Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीपिएल क्रिकेट प्रतियाेगिताकाे टिम तथा खेलाडी छनाेट सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी रंगशाला क्रिकेट मैदानमा आउँदो मंसिर १४ देखि २१ सम्म हुने वीरगंज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको अक्सन आज सम्पन्न भएको छ । वीरगञ्ज मुर्लीस्थित सिटि प्यालेसमा सम्पन्न भएको अक्सन कार्यक्रममा प्रतियोगितामा सहभागि हुने ६ टिमले खेलाडी छनोट गरेका हुन् ।

युनाइटेड क्रिकेट क्लब वीरगंजको आयोजनामा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ, जसका लागि ६ मार्की खेलाडीको पनि चयन गरिएको क्लबका प्रवक्ता राजुल हवारीले वताए । प्रतियोगितामा वीरगंज स्टार्स, रौतहट राईनोज, डिसिसी स्टार्स, ड्रागन साहेब दरबार, केआईसी वीरगंज, सिंह ईलाभेन लायन लगायतका टिम सहभागि हुने हवारीले जानकारी गराए ।

प्रतियोगिताका संयोजक प्रफुल्ल सागर प्रधानको सभापतित्वमा र क्रिकेट एसोसिएसन नेपालका कोषाध्यक्ष रोशन सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा क्रिकेट एशाेसिएसन अफ नेपालकाे भू.पू. चिप सेलेक्टर मवारफ इजहार, सप्तरीका तिलाठी काईलाडी नगरपालिकाका मेयर सतिश सिंह लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रतियोगिताका प्रवक्ता हवारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...