Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

पर्साका तत्कालिन सहायक प्रजिअ पौडेलसहित ८ जना उपर विशेष अदालतमा मुद्दा दायर

spot_img
spot_img

वीरगंज । गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. २  बस्ने अजहर हुसेन र आरिफ हुसेनलाई गैरकानूनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको आरोपमा पौडेलसहित वीरगञ्ज महानगरपालिका वडा नं. २  का वडाध्यक्ष शेष अव्वास, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुब्बा चन्द्रदेव ठाकुर र प्रशासकीय अधिकृत सदनकुमार कर्णविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी  दिए । झुट्टा विवरणको आधारमा नागरिकता लिने वीरगञ्ज महानगरपालिका वडा नं. २  बस्ने आरिफ हुसेन र सवरुन खातुनविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ ।

बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २  को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको कोइरालाले जानकारी दिए ।

यस्तै सोमबार नै वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्षसहित पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ४ जनाविरुद्ध बिशेष अदालत काठमडौंमा मुदा दायर भएको छ । दुई फरक मुद्दामा पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र नासु चन्द्रदेव ठाकुर दोहोरिएका छन् ।

झुट्टा विवरणको आधारमा ममता कुमारी गुप्तालाई नागरिकता प्रमाणपत्र दिएको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी पौडेल र नासु ठाकुरविरुद्ध अख्तियारले मुद्धा दायर गराएको हाे । झुट्टा विवरण पेश गरी नागरिकता लिने ममता कुमारी विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साबाट गलत कागजातको आधारमा गैर नेपालीलाई वंशजको आधारमा नागरिकता प्रमाणपत्र दिएको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा उनीहरु चारैजना मिलेर ममताकुमारी गुप्ताको नामको नेपाली नागरिकताको पतिको नामको खण्डमा जयप्रकाश प्रसाद गुप्ता लेखी सच्चाएको,  स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरुमा समेत नाम लगायतका विवरण सच्याई झुट्टा विवरणको आधारमा आशिषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा सँलगन रहेको आरोपमा मुदा दायर गराइएको प्रवक्ता कोईराला द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...