Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

नेकपाकाे १० गतेको कार्यक्रममा अनेरास्ववियू प्रदेश २ ले बलियाे उपस्थिति देखाउने

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रदेश २ स्तरीय बैठक आज सार्लाहीको हरीवनमा सम्पन्न भएको छ ।

बैठकले आगामी १० गते राष्ट्रिय गौरवका बिकास कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम पार्टी अध्यक्ष पुस्प कमल दहाल “प्रचण्ड” आउने कार्यक्रममा अनेरास्ववियूको उपस्थिति बलियो देखाउने, मेडिकल माफिया विरुद्ध पार्टीमा बहस चलाउने लगायतका निर्णयहरु भएको अनेरास्ववियू सर्लाहीका नेता विवेक मैनालीले जानकारी दिए ।

बिस्तारित बैठकमा अनेरास्ववियू नेता सुर्यनारायण शाहले आम विद्यार्थी नेताहरुलाइ २ नम्बर प्रदेशमा भइरहेको बेथिति बिसंगतीको बारेमा डटेर सामाना गर्न निर्देशन दिए । मेडिकल माफिया जोसुकै भएनी कारबाहीको दाहेरामा ल्याइ छाड्ने प्रतिबद्धता समेत साहले जानाए ।

बैठकमा प्रदेशमा रहेका साबिक सचीवहरु सुर्यनारायण साह र आरती लामा, केन्द्रिय सदस्यहरु, जिल्लाका अध्यक्षहरु साथै पार्टी नेताहरु को उपस्थित थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका प्रदेश २ सचिव सुमन प्याखुरेल थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...