिम अनाथ बालिकाहरूको लागि भने तीनवटा मात्र मदरसा छन्, जसमा एउटाले इजाजत लिएको छैन । इजाजत लिएर महिला छात्रावास वीरगंज महानगरको गण्डक बहुअरी र सखुवाप्रसौनीमा सञ्चालित छन् । मदरसा अर्गनाइजेशन अफ नेपालका प्रदेश महासचिव इमामुद्दीन अहमदले पर्सा जिल्लाका तीनवटा स्थानमा मुस्लिम अनाथ बालिकाहरूको लागि मदरसा सञ्चालनमा रहेको बताए ।

जगरनाथपुर गापामा जायमा खुल्फाए रासेदिन आतिका लिलबनात मदर्सा, वीरगंज, गण्डक बहुअरीमा कुलिया उमे कुलसुम लिलबनात मदरसा र सखुवाप्रसौनीमा फैजुल उजुम देउरवाना मदरसा सञ्चालनमा छन् । जगरनाथपुरमा दुई सयभन्दा बढी अनाथ, गरीब बालिकाहरू छन् भने बहुअरीमा १५० र सखुवाप्रसौनीमा १६५ जना आवासीय सुविधासहितको धार्मिक तथा आधुनिक शिक्षा लिंदैछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...