Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्साका सिडियाे र एसपिलाई उपहार दिन विद्यार्थी नेताहरुले गरे चन्दा संकलन

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी (नेवि) संघ र समाजवादी विद्यार्थी संघले नेशनल मेडिकल कलेजका संचालकलाई प्रशासनले कारवाही नगरेकाे विराेधमा आज चन्दा संकलन गरेका छन् । कलेजका आन्दाेलनरत विद्यार्थी माथी कुटपिट गर्नेहरुलाई पैसा खाएर पर्सा प्रशासनले कारवाही नगरेका कारण पर्साका सिडियाे र एस.पिलाई उपहार दिन विराेध सवरुप चन्दा संकलन गरिएकाे नेवि संघ पर्साका नेता राेशन सिंहले वताए ।

उनले भने नेशनल मेडिकल कलेजका विद्यार्थीहरु माथी बारम्बार कुटपिटकाे घटना हुदा पनि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र पर्साका प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाैरले किन कारवाही नगरे हाेलान्, कहि त कलेज संचालक बसरुदिन अन्सारीबाट पैसा खाएर माैन बसेका हाेईनन्, त्यही भएर हामी उहाँहरुलाई पैसा नै चाहिन्छ भने हामी चन्दा उठाएर पैस दिन्छाै तर कलेजका संचालकलाई कारवाही गर्नु पर्याे ।

यसका साथै हामीले उहाँहरुलाई उपहार पनि दिन्छाै‌ं तर दाेषी उम्कनु भएन । चन्दा संकलित रुपयाबाट उपहार किनेर सिडियाे र एसपी साहेबलाई पठाइने उनले वताए ।

नेवि संघ र समाजवादी विद्यार्थीले संयुक्त्त रुपमा आजै वीरगंजकाे घण्टाघरमा चन्दा संकलन गर्नुकाे साथै कलेज प्रशासन र पर्साका प्रशासन विरुद्ध चक्राे नारा लगाउदै प्रदर्शन समेत गरेका छन् । विद्यार्थीमाथी भइरहेकाे ज्यादती राेकन र कलेजका संचालक बसरुदिन अन्सारीलाई पक्राउ गरी कारवाही गर्न माग राख्दै चन्दा संकलकाे साथै प्रदर्शन समेत गरिएकाे समाजवादी विद्यार्थी संघका नेता सुजित गिरीले वताए ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...