Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

जगतपुरकाे विवाद साम्य

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरको सडक अतिक्रमण सम्बन्धि विवाद साम्य भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई नतृत्वको गएको टोलीको उपस्थितीमा गाउँ भेला बसी सहमतीमा विवाद साम्य भएको हो ।

गाउँको मुख्य सडक अन्तर्गत ३० फिट भित्र पर्ने घर टहराहरु ५ दिन भित्र हटाउने सहमतीमा ववाद साम्य भएको वडाध्यक्ष किशोरी साहले वताए । सडक अतिक्रमण हटाउने सम्बन्धमा विवाद हुदा त्यहाँ हुने विकास निर्माणको काम प्रभावित हुदै आएको थियो ।

विवाद साम्य भए पछि अब बिकास निर्माणको काम अगाडी बढाउन सजिलो हुने नगरपालिकाका मेयर दिपनारायण रौनियारले वताए । विवाद समाधान गर्न भएको भेलामा मेयर रौनियार, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोर, सशस्त्रका प्रहरी उपरिक्षक लगायतको उपस्थिती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानी गाउँपालिका पूर्ण साक्षर घोषणा

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिकाका रूपमा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेका साक्षरतासम्बन्धी सबै सूचक तथा मापदण्ड पूरा...

नारायणी रंगशाला र कभर्डहलका लागि साढे १२ करोड बजेट विनियोजन

वीरगंज । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वीरगंजस्थित नारायणी रंगशाला र नारायणी बहुउद्देश्यीय कभर्डहलको स्तरोन्नतिका लागि कुल १२ करोड ५० लाख रुपैयाँ...

पर्सामा भन्सार छलीका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा सहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका स्याउ तथा ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...