Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

राजपाको विस्तारित बैंठक सम्पन्न, सिंहलाई नतृत्व दिनु पर्ने माग

spot_img
spot_img

वीरगंज । राष्ट्रिय जनता पार्टी (राजपा) पर्साको विस्तारित बैठक शनिबार वीरगन्जको होटल कुमु प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रर्वेक्षक जैनुल राईनले पर्सा जिल्लामा केन्द्रको सर्कुल अनुसार एकल नेतृत्व दिनको लागि आजको विस्तारित बैठकको आयोजना गरिएको बताए ।

राजपामा आवद्ध छ दलका अध्यक्ष विच विचार नमिले पनि भोलीको दिनमा एकल नेतृत्व दिने कुरा सहमत छ, निषेद गरिएको छैन उनले भने, काम गर्ने नेताको सपोर्टमा जनता छन ।

विस्तारित बैठक बारे जिल्लाका ६ अध्यक्षलाई जानकारी गराउँदा पनि यस बैठकमा केहि अध्यक्षहरु सहभागिता जनाएन् उनले भने, केन्द्रिय सर्कुलको आदेश पनि उनीहरु मानेन् । उपाध्यक्ष राईन्ले भने, वडादेखि नगर सम्म क्षेत्र देखि जिल्ला सम्मको कमिटि गठन गरेर आउँनुस् २४ घण्टाभित्र पार्टीले दिएको जिम्मेवारी २४ घण्टाभित्र पुरा गर्न आफू प्रतिबद्ध छु ।

कार्यक्रममा पार्टीका महासचिव राजेशमान सिंहले प्रदेश सांसद रमेश प्रसाद कुर्मीले बजेटको प्रलोभन देखाएर पार्टी भित्र हैकमवादी लाद्न खोजेको आरोप लगाए । उनले भने, सांसद पटेलले पार्टीभित्र फुट् ल्याएर पार्टीको हित विपरित कार्य गईरहेकोले नेतृत्व वर्गले यसलाई गम्भिर रुपमा लिई कारवाही गर्नुपर्छ ।

पार्टी भित्र रहेको केहि असन्तुष्ट व्यक्तिलाई आफूले मिलाउँने प्रयास गरेको थियो, महासचिव सिंहले भने, तर कसैले मानेन् । यदी आफूसंग केहि गल्ती भएको छ भने, पार्टीले प्रष्टयाएर त्यसको कारवाहीको भागिदार हुन तयार समेत छु । होईन भने पार्टी फुटाउँने विरुद्ध नेतृत्व वर्गले कारवाहीको प्रकृया अगाडी बढाउँनु पर्छ ।

बैठकका सहभागि बक्ताहरुले पार्टीका महासचिव राजेशमान सिंहलाई जिल्लाको सभापती पदमा चयन गर्नुपर्ने माँग गरे । महासचिव सिंह केन्द्रमा गएका कारण जिल्ला स्तरमा पार्टीको काम सम्भाल्ने सक्षम नेतृत्वको अभाव भएकोले जिल्ला अध्यक्षमा सिंहलाई नै नेतृत्व दिनुपर्नेमा बक्ताहरुको जोड थियो ।

पार्टीका जिल्ला अध्यक्ष प्रेमबाबु पटेलको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा पार्टीका केन्द्रिय सदस्य महाविर शर्मा, परमानन्द चौधरी, शम्भु प्रसाद चौरसिया, राष्ट्रिय मुस्लिम संघका अध्यक्ष खैरोदिन, जिल्ला उपाध्यक्ष मदन यादव, सचिव राजेश राय यादव, विद्यार्थी नेता अमित यादव, महिला नेतृ प्रतिमा जोशी लगायतले बोलेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...