Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026

राजपा पर्साको सम्मेलन सम्पन्न, जिल्ला अध्यक्षको जिम्मेवारी सिंहलाई

spot_img
spot_img

वीरगंज । राष्ट्रिय जनता पार्टी (राजपा) पर्साको जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले जिल्ला अध्यक्षकाे जिम्मेवारी पार्टीका महासचिव राजेशमान सिंहलाई दिएको छ । स्थानिय पार्टीका नेता कार्यकर्ताहरुको माँग अनुसार जिल्ला सम्मेलन मार्फत महासचिव सिंहलाई जिल्ला अध्यक्षको पदको जिम्मेवारी दिएको हो ।

वीरगन्जको होटल पुजनमा आईतबार सम्पन्न जिल्ला सम्मेलनको प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पर्वेक्षक जुनैल राईनले पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी सिंहलाई नै दिएको घोषणा गरे । सिंह जिल्ला अध्यक्ष भएपछि स्वत महासचिवको पद रिक्त भएको छ ।

गत कार्त्तिक ८ गते बसेको पार्टीको केन्द्रिय अध्यक्ष मण्डलको बैठकले पार्टीको अधिवेशन नहुन्जेल सम्म पार्टीलाई क्रियाशिल रुपमा संचालन गर्न निर्देशीका बनाई जिल्ला सम्मेलन मार्फत एउटै तदर्थ समिति बनाई अगाडी बढ्ने निति अनुसार अगाडी बढेको उपाध्यक्ष राईन्ले बताए ।

पार्टीकै निति अनुरुप कार्त्तिक ३० गते शनिबार वीरगन्जको होटल कुमु प्यालेसमा विस्तारीत बैठकको आयोजना गरिएको थियो, उपाध्यक्ष राईनले भने, त्यही बैठकको निर्णयको आधारमा आज जिल्ला सम्मेलनको आयोजना गरी पार्टी तथा जनवर्गिय संगठनहरुको तदर्थ समितिहरु सर्वसहमतिबाट चयन गरिएको हो ।

नवगठित तदर्थ समिति ५१ सदस्यीय रहेको छ । जसको उपाध्यक्ष द्धयमा मदन प्रसाद यादव, जटाशंकर गुप्ता, सचिवमा उमेशलाल सहनी रहेका छन । पार्टीको क्षेत्रिय कार्य समिति प्रतिनिधि सभा क्षेत्र नं. १ का क्षेत्रिय अध्यक्षमा अयुब मियाँ, क्षेत्र नम्बर २ का अध्यक्षमा बैजुलाल स्वर्णकार, ३ काे अध्यक्षमा मनाेज कुमार ठाकुर र ४ काे अध्यक्षमा अकलेश कुमार यादव चयन भएका छन् । यस्तै वीरगन्ज महानगर, पर्सागढी, बहुदरमाई र पोखरीया नगर कार्यसमितिको अध्यक्ष पदको क्रमश लियाकत अलि, नितेश मिश्रा, अजय साह तेली र प्रयाग चौहानलाई जिम्मेवादी दिएको छ ।

त्यसैगरी राष्ट्रिय युवा संघ जिल्ला कार्य समितिको अध्यक्षमा शुशिल कुमार पटेल, युवा दस्ता जिल्ला समितिका अध्यक्ष शत्रुधन प्रसाद कुर्मी, राष्ट्रिय महिला संघ जिल्ला कार्य समिति अध्यक्षमा प्रतिमा सिंह, दलित संहका अध्यक्षमा रेखा देवी पासवान, विद्यार्थी संघका जिल्ला अध्यक्षमा मधुसुदन चौरसिया रहेका छन ।

सम्मेलनले मजदुर संघका अध्यक्षमा रेहान अंसारी, राष्ट्रिय शिक्षक संघको जिल्ला अध्यक्षमा उमेश ठाकुर, किसान संघको जिल्ला अध्यक्षमा अम्बीका राउत, निजामती कर्मचारी संघका सन्तोष साह, राष्ट्रिय कानुन व्यवसायी संघका जिल्ला अध्यक्षमा मेराज मियाँ लगायत जनवर्गिय गठनको तदर्थ समिति गठन गरिएको घोषणा गरेको हो ।

नवनियुक्त पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी राईन्ले अबिरकाे टिका र माला लगाई भव्य स्वागत र सम्मान गरेका थिए । पूर्वअध्यक्ष प्रेमबाबु पटेलको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा पार्टीका केन्द्रिय सचिव राजेश राय यादव, केन्द्रिय सदस्यहरु शम्भु प्रसाद चौरसिया, महाविर शर्मा, परमानन्द चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनियुक्त्त पददाधिकारीकाे कार्यकाल सफलताको कामना सहित उत्तरोउत्तर प्रगतिको कामना गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...