Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

अनेरास्ववियूद्वारा एमडि बसरुदिन अन्सारीलाई गिरफ्तार गर्न माग

spot_img
spot_img

वीरगंज । सत्तारूढ दल निकटका विद्यार्थी संगठन अनेरास्ववियुले नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध निर्देशक (एमडी) बसरुदिन अन्सारिलाई गिरफ्तार गर्न माग गरेको छ । अनेरास्ववियूका केन्द्रिय नेता सुदेस पराजुलीको नेतृत्वमा आईतबार वीरगंजमा अनेरास्ववियुले नेशनल मेडिकल कलेज प्रशासन बिरुद्ध प्रदर्शन गर्दै एमडि अन्सारीलाई गिरफ्तार गर्न माग गरेकाे हाे ।

वीरगंजको घण्टाघरबाट निस्केको अनेरास्ववियुको बिरोध र्‍याली विभिन्न प्ले कार्ड सहित चर्काे नाराबाजी गर्दै कलेजमा पुगी धर्ना समेत बसेका थिए । विराेध र्‍यालीमा सहभागिहरुले बसरुदिनलाई गिरफ्तार गर, बढि लिएको शुल्क फिर्ता गर, बिद्यार्थी कुटन पाईदैन, स्थानिय प्रशासन मौन किन ?, मेडिकल माफिया मुर्दावाद, राज्यले ताेकेकाे शिक्षण शुल्क लागु गर लगायतको चर्काे नारा लगाएका थिए ।

काठमाण्डौबाट आएका अनेरास्ववियुका विद्यार्थी नेताहरुले नेशनल मेडिकल कलेजका आन्दाेलनरत विद्यार्थीहरुकाे जारी आन्दाेलनमा एकवद्धता समेत जनाएका छन् । कलेजका आन्दाेलरत विद्यार्थीहरु आज पनि कलेज अगाडीकाे धर्ना जारी राखेका छन् भने धर्ना स्थल नै अनेरास्ववियुकाे विराेध र्‍याली पुगी जारी विद्यार्थीहरुकाे आन्दाेलनमा एकवद्धता जनाएकाे हाे ।

विद्यार्थीहरुकाे आन्दाेलनमा एकवद्धता जनाउदै अनेरास्ववियुका नेताहरुले कलेज प्रशासनबाट विद्यार्थी माथी भएकाे ज्यादतीकाे कडा विराेध गरे । कलेजका संचालक बसरुदिनले आफ्नै विद्यार्थी माथी गुण्डा लगाई कुटपिट गराएका कारण उनलाई गिरफ्तार गरी प्रशासनले कारवाही गर्नु पर्ने माग विद्यार्थी नेताहरुकाे माग छ । सरकारले निर्धारण गरेकाे शुल्का भन्बदा ढी अशुल गरेकाे रकम फिर्ता गर्नुकाे सट्टा उल्टै कलेजका संचालक अन्सारीले गुण्डा लागई कुटपिट गराउनु र स्थानिय प्रशासन केही नगर्नुले प्रशासनकाे समेत मिलाेमताे रहेकाे शंका उत्पन भइरहेकाे वाेल्ने वक्ताहरुकाे भनाई थियाे ।

स्ववियु काउन्सिल काठमाण्डौका अध्यक्ष मिलन गैराे, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका नेता मित्रदेव यादव, रामबाबु यादव, शिवम साह, मेराजुल हवारी, नसिम अक्त्तर, बिकेश यादव, रामबाबु मण्डल, हेमन्त तमांग, संदिप यादव लगायतकाकाे सयौ विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...