Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 1071

प्रअ सरुवाको विरुद्धमा वाटाे नै अवरुद्ध गरि बिद्यार्थीहरुद्वारा प्रदर्शन

वीरगञ्ज, ९ पुस ।

वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेका थिए ।

महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् ।

प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका मेयर विजय सरावगीकाे भनाई छ । सरावगीका अनुसार “विद्यार्थीलाई उच्चालेर राजनीतिक गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ ।”

महानगरपालिकाले लामो समयसम्म एउटै विद्यालयमा बसेर शैक्षिक अवस्था बिगारेको र विद्यालयलाई कमाइ खाने माध्यम बनाएकाले प्रअ मेहताको सरुवालाई अभिभावकले सरावगीले बताए ।

तर विद्यार्थीले आज बिहानैदेखि नारा जुलुस गर्न थालेपछि घण्टाघर क्षेत्रमा सवारी आगमन ठप्प पारेका थिए। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले कुनै अप्रिय घटना भने घटन सकेन । विद्यार्थीहरू आन्दोनमा उत्रिएपछि उनीहरूको पठनपाठनमा प्रतिकूल असर परेको छ ।

विहान ६ वजे घण्टाघर पुगेका विद्यार्थीहरु ११ बजे घर फर्केका छ्न । विरगंजका केही विधालयहरु पनि बन्द भएको छ ।

एम्बुलेन्स चालकलाई मर्यादीत बनाईने, ड्रेसकोड एउटै हुने

वीरगंज । सवारी दुर्घट्ना न्युनीकरण र व्यवस्थीत सवारी सञ्चालनको उदेश्यले आज जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बारा र पर्साका एम्बुलेन्स चालकसँग अन्तक्र्रिया गरेको छ । संयुक्त एम्बुलेन्स चालक संघमा आवद्ध भएका करीब २० जना एम्बुलेन्स चालक सँग अन्तक्र्रिया गरीएको हो ।

आकस्मीक रुपमा आवश्यक पर्ने एम्बुलेन्सका चालकको लापरवाहिको कारण पनि कतिपय दुर्घट्ना हुने गरेकोले त्यसको न्यूनीकरणको लागि ट्राफिक नियमको पुर्ण जानकारी दिलाउने उदेश्यले अन्तक्र्रिया गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो ।

त्यसक्रममा श्रृब्य दृष्य सामाग्रिको माध्यमबाट ट्राफिक नियमहरुको बारेमा जानकारी गराईएको थियो भने एम्बुलेन्स चालकहरुको समस्यामाथि समेत छलफल गरीएको थियो । अन्तक्र्रियाका क्रममा ट्राफीक क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि एम्बुलेन्स चालकहरुलाई समेत मर्यादीत बनाउने र सबैको ड्रेसकोडमा एकरुपता ल्याउने सहमती भएको छ ।

ग्रामिण भेगबाट बजारमा आउने सर्वसाधरणमा ट्राफिक नियमको जानकारी नहुँदा थप समस्या भएको भन्ने एम्बुलेन्स चालकहरुको गुनासो आएकोले त्यसलाई सम्बोधन गर्न जिल्ला भरी नै ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालनको लागि योजना बनाईएको सिंहले जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक अभियान्ता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रअ सरुवाको विषयमा माईस्थान र त्रिजुद्धमा विवाद, अराजक गतिविधि गर्नेलाई कर्वाही हुन्छ : सरावगी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापकहरुको सरुवा गरेपछि महानगरका दुईवटा विद्यालयको पठनपाठन सहित परीक्षा नै प्रभावित भएको छ । महानगरपालिकाको शिक्षा महाशाखाले वीरगन्ज महानगरका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापाकको सरुवा गरेपछि शिक्षकले सरुवालाई कारण देखाएर पठनपाठन र परीक्षा नै स्थगित गरेका छन् ।

वीरगन्जको माइस्थान स्थित रहेको माइस्थान विद्यापीठ माध्यमिक विद्यालयमा प्रधानाध्यापक विनोद मेहताको सरुवा गरिएको विरोधमा विद्यार्थीहरु आन्दोलित नै भएका छन् । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मेयर विजय सरावगीका विरुद्ध नाराबाजी गर्दै प्रदर्शन समेत गरेका छन् ।

प्रधानाध्यापक विनोद मेहतालाई महानगरपालिकाले अन्य विद्यालयमा सरुवा गरेको विरोधमा त्यस विद्यालयका शिक्षक पठनपाठन ठप्प पारेर गत शुक्रबारदेखि नै आन्दोलनमा छन् । पठनपाठनको गुणस्तर र भौतिक संचरनाले समेत धरायसी भइसकेको विद्यालयलाई आफनो कार्यकालमा प्रधानाध्यापक मेहताले थुप्रै सुधार गरेर जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा पहिचान दिलाउन सफल भएको भन्दै माइस्थान विद्यापिठका शिक्षकले मेहताको सरुवाको विरोध गरेका हुन् ।

सरुवा भएका प्रधानाध्यापक मेहताले पनि मेयर सरावगीले आफू निकटका तीनजना प्रधानाध्यापकलाई राम्रा विद्यालयमा ल्याउनका लागि नियमविपरित सरुवा गरेको बताए ।

यसैगरि वीरगन्जको विर्तामा रहेको त्रिजुद्ध रघुवीरराम महावीर प्रसाद माविमा प्रधानाध्यापकको सरुवाबाट असन्तुष्ट शिक्षकको आन्दोलनका कारण आइतबार उक्त विद्यालयका विधार्थी परीक्षा दिनबाट समेत बन्चित भएका छन् । आइतबार बिहान अन्य विद्यालयमा सरुवा भएका प्रधानाध्यापक नविन मिश्रा र उनका पक्षधर शिक्षकले परीक्षा स्थगित गरिएको भन्दै सूचना टाँसेपछि विधार्थी परीक्षा दिनबाट बन्चित भएका हुन् ।

मिश्रसहितका शिक्षक आफैले आइतबार बिहान परीक्षा दिन पुगेका विधार्थीलाई परीक्षा स्थगीत भएको भन्दै विधार्थीलाई घर जान निर्देशन दिएका थिए । तर सरुवाको पक्षमा रहेका शिक्षकले परीक्षा सन्चालन हुने अडान लिएपछि विद्यालयमा तनाव नै सृजना भएको थियो ।

शिक्षकको उक्साहटमा दुई गुटमा विभाजित भएका विधार्थीले सरुवा भइ अर्कै विद्यालयमा पठाइएका र सरुवा भइ विद्यालयमा आएका प्रध्यानाध्यापकको पक्ष विपक्षमा नाराबाजी गर्दै एकआपसमा हानाहान समेत गरेपछि विद्यालय परिसर झनै तनावग्रस्त बन्न पुगेको थियो ।

विधार्थीबीच झपड भएपछि वडा प्रहरी कार्यालय वीर्ताबाट आएका प्रहरीले स्थिति नियन्त्रणमा लिएको थिए । शिक्षक र विद्यार्थीबीच विवाद भएपछि संघीय समाजवादी फोरम नेपाल, राजपा, कांग्रेसका दर्जनौं नेता कार्यकर्ता पनि विद्यालय परिसरमा छिरेका थिए ।

पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय कुमार कलवार सहितका केही शिक्षकले छलफलबाट समस्या सामधान गर्ने आश्वासन दिएपछि भने विधार्थी परीक्षा नै नदिइ घर फर्किएका थिए । प्रधानाध्यपकको सरुवा, नियमित प्रक्रिया भएपनि आफ्नो स्वार्थका लागि शिक्षक, शिक्षिकाले राजनीति दलको उक्साहटमा लागेर विधार्थीबीच नै झगडा लगाउने काम गरेका छन् ।

यस विषयमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत डाक्टर भीष्म कुमार भुषालले महानगरको शिक्षा महाशाखाले नियम संगत ढंगले विधि पु¥याएर प्रधानाध्यापकको सरुवा गरेको बताए । शिक्षकको सरुवा र बढुवा नियमित प्रक्रिया हो, त्यही नियमित अन्तर्गत महानगरले सरुवा गरेको उनको भनाई छ ।

सरकारको जागिर खाइ सकेपछि म अन्त जान्न, यहि नै बस्छु भनेर कुनै पनि कर्मचारीले भन्न नपाउने बताए । तर महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले भने बोर्डमा कुनै सरसल्लाह नै नगरी मेयर सरावगीले आफू खुशी प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाइन् ।

अहिले सबै विद्यालयमा परीक्षा चलिरहेका बेला प्रअहरुको सरुवा गरेर विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै यो सरुवा नियमसंगत नै नरहेको आरोप लगाउँदै आफू यो सरुवाको विपक्षमा रहेको बताइन् ।

यता मेयर सरावगीले विद्यार्थीहरूलाई उस्काएर हेडमास्टरहरूले गलत संस्कारको विकास गरेको बताएका छन् । उनले विवाद समाधानको लागि महानगरपालिकामा वार्ता भएको बताए । तर सरुवा भएका प्रअहरू सुरुवा गरिएको ठाउँमा नजाने र मेयरले पनि सरुवाको अडान लिएपछि वार्ता सफल भएन ।

महानगरले वीरगंजको माईस्थान विद्यापीठका प्रअ विनोद मेहतालाई सुखचैना माविमा, सुखचैना माविका प्रअ दिनेश चौरसियालाई रेल्वे माविमा, नृसिंह माविका प्रअ हरेन्द्र कुर्मीलाई त्रिजुद्धमा, सुरजीदेवीका प्रअ अनिल वर्णवाललाई नृसिंहमा, त्रिजुद्ध माविका प्रअ नवीन मिश्रलाई सुरजीदेवीमा, रेल्वे माविका प्रअ देवशरण यादवलाई सोलकपुर माविमा, कोन्हिया माविका प्रअ मुतुर्जा हवारीलाई माईस्थानमा तथा रात्रि माविका प्रअ पुरुषोत्तम मिश्रलाई कोन्हिया माविमा सरुवा गरिएको छ ।

यसैगरि आइतबार साँझ नै मेयर विजय सरावगीले पत्रकार सम्मेलन गरि प्रअ सरुवामा कुनै किसिमको कमि कमजोरी नभएको बताए । उनले धेरै दिनदेखि एउटै विद्यालयमा रहेका प्रअलाई नियमपूर्वक सरुवा गरिएको बताए । विद्यार्थीहरुलाई उस्काएर अराजक गतिविधि गर्नेलाई कर्वाही समेत गरिने प्रअ सरावगीले वताए । सरुवा गरिएको आठ विद्यालयका खाता समेत रोका गरिएको उनले जानकारी गराए । शिक्षा माफियाको विरोधमा आफु लागेको उनको भनाई थियो ।

दुर्घटनामा परि मृत्यु भएको विद्यार्थीहरुको सम्झनामा दिप प्रजवलन

वीरगंज । दाङमा बस दुर्घटना भएर मृत्यु भएका विद्यार्थीहरुको सम्झनामा आइतबार साझ वीरगंजमा दिप प्रजवलन भएको छ । नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी, पर्साको आयोजनामा वीरगंजको घण्टाघरमा दिप प्रजवलन गरी मृत्यु भएकाहरु प्रति ऋद्धाञ्जली अर्पण गरिएको हो ।

दिप प्रजवलन कार्यक्रममा नेकपाका युवा नेता रहबर अंसारी, प्रभाकर गुप्ता, वृजलाल पसवान, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य इशक कुमार, पर्सा संयोजक मित्रदेव यादव, ठा.रा.ब. इकाई अध्यक्ष मेराजुल हवारी, अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादव, ओबिसी पर्साका अध्यक्ष अकलेश साह, लियो क्लब वीरगंजका पूर्व अध्यक्ष दिपेन्द्र यादव, रुसभ अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

dip prajawalan2-kalikatimesकार्यक्रममा सवारी दुर्घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण समेत गरिएको थियो । गत शुक्रबार बान्केको दाङका विद्यालयका विद्यार्थीहरु पिकनिकबाट घर फर्किदा बस दुर्घटनामा परि २३ जनाको मृत्यु भएको थियो ।

लायन्स र लियोको फेलोसिप कार्यक्रम सम्पन्न

वीरगंज । लियो र लायन्स क्लबको संयुक्त आयोजनामा शनिबार निजगढको मयुरीमा फेलोसिप कार्यक्रम सम्पन्न भएको हो । दवै क्लबका सदस्यहरु वाराको निजगढमा रहेको मयुरी डाडामा प्ुगी पिकनिक मनाउदै फेलोसिप कार्यक्रम गरेका थिए ।

leo dipen-kalikatimes

कार्यक्रममा लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष उमेश शर्मा, लियो क्लब अफ वीरगंजका पूर्व अध्यक्ष दिपेन्द्र यादव, सरिता खड्कीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमकमा लायन्स क्लबका राघव अचार्य, गुडी जोशी, विजय ओझैया लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण लायन्स क्लबका बासु तिमिल्सिनाले गरेका थिए ।

leo sarita-kalikatimesकार्यक्रममा लायन्स क्लबका बलराम श्रेष्ठ, पप्पु श्रीवास्तव, पि.एम.सी. रमेश अग्रवाल, निलिमा पौडेल, लियो क्लबका सुमति भंगर, तिवारी यादव, शम्भु कुमार सुमन, इशक कुमार, मेराजुल हवारी, अंजली ग्रग, अमृता ठाकुर, नाजिया रहमानी लगायत ६५ जनाको सहभागिता रहेको थियो ।

eo-kalikatimes

सुर्योदयको बार्षिकोत्सवमा आयोजित रजत जयन्ती समाहरोह सम्पन्न

पर्सा । सुर्योदय युवा क्लब, बागेश्वरी तित्रौना, पर्साको २५ औं बार्षिक सधारण सभा तथा रजत जयन्ती समाहरोह शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकनारायण प्रसाद यादवको अध्यक्षतामा भएको समाहरोहको उदघाटन प्रदेश सांसद अशिया देवी थारुइनले गरेकी थिइन ।

२०५१ सालमा स्थापना भई निरन्तर समाजिक कार्य गर्दै आएको गैर सरकारी संस्था सुर्योदयले २४ औं बर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती समाहरोहको आयोजना गरेको थियो । समाहरोहमा सांस्कृत कार्यक्रम समेत भएको थियो ।

पर्सागढी नगरपालिकाको वडा नं. ६ स्थित रहेको संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य अशोक गुप्ता, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, वडा अध्यक्ष रामजी साह, काशी राउत, किशुनदेव प्रसाद यादव, किशोरी राउत अहिर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन संस्थाका कार्यक्रम संयोजक दिपेन गिरी राज कडेलले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गोमा देवी सिंहले गरेकी थिइन । सधारण सभाको उदघा सत्रमा संस्थाको आर्थिक बर्ष २०७४/०७५ को आय व्यय रु ९९ लाख ७१ हजार ४ सय ६७ बराबरको आर्थिक प्रतिवेदन संस्थका सचिव पानलाल साहले प्रस्तुत गरेका थिए ।

सोही समाहरोहमा सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको २३ औं सधारण सभाको उदघाटन समेत गरिएको थियो । उदघाटन सत्र तथा रजतजयन्ती समाहरोह मै ढिलो भएका कारण शनिबार सधारण सभाको बन्द सत्र हुन सकेन र मंगलबार बन्द सत्र हुने संस्थाका गिरी राज कडलले वताए ।

रेडक्रस उप शाखा पोखरियाको सभापतिमा पुन कुर्मी, पत्रकार बानियाँ सम्मानित

पर्सा । नेपाल रेडक्रस सोसाइटी उप शाखा पोखरियाको सभापतिमा पुन भगवान प्रसाद कुर्मी सर्ब सहमत चयन भएका छन । उप शाखा पोखरियाको शनिबार सम्पन्न २९ औं अधिबेशनले कुर्मीको सभापतित्वमा ९ सदस्यि समिति चयन गरेको हो । जुन समितिमा विनोद गिरी, राजेश्वर रौनियार, पर्वत ठाकुर, हिमाञ्चल साह, विजय कुर्मी, चन्द भुषण प्रसाद, प्रयाज्ञ महतो, गोरख साह रहेका छन । यस्तै मनोनित सदस्यमा सुभ्रदा थापा सर्बसहमत चयन भएकी छिन ।

श्री जिल्ला उचांगल रामदेव कलवार मा.वि. पोखरियामा भएको अधिबेशनको उदघाटन सत्रमा आर्थिक बर्ष २०७४/०७५ को रु १७ लाख ६८ हजार ६ सय ४० बराबरको आय व्यय प्रस्तुत गरिएको थियो । समाहरोहमा पूर्व सांसद प्रधुमन चौहान, रामेश्वर रौनियार, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का संयोजक फुलमहमद मियाँ, पर्सा शाखाका मन्त्री बिरेन्द्र राज कडेल, कोषाध्यक्ष महन्थ यादव, उप सभापति भागवती चौधरी लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पत्रकार लालबाबु बानियाँलाई सम्मान समेत गरिएको थियो । पर्साको ग्रामिण भेगमा क्रियाशिल भई पत्रकारिता गर्दै आएका बानियाँले रेडक्रस उप शाखा पोखरियालाई सहयोग गरेको भन्दै दोसल्ला ओढाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

म एउटा “नारी” मेरो अनेकौ रुप : मेरा अनेकौ पीडा

म जब आमाको कोखमा हुदा मलाई छोरी भनेरे आमाकै कोखमा मार्ने प्रयास गरिन्छ । केही गरि भग्यले यो धर्तिमा पैतला राखेको छु। भने घरमा छोरी भनेर घृणा तिरस्कृतित हुन्छु। किन भने म नारी हु।

यो सब समस्या पार गर्दै म युवती हुन्छु । अनि समाजले हेर्ने गिद्धी नजरज को सिकार हुनपुग्छु। किन भने म नारी हु।

त्यस पछि मेरो बिवाह हुन्छ । अनि एउटा घरमा जहाँ म कसैलाई चिन्दिन । मेरो श्रीमान जो संग बिहेहुनु भन्दा अगाडि उसको स्वभाव उसको बानी बेहोरा केकस्तो छ। त्यो पनि थाह हुदैन। तर एउटा अन्जान परिवार अन्जान व्यक्ती संग बस्नु पर्ने बाध्यता आउँछ । त्यति बेला पनि आमा बुवाले बिहेगरेर पठाएको घरमा दुइथोपा आँसु झार्दै अर्का को घर पुग्छु । किन भने म नारी हु ।

अनि त्यहा लक्ष्मण रेखा बनाइन्छ । जहाँ आफ्नो इक्षा अकान्छालाई मारेर भए पनि सब परिवारलाई खुशी राखछु। र मनदुखयो भने एकान्त मा गएर रुन्छु । मेरो आँसु पुछने कोइ हुन्न । तै पनि म खुशी छु । किन भने म नारी हु ।

सबलाई खाना खुवाएर म अन्तिम मा बचेको भाग म खान्छु । अनि त्यसैमा एक्लै रमाउछु । राती श्रीमान जाड रक्सी खाएर खाएर आउदा नानाथरिका गालि खाएर । अस्बद दुर्ववहार हुदा पनि बिहान उठेने बितिकै (हजुर भन्नु) पर्ने हुन्छ । तर पनि म सहेर बस्छु । किन भने म नारी हु ।

केही गरि अन्जानमा घरको नियम विपरीत हल्का गल्ती भयो भने पनि गालिसंग, कुटाइपिटाइ अझै त्यो बाट पनि पुगेन भने जाएरै मारिन्छ।किन भने म नारी हु ।

के यो समाज मा छोरिलाई स्वतन्त्र बाचन पाउने अधिकार छैन ? किन मलाई मलाई आमाकै कोख बाटै मार्ने प्रयास गरिन्छ ? आखिर समाजले मलाई किन सम्मान व्यवहार दिदैन ?  कानुले जति कानुनी व्यवस्था गरे पनि कागज मै सिमित किन ? समाज र समाजिक कार्यकर्ता जो समाज परिवर्त को ठुला- ठुला कुरा गर्छन । समाज परिवर्तन कुराले हैन । आफ्नो व्यहवारले समाज परिवर्तन गर्नुस ।

अनिल साह
वीरगंज

नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन आन्दोलन घोषणा

वीरगन्ज : वीरगन्जको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला घोषणा गराउन शनिबार वीरगन्जमा बृहत सर्वपक्षिय बैठक बसेको छ । बैठकले नेपालकै दोश्रो नारायणी रगंशालालाई कसरी प्रादेशिक रगंशाला बनाउन सकिन्छ भन्नेबारे आन्दोलनमा कार्यक्रम सार्वजनिक गरेको छ ।

बैठकले पौष १६ गते नारायणी रगंशालामा मानव सांङ्लो बनाएर घेराउ गरी प्रदेश सरकारलाई दबाब दिने, पत्रकार र नागरिक अगुवाको नेतृत्वमा प्रदेश नम्बर २ को प्रादेशिक सरकारलाई ज्ञापन बुझाउने र डिपीआर तयार भइसकेकोले त्यसैअनुसार नारायणी रगंशाला निर्माण अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता हुनसक्ने प्रदेश रगंशाला बनाउन दबाब दिने निर्णय गर्‍यो ।

त्यसैगरी राजनीतिक दलहरुलाई ‘मेरा वीरगन्ज’ को नारासाथ माग र मुद्दाहरुप्रति प्रतिबद्ध गराउन खुल्ला मञ्चमा कार्यक्रम गर्ने, यो अभियानलाई सघाउन र सूचना आदानप्रदान गर्नको लागि एउटा फेसबुक पेज तथा ग्रुप समूह बनाउने निर्णय बैठकले गरेको हो । बैठकमा भएको निर्णयलाई सम्पूर्ण राजनीतिक दलका नेता, समाजसेवी, खेलकुद प्रेमी, युवा, महिला र संचारकर्मीहरुले सर्वसहमतबाट पारित गरेका थिए ।

१८ विगामा फैलिएर जिर्ण अवस्थामा रहेको नेपालकै दोश्रो रंगशालाको रुपमा रहेको वीरगन्ज नारायणी रंगशालालाई प्रादेशिक रगशाला घोषणा गराउन वीरगन्जका नागरिक समाजले सर्वपक्षिय भेलाको आयोजना गरेको थियो ।

 भेलाका सहभागिबाट संकलन गरिएको रायसुझावको आधारमा नै पाचबु्ँदे निर्णय पारित गरिएको हुनाले यसलाई अभियानकै रुपमा सञ्चालन गर्ने आयोजक संस्थाका कन्चन झाले बताए ।

भेलामा राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजेशमान सिंहले दलगत स्वार्थ भन्दामाथि उठेर वीरगन्जको विकासमा सबै वर्गको सहयोग हुन आवश्यक रहेको बताए । उनले भने वीरगन्जको माटोलाई माया गर्छौ भने सम्पूर्ण वीरगन्जवासी एक ढिक्का भएर अगाडी बढनुपर्छ ।

राजपा नेपालका ६ वटै अध्यक्ष मण्डल, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपालीकाग्रेसका नेता विमलेन्द्र निधि, एमालेका नेता रघूविर महासेठलगायत शिर्ष नेताहरु पूर्वकै रहेका हुनाले वीरगन्जलाई अपहेलित गर्ने काम मात्र गरेको गुनासोसमेत नेता सिंहले गरे ।

कर्म गर्ने वीरगन्ज र फलपाउने जनकपुर, महासचिव सिंहले भने अब हामी पूर्वका नेताहरुको लागि वीरगन्ज कर्म स्थल बन्न दिदैंनौ वीरगन्जको विकासको लागि वीरगन्जकै युवा एकजुट भई सकेको हुनाले वीरगन्ज विकासको सवालमा नेताहरु सहमति नजनाए वीरगन्जमा प्रवेश मै रोक लगाउनुपर्छ ।

‘वीरगन्ज निवासी मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रादेशिक रगंशाला वीरगन्ज मै हुनुपर्छ भनि एकशब्द बोलेनन् ।,’ नेता सिंहले भने, ‘मुख्यमन्त्रीले वीरगन्जको विकास गर्न चाँहदैन ।’

कार्यक्रममा वीरगन्जका उपमेयर शान्ति कार्कीले वीरगन्जलाई प्रारदेशिक राजधानी र नारायणी रगंशाला प्रादेशिक रगंशाला घोषणा गराउनको लागि प्रत्येक राजनीतिक दलका नेताहरुले आफनो जिल्ला अध्यक्षलाई दबाब दिनुपर्ने बताए ।

मध्यमाञ्चल खेलकुद विकास समिति वीरगन्जका संयोजक मानदेव हजरा, खेलकुद प्रेमी शिवशंकर पटेल, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष ईम्तीयाज आलम, नेकपाका नेता मनोज चौधरी, राजपाका सह महासचिव निजामुदिन समानी, वडा नम्बर १५ वडा अध्यक्ष गजेन्द्र पटेल गायतले प्रदेश सरकारले वीरगन्ज प्रति देखाएको रवैयाको विरोध गर्दै, वीरगन्जवासीले आफनो अधिकार लिन एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

चुरे दोहनले धान खेती घटायो पानी सुकायो

प्रणय साह/
पर्सा । प्रदेश नं २ मा पर्ने पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. १, महादेवपटीका कृषक धनराज चौधरीले धान, गहुँ, तोरी, मसुरीको खेती गर्दै आएको २ विगहा जमिन २ बर्ष अघि आएको बाढीले मरुभुमिमा परिणत भएको छ । तर उनले सोे ठाउँमा त्यति ठूलो बाढी आउला भनी पहिले कहिले कल्पनासम्म पनि गरेका थिएनन् । एक्कासी बाढी आएपछि अहिले खोलाको सतह पहिलेको तुलनामा बढेको र यसले गर्दा उनलाई खेती गर्न पनि गाह्रो भएको छ ।


यस्तै महादेवटीकै अर्का किसान मनमोहन महतोको ६ विगहा खेती योग्य जमिन पनि बाढीले बगाएर ल्याएको बालुवाले ढाकेको छ । बाढी आउनु अघि उनले आप्mनो जग्गामा धान, गहुँ, मसुरी आदि लगाउँथे । तर बाढीले खेती योग्य जमिनलाई मरुभुमि बनाइदियो । अहिले उनी धान, गहुँ, मसुरलगायत खानेकुरा बजारबाट किनेर खान बाध्य छन् । मनमोहनका अनुसार बाढी आउनु अघि सानो नाला झैँ बग्ने खोला बाढी आएपछि फराकिलो खोलाको रुपमा परिणत भएको छ । यसो हुनुको मुख्य कारण चुरे विनाश नै हो भन्ने उनको बुझाई छ । चुरे विनाशका कारण हालसम्ममा पर्साको जिराभवानी गाउँपालिका स्थित ओरिया नदी छेउको सयौं विगाहा खेती योग्य जग्गा मरुभुमिमा परिणत भइसकेको पनि उनको भनाई छ ।
प्रदेश नं. २ का अधिकांश तराईवासीको पानीको मुख्य स्रोत नै जमिनमुनिको पानी हो । खेतीपाती र खानेपानीका लागि यहाँ चापाकल र बोरिङका माध्यमबाट जमिनमुनीको पानी तान्ने गरिन्छ । करिब बीस वर्ष पहिले पर्साको जिराभवानी गाउँपालिका वडा नं. ५ र वरपरको क्षेत्रमा १७÷१८ मिटर गहिरो खन्ने वित्तिकै पानी भेटिन्थ्यो । तर अहिले १०० मिटर गहिरो खन्दा पनि पानी भेटिन कठीन छ । हाल यो समस्या प्रदेश नं. २ को पर्सा जिल्लामा मात्र होइन बारा, धनुषा, महोत्तरी, सिरहा, सर्लाही लगायतका जिल्लाहरूमा पनि छ र यो कारणले यहाँको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।
अर्का किसान दुखा महतोको गरिखाने जमिन आँखै अगाडी मरुभुमि भयो । २ वर्ष अघि आएको बाढीले उनको सारा जमिन क्षण भर मै बगर बनाइदियो । कुनैबेला आप्mना् घर अगाडी धान र गहुँ राख्ने भकारी भएको सम्झिँदा दुखा महतोको आँखामा आँसु रसाए । उनी भन्छन्, पाँच बर्षअघि नदी गाउँ भन्दा टाढा थियो, तर अहिले नदीले धार फेरेर गाउँ नजिकै आएको छ र खेती र करेशाबारी गर्ने जग्गा समेत मरुुभुमि बनाइदिएको छ । ‘बाढी आएको समयमा खेतमा धान लहराइरहेको थियो, उनी सम्झन्छ्, तर बाढीले धान पनि लग्यो र खेत पनि कटान गरेर खोला गाउँकै नजिक आएको छ । अहिले म दिनको ६०० रुपैयाँको दरले ज्याला मजदुरी गरेर गुजारा गर्छु ।’
चुरे क्षेत्रबाट जथाभावी गिटी, बालुवा निकासी र वन जंगल कटानी गर्नाले तराई क्षेत्रका खोलामा पानी सुकेको र बर्षाका बेलामा बाढी पहिरोको खतरा बढेको छ । १०÷१२ बर्ष यतादेखि प्रदेश नं २ मा पर्ने तराई क्षेत्रका १०० देखि १५० विगहा सिंचित हुने करिव २०÷२५ वटा बोरिङ्ग सुकिसकेका छन् र यी सवै समस्याका मूल कारण नै चुरे क्षेत्रको विनास भएको स्थानीय किसानहरूको ठम्याई छ ।

चापाकल पनि सुक्दै
पर्सा जिल्लाको उत्तरी ग्रामीण क्षेत्रमा रहेका आधा दर्जन गाउँमा पानीको स्रोत सुक्न थालेको छ । करिव ५÷७ वर्ष अघिदेखि गाउँघरमा रहेका चापाकलमा पानी आउन छाडेको ठोरी गाउँपालिका वार्ड न. ५ का सोममाया मगरले बताइन् । त्यहाँ सिँचाइमात्र होइन खानका लागि समेत पानीको समस्या परेको छ । पहिले १६ ÷१७ मिटर गहिरो खनेपछि प्रशस्त पानी आउने तर अहिले ७२ मिटर गहिरो बोरिङ खन्दा पनि पानी नआएपछि गाउँलेहरू चिन्तित भएका छन् । पर्सा जिल्लाको उत्तरी भागमा पर्ने पटेर्वा सुगौली गाउँपालिकाको सोनवर्ष, जिराभवानी गाउँपालिकाको संकर सरैया, सेढवा, जगरनाथपुरमा पनि खानेपानी र सिँचाइका लागि पानीको अभाव सिर्जना भएको छ ।
जिराभवानी ५, पहाडी टोला हरैया टोलमा रहेको ४०÷५० घर धुरीलाई खाने पानीको ठूलो समस्या परेको छ । अहिले त्यहाँका खानेपानीका धाराहरु सुक्दै गएका छन् । २०५० साल तिर हरैयामा १६÷१७ फिट गहिरो खन्दा राम्रो पानी आउँथ्यो तर अहिले ५०÷६० फिट गहिरो खने पनि पानी आउन गाह्रो परेको छ । पहिले त्यो ठाउँमा घना जंगल थियो तर अहिले वनजंगल विनास हुँदै गएकाले पानी सुक्दै गएको रेबती घिमिरेको भनाइ छ । साथै अहिले खाने गरेको पानीको गुणस्तर र स्वाद पनि पहिले जस्तो नरहेको उनी बताउँछन् ।
ठोरी गाउँपालिका वडा नं. ५ की सुनिता बुढाथोकी पहिले घर घरमा चापाकल हुने गरेपनि हिजोआज पानी सुकेका कारण कसैको घरमा पनि चापाकल नरहेको बताउँछिन् । साथै १६÷१७ बर्ष अघिदेखि नै गाउँमा पानी सुक्ने समस्या सुरु भएको र वनजंगल विनाश तथा चुरे संरक्षण अभावकै कारणले यस्तो समस्या आएको उनको पनि बुझाई छ ।
बरिष्ठ पत्रकार चन्द्रकिशोर झालाई देशमा संघिय शासन पद्धति लागु भएपछि वनजंगलको संरक्षण हुन्छ र संघिय, स्थानीय तथा प्रदेशका जनप्रतिनिधि आए पछि चुरे दोहन रोकिन्छ भन्ने लागेको थियो, तर यो हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘धान फल्ने खेतमा बालुवा भइदिएका कारण उत्पादकत्वमा ह्रास आएको छ । चुरे दोहन नरोकिए आउदो १० बर्षमा तराई क्षेत्र मरुभुमीमा परिणत हुन सक्ने चेतावनी उनी दिन्छन् । ‘यसको जिम्मेवारी संघिय, प्रदेश र स्थानिय सरकारले लिनुपर्छ । तराई क्षेत्रमा पानीको सतह खस्दै गएको छ र बालुवाको मात्रा बढदै गएको छ । चुरे विनासले पारेका यस्ता प्रभावहरु हामी अहिले प्रत्यक्ष देख्न सक्छौँ, यनले भने ।’

अत्यन्तै खुकुलो र कोमल भू–बनोट भएको चुरे क्षेत्रमा भइरहेको बन फँडानीले गर्दा बर्षायाममा पानी पर्ने बित्तिकै पानी बग्ने भएकाले त्यस क्षेत्रमा भूमिगत जल सिंचित हुन नसकिरहेको विज्ञहरूको भनाइ छ ।
जानकारहरूका अनुसार चुरे क्षेत्रमा ५० वर्ष अघि पूर्व–पश्चिम राजमार्गदेखि दश किलोमिटर मुनिसम्म घना जंगल थियो र बाह्रै महिना चुरे क्षेत्रमा पानी जमेको हुन्थ्यो । तर विकासको नाउँमा चुरे क्षेत्रको विनाश बढ्दै गयो । हाल चुरे क्षेत्रको माटो बगेर चुरेदेखि दक्षिणतिरको खोलाको सतह बर्षेनि २५ देखि ३० सेन्टिमिटर बढ्दै गएको पनि विज्ञहरू बताउँछन् । यसले गर्दा बस्ती र खेतीयोग्य जमिनमा बाढीको खतरा बढेको छ । तराइको वाटरलेभल रिचार्जको मुख्य स्रोत रहेको चुरेको विनाश बढेसँगै पानीका मुहानहरू पनि सुक्दै जान थालेका छन् । साथै वातावरणीय प्रभाव मूल्यांकन नगरी अनियन्त्रित ढंगले सडक बनाउन डोजर लगाउनाले पनि चुरे पहाडको विनाश भइरहेको छ ।

चुरे संरक्षणका लागि कार्यक्रम

चुरे संरक्षणका लागि केही प्रयासहरू भएता पनि ती पर्याप्त छ्रैनन् । ती प्रयासहरूमध्ये चुरे क्षेत्रको संरक्षणका लागि नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम पनि एउटा ठूलो र महत्वाकांक्षी प्रयास हो । राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिको तथ्यांक अनुसार चुरे क्षेत्रमा १० हजार ९ सय २२ घरधुरी बसोबास गर्छन् । समुद्री सतहबाट ६० देखि ६ सय ५९ मिटर उचाइसम्म रहेको चुरे क्षेत्र पूर्व बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म करिव ३८ किलोमिटर क्षेत्रमा फैलिएको छ ।

राष्ट्रपति चुरे संरक्षण तराई विकास समितिको योजना शाखामा कार्यरत सहायक वन अधिकृत एवं सूचना अधिकारी रोशन कुमार श्रीवास्तवले ‘चुरेको माटो चुरेलाई सफा पानी सबैलाई’ नाराको साथ चुरे संरक्षण अभियान थालेको जानकारी दिए । चुरेको माटो चुरेमा नै जोगाएर राख्ने र तराई क्षेत्रलाई मरुभुमिबाट जोगाउने उद्देश्यले काम गरी रहेको पनि उनले बताए । विशेष गरी चुरे क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबाट नै चुरेको विनास भइरहेको र त्यस क्षेत्रमा बन्ने बाटोका कारण पनि चुरे विनाश भइरहेको तथा काठ तस्करी रोक्नु पर्ने र वनजंगलको जोगाउनु पर्ने पनि उनको भनाई छ ।
राष्ट्रपति तराई–मधेश चुरे संरक्षण अभियानले चुरे क्षेत्रसँग जोडिएको नदी प्रणाली अन्तर्गत पर्ने ९२ वटा स्थानीय तह मार्फत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । अभियानका लागि चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ४६ करोड २६ लाख २५ हजार रुपैयाँ मध्ये १ अर्ब ४२ करोड २ लाख २५ हजार रुपैयाँ ९२ वटा स्थानीय तहलाई तथा ४ करोड २४ लाख रुपैयाँ सातवटै प्रदेशका वन मन्त्रालयलाई वितरण गर्न लागेको राष्ट्रपति तराई–मधेश चुरे संरक्षण विकास समितिका कार्यक्रम अधिकृत रोशन श्रीवास्तवले जानकारी दिए । तर विस्तृत अध्ययनविना चुरे क्षेत्रमा जताततै डोजर, स्काभेटर आदि लगाएर बाटो खन्ने तथा ढुंगा, गिट्टी बालुवा निकाल्ने र काठ, दाउरा काट्ने काम अझै रोकिएको छैन । वन तथा वातावरण एवं भूसंरक्षण कार्यालय र विकास सम्वन्धी अन्य कार्यालयहरूबीच समन्वय नहुँदा पनि चुरेको विनाश रोक्न थप चुनौतीको सामना गर्नुपरेको छ ।