Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

नेताहरु आ आफ्नाे पार्टीका उम्मेदवारलाई जिताउन भाेट माग्दै

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनकाे वडाध्यक्षकाे लागि हुने उपनिर्वाचन नजिकदै जादा चहलपहल समेत बढदै गएकाे छ । मंसिर १४ गते हुने उपनिर्वाचनकाे लागि उम्मेदवारी दिएका दलका नेताहरु भाेट माग्नमा व्यस्त देखिएका छन् ।

उम्मेदवारी दिएका नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीका जिल्ला देखी केन्द्रिय नेताहरु लागि  आ आफ्नाे दलका उम्मेदवारका लागि मत माग्न दिन्हु महुवन पुग्ने गरेका छन् । नेताहरु आ आफ्नाे दलका वडाध्यक्षका उम्मेदवारका साथमा घरदैलाे गर्दै मत माग्ने गरेका छन् ।

पर्साकाे एक मात्र महुवन हुन लागेकाे उपनिर्वाचनमा जुन दलकाे उम्मेदवार विजयी भए त्यस दलकाे जिल्लामा महावल बन्ने भएका कारण नेताहरु आ आफ्नाे दलका उम्मेदवारलाई जिताउन लागि परेका छन् ।

यसै बिच समाजवादी पार्टीले आफ्नो चुनावी कार्यक्रम अनुसार आज चौथो दिन सखुवाप्रौनी गाउँपालिका वडा न ५ को सोलखपुरमा घरर्दैलो कार्यक्रम सप्पन्न गरेको छ । घरदैलो पश्चात आयोजित चुनावि सभालाई सम्बाेधन गर्दै पर्सा क्षेत्र नं. ३ का निलम्वित सांसद हरिनारायण रौनियारले मतदाताहरुलाई कसैको डर त्राश सङगा भयभित नहुन कर्याकर्ताहरुलाई आग्रह गरे ।
प्रदेश सांसद मन्जुर अन्सारीले सदियाे देखि शोषन उत्पीडनमा परेको आम गरिब, दलित, जनजाती, मधेसी मुस्लिमको उत्थानको लागी समाजबादी पार्टी मात्र एक पार्टी रहेको दावी गरे । उनले समाजवादी पार्टीका उम्मेदवार रुपलाल कुमार यादवलाई मत दिएर बिजयी बनाउन मतदातालाई अग्रह गरे । 
कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला उपाध्यक्ष बासुदेव यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला सदस्यहरु पनालाल साह, बिरेन्द्र यादव, गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, स्थानीय नेता श्यामबाबु कुर्मी लगायात मन्तव्य राखेका थिए ।

यस्तै नेपाली कांग्रेसले पनि सखुवा प्रसाैनी गापा वडा नं. ५ काे बलुवामा घरदैलो कार्यक्रम गरेकाे छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेंद्र चौधरी, जिल्ला सभापति अजय द्विवेदी, बहुदरमाई नगरपालिकाका मेयर नितेंद्र साह, पर्सागड़ी नगरपालिका मेयर लोकनरायण यादव, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममत महताे लगायत आफ्नाे पार्टीका उम्मेदवार अशेसर यादवकाे मतदान गरी विजयी गराउन आग्रह गर्दै घरदैलाे गरेका हुन् ।

यस्तै नेकपाका नेताहरु पनि सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ५ महुवनमा घरदैलाे गर्दै आफ्नाे पार्टीका उम्मेदवार उदय शंकर राैनियारलाई मत दिएर विजयी बनाउन आग्रह गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य नागेन्द्र चाैधरी, रामचन्द्र साह, नेता राजकुमार यादव लगायतका नेताहरु घरदैलाे गर्दै आफ्नाे पार्टीका उम्मेदवारका लागि मत मागेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...