Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

राजपा पर्सामा विवाद, प्रदेश सांसद कुर्मी पक्षले गर्याे पत्रकार सम्मेलन

spot_img
spot_img

वीरगंज । राजपा पर्साकाे  प्रदेश सांसद रमेश कुर्मी गुटले शनिबार वीरगंजमा पत्रकार सम्मेलन गरेकाे छ । पत्रकार सम्मेलनमा वाेल्नेहरु आफुहरुले गठन गरेकाे वडा देखी जिल्ला तह सम्मकाे समिति नै अधिकारी भएकाे दावी गरेका छन् ।

पार्टीका राष्ट्रिय सह अध्यक्ष एवं पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मण लाल कर्णको प्रमुख आतिथ्यतामा आफुहरुले विधिगत केन्द्रकाे निद्रेशिका बमाेजिम बहुमतले समिति गठन गरेकाे समिति नै आधिकारिक भएको दावी गरेका हुन् । पत्रकार सम्मेलनमा वाेल्ने नेताहरुले आफुहरुकाे पक्षमा पार्टीकाे बहुमत रहेकाे दावी गर्दै केही व्यक्त्तिले मिडिया मार्फत पार्टीलाई बदनाम गर्न खाेजेकाे आराेप समेत लगाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साकाे हलमा भएकाे पत्रकार सम्मेलनमा वाेल्दै पार्टीका महासचिव शिव पटेलले केन्द्रले पठाएको पर्यवेक्षकको बदमासीका कारण राजपा पर्सामा बिवाद देखिएको बताए ।

महासचिव पटेलले पार्टीको केन्द्रिय निर्णय अनुसारनै यो समितिले बिस्तारित बैठक, वडा सम्मेलन, गाँउपालिका, नगरपालिका र पर्साको चारै क्षेत्रको भेला तथा कार्तिक ३० गते जिल्ला कमिटी गठन गरेकोले अध्यक्ष जगदिश पटेल नेतृत्वकाे समिती नै आधिकारिक भएको बताए । उनले रामगढवा स्थित धर्मशालामा सम्पन्न अधिवेशनमा ६ दल मध्ये पाँच दलको अध्यक्षको सर्मथन र बहुमत प्राप्त भएकोले पनि जगदशि पटेलले नेतृत्व गरेको समिती नै आधिकारी रहेको दावी गरे ।

प्रदेश सभा सदस्य समेत रहेका केन्द्रिय सदस्य रमेश पटेलले पनि केन्द्रबाट खटेको पर्यवक्ष जैनुल राईनको कारण पर्सामा दुई ठाँउमा अधिवेशन भएको बताए । कुर्मीले वीरगंजमा आयाेजित पत्रकार सम्मेलनमा हिन्दीमा वाेल्दै राईनले पार्टी भन्दा पनि व्यक्तिलाई बिशेष प्राथमिकता दिएको कारण समस्या भएको आराेप लगाए ।

उनले पार्टीलाई नै फाेड्ने गरी पर्यवेक्षक जैनुल राईनले कार्य गरेको भन्दै राईन माथी केन्द्रमा कारवाहीको समेत माँग गरिसकिएकाे वताए ।

patrkar samelanma sahabhagi_kalikatimes_

 कुर्मीको गुटकाे जिल्ला अध्यक्ष पेटलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य रामचन्द्र पंडित, रम्भा मिश्रा, रेखा घिमिरे, बद्री चाैरसिया, जवाला साह माली, पप्पु पटेल, अरसद कलाम, मुनी श्रीवास्तव, उषा श्रीवास्तव, मुनी घिमिरे, जिल्ला उपाध्यक्ष कृष्णा पटेल, अनुरुद्ध प्रसाद कलवार, जरी लामा, नागेन्द्र यादव, सचिव राजेश कुमार गिरी, वीरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफ,  सचिव श्रीराम गिरी, पाेखरिया नगर अध्यक्ष राजु साह, पकहा मैनपुर गाउँपालिका अध्यक्ष रामबाबु चाैरसिया, कालिकामाई गाउँपालिका अध्यक्ष प्रभु चाैरसिया लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...