Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

राप्रपाको जागरण अभियान पर्सामा, हिन्दु राष्ट्रको लागि चरणवद्ध संघर्ष आवश्यक : जबरा

spot_img
spot_img

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को बैदिक, सनातन हिन्दु, धर्म जागरण अभियान सिता-बुद्ध रथ यात्रा आज पर्साको पोखरियामा पुगेको छ । प्रदेश २ को अस्थाई राजधानी जनकपुरबाट सुरु भएको हिन्दु जागरण महाअभियान अन्तर्गतको रथ यात्रा पर्साको दोस्रो सदरमुकामको रुपमा चिन्निने पोखरिया पुगेको हो ।

वीरगंज हुदै पोखरिया पुगेको रथ यात्रा अन्तर्गत भएको कोण सभालाई सम्बोधन गर्दै राप्रपा संयुक्तका अध्यक्ष शुपति शमशेर राणा जबराले ८१ प्रतिशत हिन्दु रहेको राज्य हिन्दु राष्ट्र नै हुनु पर्ने वताए । उनले भने हिन्दुको बाहुल्यता भएको राज्यमा धर्म निर्पेक्ष हुनुहुन्न, बिदेशीको इशारामा धर्म निर्पेक्ष गर्नु दु:खद हो ।

pokhariyama jagaran abhiyan_kalikatimes

कार्त्तिक २८ गते देखी जनकपुरधामबाट सुरु भएको रथ यात्रा सर्लाही, रौतहटको चहपुर, बाराको सिम्रौनगढ, पर्साको वीरगंज हुदै पोखरिया पुगेको सुचना संचार तथा जनसम्पर्क समितिका संयोजक पानालाल पटेलले वताए ।

जागरण अभियानको चौथो दिन पोखरियामा भएको कार्यक्रम जिल्ला अध्यक्ष बिश्वनाथ साहको अध्यक्षतामा भएको थियो ।

यस भन्दा अघि वीरगंजको घण्टाघर नजिको पार्कमा राप्रपा संयुक्तले हिन्दु धर्म जागरण सभा गरेको थियो । शनिबार राती वीरगंज आईपुगेको रथ यात्रा आईबार वीरगंज नगर परिक्रममा गर्दै घण्टाघरमा पुगी सभामा परिणत भएको थियो ।

bara pugeka jagaran abhiyan_kalikatimes

यस्तै नेपाललाई हिन्दु राष्ट्र बनाउन जनकपुरबाट सुरु भएको राप्रपा संयुक्त्तको जागरण अभियान शनिबार बारा पुगेका थियो । बाराको कलैया स्थित भरत चोक पुगेको जागरण अभियानमा बोल्ने नेताहरुले सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक बनाउनका लागि जनकपुरको जानकी मन्दिरबाट बिहिबार धार्मिक जागरण अभियान सुरु गरिएको वताए ।

अभियानमा सहभागि हुन् राप्रपा संयुक्त्तका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा जबरा, नेता प्रकाशचन्द्र लोहोनी लगायतका केन्द्रीय नेताहरु बारा पुगेका थिए । जागरण अभियान अन्तर्गत कलैयामा भएको कोण सभामा वोल्दै राप्रपा संयूक्तका केन्द्रिय अध्यक्ष जबराले संसारमै एक मात्र हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनाका निम्ति चरणबद्ध संघर्ष गर्न आवश्यक रहेको वताए ।

सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर मुल नारासहित कलैयाको भरत चौकमा भएको कार्यक्रममा अध्यक्ष जबराले नेपालको धर्म र संस्कृति माथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ भएको बताए । उनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नरहेको जिकिर गरे । नेपाल हिन्दु राष्ट्र भएमा हिन्दुस्तान र चीन समेतले स्वागत गर्ने उनको भनाई थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...