Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

नेकपाकाे १० गतेको कार्यक्रममा अनेरास्ववियू प्रदेश २ ले बलियाे उपस्थिति देखाउने

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रदेश २ स्तरीय बैठक आज सार्लाहीको हरीवनमा सम्पन्न भएको छ ।

बैठकले आगामी १० गते राष्ट्रिय गौरवका बिकास कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम पार्टी अध्यक्ष पुस्प कमल दहाल “प्रचण्ड” आउने कार्यक्रममा अनेरास्ववियूको उपस्थिति बलियो देखाउने, मेडिकल माफिया विरुद्ध पार्टीमा बहस चलाउने लगायतका निर्णयहरु भएको अनेरास्ववियू सर्लाहीका नेता विवेक मैनालीले जानकारी दिए ।

बिस्तारित बैठकमा अनेरास्ववियू नेता सुर्यनारायण शाहले आम विद्यार्थी नेताहरुलाइ २ नम्बर प्रदेशमा भइरहेको बेथिति बिसंगतीको बारेमा डटेर सामाना गर्न निर्देशन दिए । मेडिकल माफिया जोसुकै भएनी कारबाहीको दाहेरामा ल्याइ छाड्ने प्रतिबद्धता समेत साहले जानाए ।

बैठकमा प्रदेशमा रहेका साबिक सचीवहरु सुर्यनारायण साह र आरती लामा, केन्द्रिय सदस्यहरु, जिल्लाका अध्यक्षहरु साथै पार्टी नेताहरु को उपस्थित थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टीका प्रदेश २ सचिव सुमन प्याखुरेल थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...