Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जगतपुरकाे विवाद साम्य

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरको सडक अतिक्रमण सम्बन्धि विवाद साम्य भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई नतृत्वको गएको टोलीको उपस्थितीमा गाउँ भेला बसी सहमतीमा विवाद साम्य भएको हो ।

गाउँको मुख्य सडक अन्तर्गत ३० फिट भित्र पर्ने घर टहराहरु ५ दिन भित्र हटाउने सहमतीमा ववाद साम्य भएको वडाध्यक्ष किशोरी साहले वताए । सडक अतिक्रमण हटाउने सम्बन्धमा विवाद हुदा त्यहाँ हुने विकास निर्माणको काम प्रभावित हुदै आएको थियो ।

विवाद साम्य भए पछि अब बिकास निर्माणको काम अगाडी बढाउन सजिलो हुने नगरपालिकाका मेयर दिपनारायण रौनियारले वताए । विवाद समाधान गर्न भएको भेलामा मेयर रौनियार, पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोर, सशस्त्रका प्रहरी उपरिक्षक लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...