Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

अनेरास्ववियुद्वारा एनएमसिका विद्यार्थीलाई कुटपिट गर्ने माथी कारवाहीकाे माग

spot_img
spot_img

वीरगंज । अनेरास्ववियुका विद्यार्थी नेताहरुले नेशनल मेडिकल कलेज वीरगंजमा आन्दोलनरत विद्यार्थीहरूमाथि  हातपात गर्नेलाई कारबाही गर्न माग गरेका छन् । विद्यार्थी नेताहरुले शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई भेटी मेडिकल कलेजका आन्दाेलनरत विद्यार्थी माथी भईरहेकाे कुटपिट तथा धमकीले दिने माथी कारवाहीकाे मांग गरेका हुन् ।

सत्तारुढ दल निकटका विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश २ कमिटीले घटनाको भर्त्सना गर्दै प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

अनेरास्यवियुले मेडिकल कलेज सञ्चालकले गुण्डा लगाएर विद्यार्थीमाथि आक्रमण गरेको आरोप लगाएको छ । उनीहरूले यस्तो आपराधिक क्रियाकलाप गर्नेमाथि कारबाही गर्नसमेत माग गरेका छन् । यस्तै कलेजले उठाउँदै आएको अतिरिक्त शुल्कसमेत फिर्ता गर्न माग गरेका छन्।

राति कलेज सञ्चालकले धम्काएको, होस्टलमा जानबाट वन्चित गराइ बाहिरै बस्न बाध्य गरेको उनीहरूको आरोप छ । धर्नामा बसेका विद्यार्थीहरुले निजी मेडिकल कलेज सञ्चालकहरूका अध्यक्ष र चिकित्सा शिक्षा आयोगका सदस्यसमेत रहेका कलेजका एमडी बसुरुद्धिन अन्सारीले आएर आफूहरूलाई धम्क्याएको, होस्टेलमा ताला लगाएर रातभर चिसो छिँडीमा रहन बाध्य बनाएको बताएका छन्।

cdo parsa_kalikatimesn

सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले कलेज परिसरमा धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । शुक्रबार साँझ कलेज प्रशासनले आफू निकटका विद्यार्थी र बाहिरका व्यक्ति बोलाएर विद्यार्थीमाथि धम्की दिने र आक्रमण प्रयास गरेको आन्दोलनरत एक विद्यार्थीले वताएका छन् ।

अनेरास्ववियुका केन्द्रिय नेता आरती लामाकाे नेतृत्वमा विद्यार्थी नेता प्रभाकर गुप्ता, शिवजी गुप्ता, उमेश गुप्ता, सन्दिप विक्रम साह, युवा संघकाे केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादव लगायतका विद्यार्थी नेता तथा युवा नेताहरु जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...