शम्भु कुमार सुमन/वीरगंज (पर्सा), १५ पुस ।
कुरिति विरुद्धको अभियान आइतबार पर्साको जगरनाथपुर गाउँपालिकामा सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत छिपहरमाई गाउँपालिकाबाट सुरु भएको बालबिवाह, लैंङ्गिक हिंसा, चोरी–पैठारी, लागु औषध, दाइजो प्रथा लगायतको कुरिति विरुद्धको अभियान दोस्रो चरणमा जगरनाथपुरमा सम्पन्न भएको हो । अभियान अन्तर्गत जगरनापुरमा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै खुल्ला दिसामुक्त, बालविवाह, दाइजो प्रथा, लागु औषध लगायतको कुरिति सम्बन्धील चेतना मुलक नाटक समेत प्रदर्शन गरिएको थियो । नाटकको माध्यमले खुल्ला दिसा पिसाब नगर्न, वालविवाह नगर्न, दाइजो नलिन, चोरी–पैठारी नगर्न, लागु औषध सेवन नगर्न लागायतको सन्देश दिइएको थियो ।
कार्यक्रमलाई सम्बोद्धन गर्दै पर्साका प्रहरी उपरिक्षक (एस.पी.) रेवती ढकालले नेपाल प्रहरीले अपराध हुनै नदिन अभिप्रायले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका एस.पी. ढकालले सबै किसिमको सुरक्षा प्रदान गर्ने क्रममा अपराध नहोस, अपराध भइसके पछि अनुसन्धान मात्रै गरियोस र अपराध हुनै नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए ।

कार्यक्रमको समिक्षा गर्दै अभियानकी अभियान्ता एवं पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले छोरी जस्तै बुहारीलाई पनि अपनाउनु पर्ने वताइन । बुहारीलाई पनि छोरी जस्तै व्यहार गरे महिला हिंसामा कमि आउने खातुनको भनाई थियो । आफ्नो गाउँ, समुदायमा अपराधको घटना भएको अवस्थामा प्रहरीलाई खबर गरी सहयोग गर्न पनि खातुनले आग्रह गरिन ।
गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा, गाउँपालिकाकी उप प्रमुख बिसमिलाह खातुन, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिक्षाने, मनाव अधिकार निगरानी समुह, पर्साका अध्यक्ष तबरेज अहमद, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, समाजिक अभियान्ता प्रकाश थारु, सहयोगि संस्था पहलका अध्यक्ष दिलिप राज कार्की, सचिव दामोदर यादव लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी माधुरी महतोले गरेकी थिइन । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्ष ढकालको अगुवाईमा संचालित अभियान पर्साको सबै स्थानिय तहमा संचालन हुने अभियानका विन्दु भुषण साहले वताए ।



उपप्रधान मन्त्री यादवले मधेश आन्दोलनबाट मधेशको पहिचान स्थापित भएको बताउँदै मधेश आन्दोलनले नै संघियता आएको बताए । उनले वीरगंजमा रहेको नारायणी उपक्षेत्रिय अस्पताल क्षेत्रिय होइन राष्ट्रिय स्तरको बनाउन पक्रिया अगाडी बढिसकेको वताए । उनले भने,‘देशमा खुलेका सहकारी संस्थाहरुका कारण निमुखा गरीब तथा युवाहरु बढि लाभान्वित भएका छन र अब आर्थिक समृद्धिको लागी अगाडी बढन जरुरी रहेको छ ।
जंगबहादर राणाले बनाएको मुलुकि ऐनमा प्रजातान्त्रिक सरकारले प्रयोग गरेर देशलाई पुराण पुरानै ढाडामा चलाईरहेको बताउँदै उनले नयाँ संबिधान मार्फत १६ वटा कानुन बनाएर देशलाई समृद्धि तर्फ अगाडी बढाउने काम भईरहेको ठोकुवा गरे । सरकारले सबैलाई आधारभुत स्वास्थ्य निशुल्क निति निर्माणमा अगाडी बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवको भनाई थियो । सधारण सभाको उदघाटन समाहरोहमा सहकारी संस्थाको मोबाईल एप्स तथा वेवसाइटको समेत उप प्रधानमन्त्री यदावले उदघाटन गरेका थिए ।
विगत सात बर्षको छोटो अवधीमा एक करोडबाट कारोबार सुरु गरेको सहकारी संस्थाले ७ बर्षमा ३ हजार ५ सय सेयर सदस्य मार्फत साढे ५२ करोडको कारोबार गरेको छ । कार्यक्रममा सहकारी संस्थाको बारेमा प्रकाश तथा स्वागत मन्तव्य राख्दै संस्थाका कर्जा प्रबन्धक चन्देश्वर प्रसाद चौरसियाले संस्था नाफा कमाउन उद्देश्यले मात्र नभई समाजिक दायित्व अनुसार पनि अगाडी बढेको वताए । उनले सहकारीबाट सहजै ऋण प्रवाह गरी युवाहरुलाई रोजगारी समेत सृजना गरेको वताए ।
कार्यक्रमको संचालन पत्रकार द्वय लक्ष्मी खरेल र उजवल घिमिरेले गरेका थिए भने सहकारी संस्थाका विच डा. सुरेन्द्र प्रसाद चौरसियाले संस्थाको प्रतिवेद प्रस्तुत गरेका थिए । वीरगंज नगर सभामा गृहमा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
पर्सागढी नगरपालिकाका मेयर लोक नारायण प्रसाद यादवको अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथी पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे । घोषणा सभामा जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति, पर्साका सचिव जकी अहमदले नगर वासी संग आजको मिति दैखि नै बाहिर खुल्ला दिसा पिसाव नगर्न प्रतिवद्धत अर्थात कसम समेत खुवाएका थिए ।

घोषणा सभामा मेयर यादव, उप प्रमुख चौधरी, प्रमुख प्रशासकिय अधिकृत सुवेदी, वडा नं. १ देखी ९ सम्मका वडा अध्यक्ष, नेपाल पत्रकार महासंघ, गैसस महासंघ नेपाल, पर्सा लगायतकालाई सम्मान समेत गरिएको थियो । पर्सागढी नगरपालिकाको वडा नं. ६, बागेशवरी तित्रौना स्थित रहेको सुर्योद्य युवा क्लबको प्राङ्गणमा भएको घोषण सभामा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।